लागु औषध सहित एक पक्राउ

रंजन भण्डारी
महोत्तरी,२१ वैशाख ।
महोत्तरीको बर्दिवासमाा लागुऔषध सहित एक अभियुक्त पक्राउ परेका छन । बा.७९ प.३६७९ नंं.को २०० सि.सि.को पल्सर मोटरसाईकलमा लागु औषध ल्याउदै गरेको अवस्थामा सिन्धुली कमलामाई नगरपालिका वडा नंं ७ मा बस्ने बर्ष ३३ को गणेश कुमार खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक राजकुमार लम्सालले बताए ।
मोटरसाईकलको पछाडी बाधेको टायर भित्र अबैध लागु औषध कोरेक्स १०० एम.एलको ३० बोतल, स्सपासमोह प्रोक्सोभन १५ पत्तामा १५० क्याप्सुल र नाईट्राभेट १० पत्तामा १५० टयावलेट सहित उनी पक्राउ परेका हुन । उनको साथबाट नगद रु.४६,०००।– समेत बरामद भएको हो । उनलाई थप अनुसन्धानको लागि अदालतबाट म्याद थप गराई पुर्पक्षको लागि थुनामा राखिएको प्रउ लम्सालले बताए ।
नोट ः फोटोमा लागुऔषध सहित पक्राउ परेका अभियुक्त गणेश कुमार खत्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *