एकल भक्ताबाट राम सुनरले बनाईन शौचालय

रंजन भण्डारी
महोत्तरी,१९ वैशाख ।

अाफुले बनाएकाे शाैचालय देखाउदै राम सुनर देवी सदा । फोटो नाैलाे घुम्ती
अाफुले बनाएकाे शाैचालय देखाउदै राम सुनर देवी सदा ।
फोटो नाैलाे घुम्ती

पाच जना महिला भएको आठ सदस्यको परिवार कि मुखिया राम सुनर देवी सदा एकल महिला छिन । सरसफाई अभियन्ताहरुले खुल्ला ठाउमा शौच गर्दा हुने हानीहरु वारे उनलाई सम्झाएपछि चार महिनाको एकल भक्ता रु.चार हजारले शौचालय निर्माण गरिन ।
औरही गाउँपालिका २ घर भएकि उनी आफुले शौचालय बनाएसंगै अव अरुलाई पनि “शौचालय बनाउ ईज्जत बचाउ” भन्ने नारा लगाउदै शौचालय निर्माण गर्न सचेत गराउदै हिडेकि छिन । अहिले औरही गाँउपालिकामै स्थानिय ५४ घर मुसहर समुदायलाई शौचालय निर्माणमा सहयोग पुग्ने गरि स्थानिय गोपाल खड्काको गिटटी र वालुवा सहयोग तथा नगर रु तिस देखि पाचहजारसम्मको गाउवासीहरुकै आर्थिक सहयोगमा शौचालयकोलागि रिंग वाड्ने कार्यको थालनी भएको छ । नौलो घुम्ती र भि वास सिसिको संयुक्त प्रयासले औरही चाडै खुल्ला दिशामुक्त हुने अन्तिम चरणमा रहेको छ ।
लोटाछिन र सिटी फुकाईले बाटो गहनेहरु सचेत हुदै ः
खुल्ला ठाउमै शौच गर्नेहरु लोटा खोस्ने र सिटी फुक्ने अभियानले त्रसित भएका छन । खुल्ला ठाउमा शौच गर्न जादा अभियानीहरुले लोटा वा डव्वा खोस्ने र सम्झाउने तथा शौच गरिसकेकाहरु समातिए शौच छोप्न लगाउने भएपछि अधिकांशले घरमै शौचालय निर्माण गर्न थालेका छन । शौचालय भएर पनि विभिन्न वहानामा वाहिर शौच गर्न जानेहरु समेत यस्तो अभियानले बाध्य भएर शौचमै जान थालेको अभियानीहरु बताउछन ।
शौचालय नहुने शिक्षकलाई जिशिअको चेतावनी ः
एकल महिला ले नेपाल सरकारबाट पाउने भक्ता नै शौचालय निर्माणमा प्रयोग गरेको प्रशंसनिय उदाहरण भएको स्थानमा केहि शिक्षकहरुको घरमा शौचालय नभएको तथ्य भेटिएको छ । जिल्ला शिक्षा अधिकारी ठुलोबावु दाहालले शौचालय नहुने शिक्षकहरुले एक महिना भित्र शौचालय निर्माण गरिसक्न चेतावनी दिएका छन । उनले एक महिना भित्र शौचालय निर्माण नगर्ने शिक्षकहरुको तलव समेत रोक्का गर्ने बताए । जिशिअ दाहालले अरुलाई ज्ञान दिने शिक्षकनै अज्ञानी र अटेरी गरेपछि त्यसको सिको अरुले पनि गर्ने र महोत्तरीलाई खुल्ला दिशा मुक्त बनाउने अभियान नै प्रभावित हुने भएपछि यस्तो निर्णय गरेको बताए ।
नेता पनि उस्तै ः
महोत्तरीमा केहि नेताहरुको अवस्था समेत उस्तै देखिएको छ । जिल्लालाई खुल्ला दिशामुक्त गर्न विभिन्न कार्यक्रममा प्रतिवद्धता जनाईरहेका मध्ये केहि नेताहरुकै घरमा शौचालय नभएको नौलो घुम्तीको संघर्ष शिविरबाट संकलन गरिएको तथ्यांकले देखाएको छ । यसवारे जिल्लाका विभिन्न दलका प्रतिनिधीहरुले आफ्ना नेता तथा कार्यकर्ताहरुले शौचालय बनाए वा नबनाएको बुझी उनीहरुलाई अविलम्व शौचालय निर्माण गर्न लगाउने बताए ।
यस्तो छ नौलो घुम्तीले जिम्मा पाएको साविकका गाविसहरुको शौचालय सम्बन्धी विवरण ः

सिं.नं. साविकका गाविसहरु जम्मा परिवार संख्या शौचालय संख्या कैफियत
अन्कार १०२७ ६३५
औरही ११७५ ११७५
बथनाहा १७४७ १०६७
बेलगाछी १०५६ १०५६ ओडिएफ भैसकेको
भरतपुर १७५५ १७५५ ओडिएफ भैसकेको
भटौलिया ९०६ ८५७
फुल्काहा १०९० १०८६
गौशाला २८०० २८००
हलखोरी ११४८ ७९१
१० खयरमारा १५२२ १५२२ ओडिएफ भैसकेको
११ लक्ष्मिनिया १९१२ १९१२ ओडिएफ भैसकेको
१२ नैन्ही १२०९ ८३३
१३ सरपल्लो १७९६ १२८३
१४ सिस्वाकटैया १३०३ ८७२
१५ सोनामाई १३८४ १०६७

खुल्ला दिशामुक्त हुन बाकि स्थान वारे यसो भन्छन परियोजना प्रमुख ः
नौलो घुम्तीका परियोजना प्रमुख महेश जोशीले बथनाहा,हलखोरी र भटौलियामा शौचालय निर्माणमा बढी समस्या रहेको बताउछन । यी स्थानहरुमा प्राय मुसहर समुदायमा शौचालय नरहेको र उनीहरुको आर्थिक अवस्था समेत केहिको दयनिय रहेको उनले बताए । उनले यस्ता समस्या भएका स्थानहरुमा ग्रामिणहरुकै सहयोगमा सार्वजनिक वा सामुदायिक शौचालय निर्माण गर्न पाए खुल्ला दिशामुक्त अभियानमा सहज हुने बताए । औरहीमा समेत स्थानियहरुकै सहयोगमा केहि पैसा संकलन गरि त्यहाका मुसहरहरुलाई पुग्ने गरि शौचालयको लागि रिंगको व्यवस्था गर्न सकेका छौ र आशा गर्दै छौ अन्य ठाउमा समेत हामीले यस्ता अभियानहरु संचालन गर्न सक्छौ ।
मिर्ची एफएमले शौचालय बनाउने ः
सदरमुकाम जलेश्वर स्थित रेडियो मिर्चीका संचालक तथा संचारकर्मी विकास मिश्रले धिरापुर गाँउपालिका ६ सिमरदहीका मुसहरहररुको लागि शौचालय बनाउन अभियान चलाउने जनाए । उनले एफएमकै मार्फत शौचालय बनाउन सहयोगको अपिल गर्ने र सवै सहयोगी हाथहरुको साथमा सामुदायिक वा सार्वजनिक शौचालय निर्माण गर्ने जनाए । उनले एक दुई दिनमै स्थानको अवलोकन गरि कार्यथालिसक्ने जनाए ।
त्यसतै एकडारा गाँउपालिका अन्तर्गतको बथनाहाको मुसहर वस्ती दशगजामै रहेकोमा नेपाली भुभागको सार्वजनिक स्थानमै शौचालय निर्माण गर्न केहि युवाहरु प्रयासरत छन । त्यहा शौचालय निर्माण गर्न रेडियो सोनामाईले सघाउने प्रतिवद्धता दिएका छन । रेडियोका संचालक किशोर यादवले बथनाहामा शौचालय निर्माणको लागि अभियान संचालन गर्न विज्ञापन वा अभियान सम्बन्धी विभिन्न जानकारीहरु आफुले प्रसारण गर्ने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *