गाँउ र नगरपालिकाको संख्या थप्न दलहरु कसरतमा

रंजन भण्डारी
महोत्तरी,१३ वैशाख ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा,संघिय गठबन्धन र नेपाल सरकार बिच भएको भद्र सहमतिको आधारमा स्थानिय तहमा गाँउपालिका र नगरपालिकाहरुको संख्या बढाउन जिल्ला स्थित सकृय दलहरु कसरतमा लागेका छन । नेपाली काँग्रेस ,नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी लगायत अधिकांश दलहरु गाविसहरुमा जनसंख्याको गुणा भागामा व्यस्त देखिएका छन ।
महोत्तरीको कुल जनसंख्या ६ लाख २४ हजार ६९६ रहेकोमा नगरपालिकामा कम्तीमा ३१ हजार र गाँउपालिकामा कम्तीमा २१ हजार जनसंख्याको हिसावमा गाउ र नगरपालिका थप्न एक दुई दिनमै जिल्ला समन्वय समिति र स्थानिय राजनितिक दलहरु विच छलफल भई सर्वसम्मतीले अन्तिम टुंगो लगाईने छ ।
हाल भद्र सहमति भएपछि थप ७ देखि १२ गाँउ तथा नगरपालिका थपिन गई दलहरुको प्रतिनिधित्व समेत बढ्ने भएपछि सवै दलहरु आफ्नो हिसावले गाउहरुको गुणा भागमा लागेका हुन ।
नेपाली काँग्रेस,माओवादी केन्द्र र राजपा लगायतका दलहरु आ आफ्नै पार्टी कार्यालयमा जिल्लाको नक्सा तथा गाउहरुको जनसंख्या उल्लेखित विभिन्न दस्तावेजका साथ गाँउ पालिका थप्न व्यस्त देखिए ।
हाल यस्तो छ गाँउ र नगरपालिका ः

क्र.सं. स्थानिय तहको नाम वडा संख्या पुरुष मतदाता महिला मतदाता तेस्रो लिंगी जम्मा मतदाता कुल जनसंख्या
एकडारा गा.पा. ९८२० ८५७० १८३९० ३८९६२
औरही गा.पा. ८५१८ ७२७९ १५८०७ ३१७५१
गौशाला न.पा. १२ १७५३४ १४५६१ ३२०९५ ६६६७३
जलेश्वर न.पा. १२ १५२९४ १३९२३ २९२१७ ५८५४९
पिपरा गा.पा. ९१९५ ८७३० १७९२५ ३५५२४
बर्दिवास न.पा. १३ १७७९८ १६९४८ ३४७४७ ६३९१२
ब्लवा गा.पा. १०९२२ ९६८२ २०६०४ ४२३४१
भंगहा गा.पा. १२०४० ११५३६ २३५७६ ४६७५४
मटिहानी गा.पा. ८१०७ ६९७६ १५०८३ ३१०२६
१० मनर गा.पा. १०७४७ ९१७३ १९९२० ४००४५
११ महोत्तरी गा.पा. ६९८१ ६४३६ १३४१७ २७४३०
१२ रामगोपालपुर गा.पा. ७८५८ ६६८३ १४५४१ २९६१२
१३ लोहारपटटी गा.पा. १०१३८ ९८०२ १९९४० ३९५७९
१४ सम्सी गा.पा. ८६५२ ६९८३ १५६३५ ३३७९१
१५ सोनमा गा.पा. ९८६९ ७६३८ १७५०७ ३८७४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *