सरकारले भद्र सहमति तोडेको भन्दै मोर्चा चुनाव हुन नदिने तयारीमा

रंजन भण्डारी
महोत्तरी,१४ वैशाख ।
सरकारले भद्र सहमति तोडेको भन्दै मोर्चा चुनाव हुन नदिने तयारीमा लागेको छ । महोत्तरी स्थित मोर्चा आवद्ध दल राष्ट्रिय जनता पार्टी नेपाल चुनाव अहिस्कार गर्ने र हुनै नदिन विभिन्न विरोधका कार्यक्रम अघि सार्ने जनाएको छ ।
बुधवार सरकारले पुनरसंरचना मार्फत गाउँपालिका र नगरपालिकाको संख्या बढाउने निर्णय फिर्ता लिएसंगै महोत्तरीमा मोर्चा चुनाव नै हुन नदिने तयारीमा लागेको हो । राजपा नेपालका नेता अभिराम शर्माले सरकारले भद्र सहमति तोडेर आफै चुनाव धरापमा पार्न खोजेको हो बताए । उनले एमालेसंग सरकारले जति साठगांठ गरेपनि मधेश र मधेशीको मांग पुरा नगरेसम्म उनीहरुले सुख नपाउने बताए । एमाले संसोधन प्रस्ताव पारित हुन नदिन विभिन्न प्रपन्चमा लागेको समेत आफुहरुलाई ज्ञात भएकोले यसको परिणाम उनले महोत्तरीमा भोग्नु पर्ने बताए ।
महोत्तरी सदरमुकाम लगायतका स्थानमा एमालेले आयोजना गरेको विभिन्न कार्यक्रम मोर्चाले बिथोल्दै आएकोमा सरकारको निर्णय फिर्ताले महोत्तरीमा एमालेलाई समस्या हुने बुद्धिजिवीहरु बताउछन । सरकारको निर्णय फिर्ताको मुख्य जिम्मेवार एमाले रहेको भन्दै मोर्चा महोत्तरी एमालेमाथी खनिएको हो ।
विहिवार राजपा नेपालको स्थानिय नेताहरुले वर्तमान अवस्था वारे झलफल गरेकोमा महोत्तरीमा चुनाव नै नहुने सम्भावना बढेको हो । छलफलका क्रममा स्थानिय नेताहरुले केन्द्रको निर्णय पर्खने र केन्द्रको निर्देशन आउनासाथ आफुहरु एक्सनमा आउने बताए ।
निर्वाचन अधिकृत फिर्ता ः
नेपाल सरकारले दुई चरणमा स्थानिय तहको चुनाव गराउने निर्णयसंगै महोत्तरीमा चुनावी गतिविधी हाललाई रोकिएको छ । चुनावी गतिविधी रोकिएसंगै निर्वाचन अधिकृतहरु फिर्ता भएका हुन। यता मुख्य निर्वाचन अधिकृतको कार्यालय भने यथावत रहने जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीको कुल जनसंख्या ६ लाख २४ हजार ६९६ रहेकोमा नगरपालिकामा कम्तीमा ३१ हजार र गाँउपालिकामा कम्तीमा २१ हजार जनसंख्याको हिसावमा गाउ र नगरपालिका थप्न सकिने सरकारको साविक निर्णयको आधारमा महोत्तरीमा सवै दल उत्साह पुर्वक गाँउपालिका र नगरपालिका थप्न छलफलमा व्यस्त रहेकोमा बुधवारको निर्णय पश्चात मधेशवादी दलको उत्साह क्रोधमा परिणत भएको देखिएको छ । मोर्चाका नेताहरुले सरकारले भद्र सहमति पुरा नगरे चुनाव विर्से हुन्छ बताए ।

हाल भद्र सहमति भएपछि ७ देखि १२ गाँउ तथा नगरपालिका थपिन गई महोत्तरीमा गाँउपालिका र नगरपालिकाको संख्या दोव्वर हुन सक्ने सम्भावना रहेको थियो । दलहरुको प्रतिनिधित्व समेत बढ्ने भएपछि सवै दलहरु आफ्नो हिसावले गाउहरुको गुणा भागमा लागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *