महोत्तरीमा सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन गरिदै

रंजन भण्डारी
महोत्तरी,२१ वैशाख ।
महोत्तरीमा सुख्खा बन्दरगाह निर्माण गर्न एक सम्भाव्यता अध्ययन टोली जलेश्वर आईपुगेको छ । उद्योग वाणिज्य संघ जलेश्वरले आयोजना गरेको राजनितिक दल,व्यापारी र पत्रकारसंग टोलीले सुख्खा बन्दरगाह सम्बन्धी अन्तरकृया गरेको हो । सो अन्तरकृया कार्यक्रममा विभिन्न व्यक्तिहरुले बन्दरगाहको सम्भावना र त्यसले महोत्तरीको विकासमा पुर्याउन सक्ने योगदान वारे चर्चा गरिएको थियो । कार्यक्रममा नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गतको भन्सार कार्यालय जलेश्वर र वाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल ईन्टर मोडल यातायात विकास समिति काठमाडौंले सहयोग गरेको थियो । 20170503_142235
सम्भावना राम्रो छ ः
नेपाली कांग्रेसका नेता बजरंग नेपाली ने महोत्तरीमा बन्दरगाह निर्माणको राम्रो सम्भावना भएको बताए । उनले जनकपुर भिठामोड सडकले छुने भारतको नाकामा भारतिय पक्षले रेल्वे जनक्सन निर्माण गर्न लागेको र भारतको कलकत्ताबाट समेत माल सामान ल्याउन सहज र छोटो दुरी पर्ने भएकोले अविलम्व सुख्खा बन्दरगाह निर्माण गर्न पहल सुरु गरिसक्नु पर्ने बताए ।
विस्तृत अध्ययन गरियोस ः
नेपाल पत्रकार महासंघ महोत्तरीका पुर्व अध्यक्ष दशरथ भण्डारीले सुख्खा बन्दरगाह निर्माण भए महोत्तरीको कायापलट नै हुने भएकोले यथासिघ्र र विस्तृत अध्ययन गर्नु पर्ने बताए । यहाको भौगोलिक अवस्था,व्यापार सम्भावना,रोजगारीको अवसर तथा बन्दरगाह निर्माणमा जग्गाको उपलब्धता वारे गहन अध्ययन जरुरी भएको बताए ।
हामी सघाउछौ ः
राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधी युसुफ अन्सारीले महोत्तरीका विभिन्न योजना परियोजनाहरु आएर स्थानियलाई ठगेर गएको भन्दै वास्तवमै बन्दरगाह निर्माण गर्न सरकारले चासो लिएको हो भने हामीले ज्युजान लगाएर सो कार्यमा सघाउने बताए । उनले अविलम्व यस्को कार्य सुरु गर्न अनुरोध गरे ।
आफुहरुको पहल सफल भएको ः
राप्रपाका जिल्ला अध्यक्ष राजेश्वर रायले आफुहरुले सुख्खा बन्दरगाह निर्माण वारे विगतमा विभिन्न स्थानमा चर्चा चलाएको आज सकारात्मक लागिरहेको बताए । उनले विभिन्न सरोकारवालाहरुसंग यहा बन्दरगाह निर्माण गर्न सकिने वारे छलफल गरेकोमा ठयाक्कै सम्भाव्यता अध्ययन टोली समेत महोत्तरी आईदिनुले आफुहरु हौसिएको बताए ।
जो आएनि औठा छाप लाउछौ ः
महोत्तरीबासी सोझा हृदयका भएकाले जो आएनि औठा छाप लगाईदिने हाम्रो बानी र व्यवहार भएको वरिष्ट पत्रकार राकेश प्रसाद चौधरीले बताए । उनले विगतमा मणिपाल लगायत धेरै योजनाहरु महोत्तरीमा आएर सस्तो मै जग्गा उनीहरुलाई दिएर महोत्तरीवासी ठगिएको बतए । सुख्खा बन्दरगाह निर्माणको लागि भैरहेको सम्भाव्यता अध्ययनले त्यसतो नगर्ने र महोत्तरीको विकासकै लागि यहा बन्दरगाहको निर्माण हुनेमा आफु विश्वस्त रहेको बताए । उनले त्रिदेशिय व्यापारको लागि उत्कृष्ट ठाउ भएकोले समेत यहा बन्दरगाह निर्माण भए महोत्तरी,सर्लाही लगायत वरपरका विभिन्न जिल्लाको विकासमा ठुलो सहयोग पुग्ने बताए ।
दश दशक भन्दा पहिले देखि बन्दरगाहकै रुपमा संचालनमा रहेको ः
प्रेस स्वतन्त्रता सेनानी कुवरकान्त झाले आज भन्दा दश दशक अगाडी देखि यो क्षेत्र बन्दरगाहकै रुपमा प्रयोग भैरहेको बताए । उनले आजपनि भारतको पुपरी भन्ने ठाउ जनकपुर रोडको नामले परिचित भएको र त्यहा रेल ले आएको सामानहरु वयलगाडा लगायतका साधनमा नेपाल भित्रिने गरेको सम्झे । उनले यसलाई भने दस्तावेजिकरण गरि व्यापार व्यवसाहको सहज परिस्थिति र सम्भावना निर्माण गर्न सवैले पहल गर्नु पर्ने बताए ।
एक ढिक्का हुनुस ः
भन्सार अधिकृत प्रमोद दासले महोत्तरीमा सुख्खा बन्दरगाह निर्माण गर्न सवैले एकमत राखि एकढिक्का हुनु आवश्यक रहेको बताए । उनले राजनितिक दल,व्यापारी र पत्रकार सवै मिलि बन्दरगाह निर्माणको मुद्दालाई अगाडी बढाए यसले सार्थकता पाउने र चाडै यहा विकासको नयाँ आयाम थपिने बताए । उनले सम्भाव्यता अध्ययन गर्न आएको टोलीले आफ्नो प्रतिवेदन वुझाउने तर त्यो प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउन सवैको साथ आवश्यक रहेको बताए ।
हामी पुर्ण सकारात्मक छौ ः
भिठामोड भन्सार कार्यालय प्रमुख केशव कुमार भण्डारीले हाम्रो मुख्य काम नै व्यापारीलाई सहज रुपमा सामान नेपाल भित्र्याउन सहजता प्रदान गर्नु भएकोले हामीले समेत यहाको व्यापार व्यवसाय फस्टाओस भन्ने चाहेको बताए । यहाको व्यापार व्यवसाय फस्टाएमा राजश्वमा वृद्धि हुने भएकोले हामीले समेत चाडो भन्दा चाडो यहा बन्दरगाह निर्माण गर्न चाहेको बताए । उनले भारतमा समेत भन्सार विस्तार हुने भएको बताउदै नेपालमा समेत भन्सार विस्तार भए यस क्षेत्रको विकासमा ठुलो टेवा पुग्ने बताए ।
व्यापार हव बन्न सकिने ः
जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहले वढी भन्दा वढी आयात निर्यात गर्न सुख्खा बन्दरगाहको आवश्यक्ता रहेकोले महोत्तरीमा बन्दरगाह बने जलेश्वर व्यापारको ठुलो हव बन्ने बताए । विगत देखि नै विभिन्न कारणले व्यापार व्यवसाय तथा अन्य विकासमा निक्कै पछाडी परेको महोत्तरीलाई व्यापारिक हवको रुपमा स्थापित गर्न जरुरी रहेकोले सवैले यसमा सहयोग गर्नु आवश्यक रहेको बताए ।
बन्दरगाह निर्माणले कायापलट हुने ः
महोत्तरीमा सुख्खा बन्दरगाह निर्माण हुन सके यसले महोत्तरीको कायापलट गर्ने नेपाल ईन्टरमोडल यातायात विकास समितिका सव ईन्जिनियर उज्जवल कुमार झा ले बताए । महोत्तरीमा सम्भाव्यता अध्ययन गर्न आईपुगेका सव ई.झा ले आफु यहाको विकासकै लागि सुख्खा बन्दरगाहको अवधारणा लिएर महोत्तरी आएको बताए । उनले बन्दरगाह निर्माणले यहाको व्यापार व्यवसाय फस्टाउने र यस क्षेत्रका विभिन्न जिल्लामा सामानहरुको मुल्य समेत सस्तो पर्ने भएकोले यस क्षेत्रको काया पलट हुनुमा दुईमत नरहेको बताए । कुनै पनि देशलाई मजवुत बनाउन व्यापार मुख्य भएकोले बन्दरगाह निर्माणले भारतको समुद्री तटसंग महोत्तरी नजिकिने र समुद्री माध्यमले सामान ल्याउदा सस्तो पर्ने भएकोले सो माध्यमबाट ल्याएको सामान समेत स्वत सस्तो हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *