खुल्लादिसामुक्त घोषणा गर्नका लागि गौशाला नगरपालिकाका ३ वटा वार्डहरुमा अनुगमन

धनवीर महतो
गौशाला, वैशाख १३ गते ।
सन २०१७ भित्र जिल्लालाई खुल्लादिसामुक्त घोषणा गर्ने कार्यक्रमलाई सफल बनाउनको लागि गौशाला नगरपालिकाका ३ वटा वार्डहरुमा निर्माण गरिएको सौचालयलाई आज अनुगमन गरिएको छ । मंगलवार नौलो घुम्ती नेपालको आयोजनामा साविकका गौशाला गाविसका वार्ड नं. ३, ४ र ५ नं. वार्डमा निर्माण भएको सो सौचालयको अनुगमन गरिएको छ ।
३१ सय घरधुरी रहेको सो वार्डहरुमा हाल २० प्रतिशत सौचालयको अभाव रहेको अनुगमनको क्रममा पाईएको छ । अभियान पूर्व १ हजार ५ जनाले सौचालय निर्माण गरिएकोमा अभियान शुरु भएपछि २ हजार ९५ जनाले सौचालय निर्माण भएको नौलो घुम्ती नेपालले जनाएको छ ।
जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीका ईन्जिनियर विष्णुदेव ठाकुर, नौलो घुम्ती नेपालका कार्यक्रम संयोजक महेश प्रसाद सुवेदी, गौशाला नगरपालिकाका वाडा सचिव सुदिप दाहाल, पत्रकार महासंघ महोत्तरीका पूर्व अध्यक्ष दशरथ भण्डारी लगायत वाडास्तरिय समाजिक परिचालिकाहरु घरघरमा गई सौचालयको निरीक्षण गरिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *