स्थानिय निकाय चुनाव अझै अन्यौलमा

रंजन भण्डारी
महोत्तरी,१९ वैशाख ।
स्थानिय निकाय चुनाव वर्तमान राजनितिक खिचातानीले अन्यौलमा परेको छ । दुई चरणमा हुने भनिएको चुनाव राजनितिक तरलताका कारण अन्यौलमा परेको स्थानिय बुद्धिजीवीहरु को बुझाई छ । चुनाव हुने नहुने वारे शिक्षक,किसान तथा स्थानिय बुद्धिजिवीहरुले समेत अन्यौलता रहेको बताए । उनीहरुले चुनाव भएर पनि देशमा शान्ति स्थापना भैसक्ने र आफुहरुले विकास देख्न सक्नु सपना नै रहेकालेले चुनाव हुने पर्खाईमा रहेको बताए ।

हामी जेष्ठ ३१ मा चुनाव गराउने तयारीमा लागेका छाै :

6a
यता चुनाव गराउन नै जिल्लाका सवै गाउ र नगरपालिकामा निर्वाचन अधिकृत खटाउने देखि आवश्यक वन्दोवस्तीमा लागेको जिल्ला निर्वाचन कार्यालय समेत मिति सरेसंगै आफ्नो निर्धारित कार्यक्रमहरु सारेको छ । जिल्ला निर्वाचन अधिकृत पिंकी रायले जेष्ठ ३१ गतेको चुनावको तयारीमा हामीलागेको बताईन । उनले हाल मतदाता शिक्षा कार्यक्रम स्थगित भएको बताईन । साथै केहि दिन पहिले २९ दल महोत्तरीमा दर्ता रहेकोमा सोमवार निर्वाचन आयोगले राप्रपा थप गरि लिस्ट पठाएकोमा अव भने ३० दलले महोत्तरीमा चुनाव लड्ने बताईन । हाल रा.ज.पा.नेपाल दर्ता हुने वा नहुने वारे आफुलाई जानकारी र निर्देशन नआएको थपिन ।

मोर्चाले चुनाव चाहेको हो ः

सुरेश पाण्डेय नेता संयुत्त लाेकतान्त्रिक मधेशी माेर्चा

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता सुरेश पाण्डेयले मोर्चाले चुनाव चाहेको बताए । उनले संविधान संसोधन गरि मधेशीले मांगेको मांग सम्बोधन भए आफुहरु समेत खुशी साथ निर्वाचनमा होमिने बताए । उनले सरकार वा राज्य पक्षले नै चुनाव नगराउने पक्षमा नभएको बताउदै चुनाव गराउन असन्तुष्ट पक्षलाई समेटेर चुनाव गराउनु पर्ने बताए ।
उनले विभेद पुर्ण दफा र उपदफाहरु संसोधन हुनु आवश्यक रहेको बताउदै त्यो संसोधन विनाको चुनावले सार्थकता नपाउने बताए । साथै लोकतान्त्रिक पद्दतीबाट तिनै तहको चुनाव सम्पन्न हुन नसके माघ ८ गते तथा कथित विश्वको उत्कृष्ट संविधानले मृत्यु वरण गर्नेमा दुईमत नभएकोले समेत चुनाव अपरिहार्य भएको बताए । वर्षौको संघर्षबाट प्राप्त गणतान्त्रिक नेपाल संघियता र विकेन्द्रिकरण सिद्धान्तलाई स्थानिय तहसम्म पुर्याउृने दोस्रो जनआन्दोलन शसत्र द्वन्द र मधेश जन विद्रोहको उपलब्धीलाई समाप्त पार्ने षडयन्त्र भईरहेकोले सवैलाई सचेत हुनु पर्ने बताए ।
उनले आफुहरु एमालेमाथी आक्रामक नभएको बताउदै आफ्नै देशको मानिसलाई विहारी र विखण्डनवादी भन्नेर एमालेले हामीमाथी आक्रमण गरेको बताए ।

व्यवसायिक विकासका लागि चुनाव आवश्यक ः

कृपाशंकर साह अध्यक्ष जलेश्वर उद्याेग वाणिज्य स‌ंघ
कृपाशंकर साह
अध्यक्ष
जलेश्वर उद्याेग वाणिज्य स‌ंघ

व्यवसायिक विकासको लागि चुनाव अपरिहार्य भएको जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साह बताउछन । उनले कुनै पनि देशको विकासको लागि त्यहाको उद्योग,कलकारखाना र व्यापार व्यवसाय राम्रो हुनु पर्ने भएकोमा देशको वर्तमान अवस्थाका कारण अधिकांश उद्योग कलकारखानाहरु बन्द हुने अवस्थामा पुगिसकेको बताए । उनले निर्वाचन गराई देशमा स्थायी शान्ति ल्याउन सके देश पुन ः प्रगति तर्फ लम्कनेमा दुईमत नरहेको बताए । हाल व्यापार व्यवसाय धरासायी अवस्थामा रहेकोले त्यसको निकासको लागि सवैपक्षबाट पहल हुनु पर्ने बताए ।

हामी चुनावको लागि हौसिएका छौ ः

सत्येन्द्र यादव युवा नेता  नेकपा माअाेवादी केन्द्र
सत्येन्द्र यादव
युवा नेता
नेकपा माअाेवादी केन्द्र

नेकपा माओवादी केन्द्रका युवा नेता सत्येन्द्र यादवले आफुहरु चुनावको लागि हौसिएको र अव पछाडी नहट्ने बताए । उनले वर्तमान सरकारले सवैपक्षलाई समेटेर देशमा तिनै तहको चुनाव सम्पन्न गर्नेमा विश्वस्त रह्न आम जनसमुदायलाई अपिल गरे । उनले माओवादी केन्द्र लगायतका प्रमुख दलहरु चुनावको तयारीमा पुर्णरुपले लागेको बताउदै केहि दिनमै सरकारले पुनरसंरचना मार्फत गाउ र नगरपालिका संख्या थप गर्ने भद्र सहमति समेत पुरा गर्ने बताए । उनले २० वर्ष पछि भैरहेको चुनावमा माओवादी केन्द्र महोत्तरीले युवाहरुलाई अगाडी ल्याउने र चुनावमा महोत्तरीबाट ८० प्रतिशत युवालाई उतार्ने बताए ।
साथै उनले स्थानिय निकायको संख्या जनसंख्याको आधारमा नभए नेकपा माओवादी केन्द्र महोत्तरीले चुनाव वहिष्कार गर्ने बताए ।

लोकतन्त्रको मजवुतीको लागि चुनाव आवश्यक ः

बजरंज नेपाली नेता नेपाली काँग्रेस महोत्तरी
बजरंज नेपाली
नेता
नेपाली काँग्रेस महोत्तरी

नेपाली काँग्रेस महोत्तरीका प्रभावशाली नेता बजरंग नेपालीले लामो अन्तराल पछि भैरहेको चुनाव लोकतन्त्रको मजवुतीको लागि अपरिहार्य रहेको बताए । उनले तराई मधेशको मुल समस्यालाई राष्ट्रिय समस्याको रुपमा सम्बोधन गरि देशलाई तरलताका ेअवस्थाबाट निकाल्नु पर्ने सरकार र राजनितिक दल सवैको जिम्मेवारी भएकोले मधेशको मांग समेत सम्बोधन गरि देशलाई निकास दिनुपर्ने बताए ।
उनले हाल चुनावी माहौल नबनेको तर सरकारले समयमै गम्भिरता पुर्वक समस्याहरुको समाधान गरे चाडै चुनावको माहौल बन्ने र सवै दल चुनावको तयारीमा लाग्ने बताए ।
उनले नेपाली काँग्रेसले गाउपालिका र नगरपालिका स्तरिय चुनावको दृष्टीले बर्तमान अवस्था वारे परिचयात्मक कार्यक्रमहरु सम्पन्न गरिसकेको थपे । उलने निर्वाचनको मिति सरेकोले हाल उम्मेदवारहरुको टुंगो नलागेको तर चुनावी माहौल बन्नासाथ उम्मेदवारहरु सार्वजनिक गरिने बताए ।
सर्वसाधारणको दृष्टीमा निर्वाचन ः

विक्की गुप्ता  युवा
विक्की गुप्ता
युवा

जलेश्वर २ का स्थायी वासिन्दा तथा युवा विक्की गुप्ताले देशमा राजनितिक दलहरुको खिचातानी तथा दैनिक नै राजनितिमा भैरहेको विभिन्न कृयाकलापले आफु चुनाव हुने वा नहुनेमा झनै अन्यौलमा परेको बताए । उनले चुनावनै सबै समस्याको समाधान रहेको सवै दल र सरकारले समेत राम्ररी बुझेपनि किन यस्तो खिचातानी गरेको हो भन्ने बुझ्न नसकेको बताए । उनले युवाहरुलाई चुनाव गराउन दवाव दिन सडकमै ओर्लन बाध्य नपारियोस बताए । देशको करौडौ रुपया चनाव गराउने बहानामा बर्वाद गरिसकिएको अवस्थामा समेत चुनाव नभए युवाले विद्रोह गर्ने र राजनितिक दलहरुको अस्तित्वमाथी खतरा हुने बताए । उनले विभिन्न समयमा युवा जाग्दा के भएको हो भन्ने सवैलाई थाहा भएकोले निजी स्वार्थ भन्दा देशको स्वार्थमा सवै दललाई केन्द्रित हुन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *