महोत्तरीमा मतपत्र आयो,चुनाव गराउने तयारीमा निर्वाचन कार्यालय

रंजन भण्डारी
महोत्तरी,२१ वैशाख ।
स्थानिय चुनावमा प्रयोग हुने मतपत्र महोत्तरी आईपुगेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाए । जेष्ठ ३१ गते दोस्रो चरणमा हुन लागेको चुनावको लागि ७१२ पोकामा ३ लाख ५६ हजार मतपत्र आएको निर्वाचनले जनाए । प्रमुख निर्वाचन अधिकृत न्यायाधिश किरण कुमार पोखरेलको संरक्षणमा सो मतपत्र भने राखिएको छ ।
महोत्तरीको कुल जनसंख्या ६ लाख २४ हजार ६९६ रहेकोमा एकलाख ६३ हजार चारसय त्रिहत्तरी पुरुष र एकलाख चौवालिस हजार नौसय तिस महिला गरि कुल तिनलाख आठहजार चारसय चार मतदाता रहेको निर्वाचन कार्यालयको तथ्यांक छ ।
साथै मतदाता शिक्षा कक्षा हाल संचालनमा रहेको बताउदै जिल्ला निर्वाचन कार्यालय प्रमुख पिंकी रायले गाँउपालिका र नगरपालिका स्तरमा सो कक्षाहरु संचालनमा रहेको र केहि दिनमै उनीहरु फिल्डमै गएर मतदाताहरुलाई मतदान गर्न सिकाउने बताईन ।

यस्तो छ नयाँ संरचना अनुसारको स्थानिय तहdata mahottari

सुरक्षा दस्ता तयार ः
स्थानिय तह निर्वाचनको लागि महोत्तरीका सवै सुरक्षा अंगहरु तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले बताए । उनले मतदान स्थल र केन्द्रहरुमा लाग्ने जति सुरक्षाको पुर्ण तयारी भैसकेको साथै म्यादी प्रहरीको समेत तालिम चलिरहेको बताए । उनले वैद्य हतियारहरु बुझाउन सुचना समेत जारी भैसकेपनि अझै ३ जना वाहेकले हतियार नबुझाएकोमा ति हतियारहरु हाम्रो मातहतमा ल्याउन प्रयास भैरहेको बताए । उनले चुनाव अगावै सवै हतियार फिर्ता ल्याईसकने बताए ।
ठुलो चुनौती बन्दै छन वैद्य हतियारहरु ः
महोत्तरीमा ३०९ जनाले अनुमति प्राप्त ३३२ हतियार राखेका छन । यिनै वैद्य हतियारहरु भने अझै जिल्ला प्रसासन कार्यालयमा फिर्ता नआउदा यसले ठुलो चुनौती निम्याउन सक्ने स्थानिय बुद्धिजीवीहरुको भनाई छ ।
जिल्लामा अनुमति प्राप्त हतियारहरुमा पेस्तोल १२, बारहवोरको बन्दुक एकनाले १८०,दुईनाले १२३ ,बाईसवोरको एकनाले ६ ,भरुवा एकनाले २,हावादारी ९ गरि कुल ३३२ हतियार अनुमति प्राप्त रहेको जिल्ला प्रसासन कार्यालय महोत्तरीको तथ्यांक छ । हतियार राख्नेहरुमा अधिकांश नेता,व्यापारी,नाम चलेकाहरु रहेकाले वैद्य हतियारहरु भित्र्याउन आवश्यक रहेको छ ।
खुल्ला सिमाले अवैध हतियार भित्रिने खतरा ः
भारतसंग सिमा जोडिएकोले महोत्तरीमा स्थानिय निर्वाचनको वेला हातहतियार सम्बन्धी ठुलो चुनौती रहेको छ । जिल्लाका दर्जन जति प्रत्यक्ष र सयौ अप्रत्यक्ष नेपाल भारतबिचको मुख्य र चोरबाटोले स्थानिय सुरक्षा निकायलाई भने ठुलै चुनौती दिएको छ । यस आर्थिक वर्षमै जिल्ला प्रहरी कार्यालय महोत्तरीले फेला पारेका दुई थान नलकटुवा समेत भारतमै निर्माण भएकोले चुनौती थपिएको हो ।
प्राय भारतको सितामढी तथा अन्य स्थानबाट सजिलै हतियार भित्र्याउन सकिने भएकोले त्यसता स्थानहरुमा व्यापक र गहन चेकजाँचको व्यवस्था हुनुपर्ने स्थानियहरुको भनाई छ । केहि बुद्धिजिवीहरु भने अनुमति प्राप्त हतियारहरु खासै चुनौतीपुर्ण नभएको तर हात्ती समेत अवैध रुपले छिराउन मिल्ने महोत्तरी स्थित नेपाल भारतको सिमाबाट हतियार भित्रन नदिनु भने गार्हो काम भएको बताए ।
सेना गस्तीमा ः
स्थानिय तहको निर्वाचनमा सेनाले समेत सुरक्षा दिने भएपछि जलेशवर स्थित फस्ट राईफल गणले गस्ती सुरु गरेको छ । फस्ट राईफल गणबाट सेनाहरु विभिन्न टुकुडीमा विभाजित भएर महोत्तरीका सवै गाँउ र नगरपालिकामा गस्ती गरेको दैनिक देखिने गरेको हो । नेपाली सेनाले प्रत्येक मतदान स्थलमै पुगी सुरक्षा व्यवस्था वारे जानकारी तथा स्थलहरुको अवस्था वारे अध्ययन तथ्यांक संकलन गरिरहेको स्थानियहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *