बालक निश्चल पाण्डेयका हत्याका दोषीले पाए सजाय

रंजन भण्डारी
महोत्तरी, १६ वैशाख ।
जलेश्वर नगरपालिका वडा नं. १२ भिट्ठामोड मलिवाराका ११ वर्षिय वालक क्युट भनिने निश्चल पाण्डेयको हत्यामा तिनजनालाई जिल्ला अदालत महोत्तरीले दोषी ठहर गर्दै जन्म कैद तथा जरिवानाको फैसला सुनाएको छ ।

फोटोमा हत्या भएका बालक निश्चल (क्युट) पाण्डेय
फोटोमा हत्या भएका बालक निश्चल (क्युट) पाण्डेय

महोत्तरी जिल्ला अदालतले वैशाख १५ गते बालक हत्यामा संलग्न जलेश्वर १ का २८ वर्षीय पप्पु यादव र जलेश्वर ६ का २१ वर्षीय गोविन्द कुमार मिश्रलाई जन्म कैदको फैसला सुनाएकाृे छ । त्यस्तै जलेश्वर ८ का २५ वर्षीय शिवम चौधरीलाई ११ वर्ष कैद सहित पचास हजार जरिवानाको फैसला सुनाएको छ । सोहि हत्यामा संलग्न भनिएका दुईजना आरोपीहरु जलेश्वर १२ का २८ वर्षीय सरोज पाण्डेय र ३२ वर्षीय संजिव मिश्रले सफाई पाएका छन् ।
पिडित परिवार भन्छन अधुरो न्याय पाए ः
जिल्ला अदालतका ३ नं न्यायाधिश अनिल कुमार शर्माको इजलासले फैसला सुनाएकोमा पिडित पक्षले पाँचैजनाले मिलेर हत्या गरेको सम्पूर्ण प्रमाणहरु अदालतमा प्रस्तुत गर्दा समेत दुईजनाले सफाई पाएकोमा आफुहरुको चित नबुझेको र पुर्ण न्यायको लागि उच्च अदालत (पुनरावेदन) जाने बताए ।
मृतक बालकका वुवा नबिन पाण्डेले न्यायालयमाथी आफ्नो पूर्ण भरोसा भएपनि सवुत प्रमाण पर्याप्त हुँदा हुँदै दुईजनाले उनमुक्ती कसरी पायो भन्नेमा आफुलाई चित नबुझेको बताए ।
यसरी भएको थियो हत्या ः
मिति २०७२ पुस ३० गते साँझ ६ बजेको समयमा जलेश्वर नगरपालीका वडा नं. १२ स्थित भिट्ठामोडबाट घर आउने क्रममा बालक निश्चल कुमार पाण्डेको अपरहण अपहरण गरिएको थियो । बच्चा अवेर रातीसम्म घर नफर्केकोमा मृतक बालकका वुवाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा वच्चा खोजतलास गरि पाउ भनि निवेदन दिएका थिए । निवेदनको आधारमा तथ्यहरु खोतल्दै जादा बच्चा अपहरणमा परेको आशंका लागेको तत्कालिन प्रहरी उपरिक्षक जनक भटटराईले बताएका थिए । उनले विभिन्न सवुत प्रमाण जुटाउदै जादा दोषीहरुको नाम वाहिर आएको र उनीहरुसंग अनुसन्धान गर्दा आफुहरुले नै अपहरण गरेको र बच्चा धेरै चित्याएपछि समातिने डरले हत्या गरेको स्विकारेका थिए । दोषीहरुले दिएको बयान कै आधारमा जलेश्वर नगरपालीका वडा नं. १३ स्थित खरघारीमा गाडेको थियो । यस घटनाका अभियुक्तहरु जलेश्वर १ का २७ वर्षिय पप्पु यादव,जलेश्वर ६ का २० वर्षिय गोविन्द कुमार मिश्र,जलेश्वर १२ का २७ वर्षिय सरोज पाण्डेय र सोहि ठाउका ३१ वर्षिय संजिव मिश्र र जलेश्वर ८ का शिवम चौधरीलाई जिल्ला अदालतको आदेश बमोजिम पुर्पक्षको लागि २०७२ फागुन ३ गते जलेश्वर कारागार चलान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *