भन्सार छली ल्याएको लाखौको सामान भन्सारमा बुझाईयो

रंजन भण्डारी
महोत्तरी, १४ वैशाख ।
महोत्तरीमा अवैध रुपले भन्सार छली ल्याएको लाखौको किराना तथा रेडिमेड कपडाहरु प्रहरीले नियन्त्रणमा लिई भिठामोड भन्सार कार्यालयमा बुझाएको छ । बुधवार मटिहानी,भिठामोड,जलेश्वर जिरोमाईल र वसविटटीबाट उक्त सामान पक्राउ गरेको हो । पक्राउ परेको सामानको अन्दाजी मोल पाचलाख उननचालिस हजार दुईसय तिस रहेको प्रहरीले जनाए ।

भन्सार छली ल्याएका सामानहरु । फोटो र‌ंजन भण्डारी
भन्सार छली ल्याएका सामानहरु । फोटो र‌ंजन भण्डारी

करिव चार महिना प्रमुख विहिन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीमा प्रहरी उपरिक्षक राजकुमार लम्साल आउना साथ प्रहरीको सकृता बढेको र मदिरा भटटी तथा अवैध कारोवारमा प्रहरीले निगरानी बढाएको हो । हालै प्रउ लम्सालको निर्देशनमा गौशाला नगरपालिकाको ७ स्थानमा प्रहरीले छापा मारी अवैघ घरेलु मदिरा भटटी समेत नष्ट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *