सेभ जलेश्वर अभियानको छैठौ साता समाप्त

20170520_075300

शसस्त्र र नेपाल प्रहरी समेत सहयोगी
महोत्तरी,६ जेष्ठ ।
प्रत्येक शनिवार दुई घन्टा जलेश्वरको विकास तथा सुधारमा खर्चने उदेश्यका साथ स्थानिय युवाहरुले सुरु गरेको सेभ जलेश्वर अभियानले छैठौ साता पार गरेको छ । छैठौ साता शसस्त्र प्रहरी र नेपाल प्रहरीले जलेश्वरनाथ महादेव मन्दिर परिसर र पोखरीका साथै भार्गवसर पोखरी समेत सरसफाईमा सहयोग गरेका हुन । 20170520_075300
शनिवार सेभ जलेश्वर अभियानमा सहयोग गर्दै शसस्त्र प्रहरीको सिमा सुरक्षा वल,राजश्व सुरक्षा गुल्म र कारागार सुरक्षा टोलीले जलेश्वर स्थित भार्गवसर पोखरीको सरसफाई गर्नुका साथै पोखरीको डिलमा आगन्तुकहरुको लागि वस्ने वेन्च समेत निर्माण गरेका छन । शसस्त्र प्रहरी उपरिक्षक प्रकाश श्रेष्ठले हामीले गरेको सानो कामले समेत कसैको भलो गर्छ वा जलेश्वर बचाउन थोरै पनि महत्व राख्छ भने हामी निरन्तर समाजको सेवा गरिरहने छौ । उहाले जलेश्वर बचाउन थालिएको अभियान समाज र देशकै लागि सकारात्मक पहल भएकोले यस्को निरन्तरता आवश्यक रहेको बताए ।
त्यसतै जलेश्वरनाथ महादेव मन्दिर परिसरमा नेपाल प्रहरीको एक टोलीले नियमित सरसफाई गरेका छन । म्यादी प्रहरी सहितको सो टोली गत साता देखि नै सेभ जलेश्वर अभियानीहरुको सरसफाई अभियानमा सहयोग गर्दै आएका हुन । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक राजकुमार लम्सालले सरसफाई तथा सामाजिक कार्यको लागि नेपाल प्रहरी सदैव तत्पर रहेको भन्दै अभियानमा आफुहरुको नियमित सहभागिता रहने बताए ।20170520_075415

विभिन्न समयमा थालिएको विकास तथा निर्माणका कार्यहरु विचमै रोकिन गई जलेश्वरको महत्वमाथी नै प्रभाव पर्न थालेपछि स्थानिय युवाहरु सरसफाई तथा जलेश्वरको एैतिहासिकता वोकेको धरोहरहरुलाई मर्मत र व्यवस्थापन गरि पुन पुरानै स्वरुपमा फर्काउन अभियान थालेको सेभ जलेश्वरका अभियानी गजेन्द्र गुप्ता बताउछन ।
महत्वपुर्ण धार्मिक स्थलहरुको सरसफाई र जिर्णोधारको लागि स्थानिय युवाहरुले चालेको पाईला सकारात्मक भएकोले यसले निरन्तरता पाए जलेश्वरमा सकारात्मक परिवर्तन आउने स्थानिय वुद्धिजिवीको भनाई छ । सुरक्षा निकायको सहयोग तथा युवाको सकृयतामा स्थानियहरुले समेत होस्टेमा हैस्से गर्नु पर्ने वरिष्ट पत्रकार राकेश प्रसाद चौधरी बतााउछन । 20170520_070927
युवाहरुको समुहलाई वेला वेलामा शसस्त्र प्रहरी,नेपाल प्रहरी,सामुदायिक प्रहरी र स्थानिय बुद्धिजिवी तथा नागरिक समाजले समेत श्रम सहयोग गर्दै आएका छन । सरसफाईलाई महत्व दिदै सुरु गरिएको अभियानमा आवश्यक हसिया,कोदालो लगायतका केहि सामानहरु भने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पाचौ साता नै सहयोग गरेका थिए भने सेभ जलेश्वरका अभियानीहरुले केहि सामग्रीहरु आफ्नै पैसामा खरिद गरेर अभियानलाई निरन्तरता दिएका हुन ।

Be the first to comment on "सेभ जलेश्वर अभियानको छैठौ साता समाप्त"

Leave a comment

Your email address will not be published.

*