महिलाको शंकास्पद मृत्यु,बलात्कार पछि हत्या भएको आशंका

रंजन भण्डारी
महोत्तरी,२१ वैशाख ।
महोत्तरीमा एक महिलाको शंकास्पद अवस्थामा मृत्यु भएको छ । कपडाहरु क्षतविक्षत अवस्थामा,दुवै हात सारीले बांधेको र मुखभरी रगत देखिएको,टाउको भरि रगत रहेको र कपाल समेत क्षतविक्षत अवस्थामा फेला परेकोमा उनको बलात्कार पछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।
श्रीमान विगत १५ वर्ष देखि वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेको भंगहा गाउपालिका वडा नं. ९ हरिहरपुर हरिणमरी कि अन्दाजी ३५ वर्षिया शिला देवी दास बुधवार विहान आफ्नै वारीमा मृत भेटिएको प्रहरीले बताए । मंगलवार राती छिमेकिको घरमा विहेको गित गाएर घर फर्किएकि र खाना खाई सुतेकी उनी घरकै छेउमा रहेको वारीमा शंकास्पद अवस्थामा मृत भेटिएपछि उनको हत्या भएको स्थानियहरुले आशंका गरेका छन ।
यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक पोखरेलले शव पोष्टमार्टमको लागि जलेश्वर अस्पतालमा ल्याइएको र पोष्टमार्टम रिपोर्ट तथा अनुसन्धानबाट तथ्यहरु खुल्ने बताए । महिलाको बलात्कार पछि हत्या भएको भन्ने अहिल्यै भन्न नमिल्ने तर मृतकको लासको प्रकृती हेर्दा शंका भने उव्जाएको उनले बताए ।
हाल शंकाको आधारमा मृतककी छोरा १८ वर्षिय जित कुमार दास र बुहारी १८ वर्षिया गिता देवी दासलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रनाउ पोखरेलले बताए । उनले घटना गम्भिर प्रकृतिको देखिएकोले अनुसन्धान तिव्र गतिमा भईरहेको र चाडै हत्यारा पत्ता लागिसक्ने बताए । शव भने आजै पोष्टमार्टम हुने समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *