फाँसीको मांग र अनसनले समेत बन्न नसकेको भिठामोड जनकपुर सडक

रंजन भण्डारी
महोत्तरी,वैशाख १३ गते ।


भिठामोड जनकपुर सडक बनाउन नै फासी मांग्ने र नौ दिनसम्म अनसन वस्नु सामान्य कुरा होईन । नेपालमै फाँसीको व्यवस्था नरहेकोमा फाँसी माग्नु पछाडीको पिडा निश्चय पनि असहय हो । तर त्यो पिडा त्यती खेर बल्झिन छ जव गरेको आन्दोलन र मांगेको फाँसीका कारण पाएको लिखित प्रतिवद्धता कार्यान्वयन हुदैन र अवस्था ज्युका त्यु रहन्छ । 20170421_142453
हाल वस्ती भएको ठाउमा ६ लेन र अन्य ठाउमा चार लेन सकड बनाउने सम्झौता पुरा हुन एक वर्ष पुरा हुन लाग्दा १५ देखि २० प्रतिशत (हुलाकी सडकका अनुसार)मात्र काम पुरा भएको छ । १८ किलोमिटरको सडकमा केहि स्थानमा माटो राखिएपनि ग्राभेल लगायतका काम नगरिदा सडक उपभोक्ता र स्थानिय जनता कष्टकर र जोखिमपुर्ण यात्रा गर्न विवश छन ।
शुक्रवार मात्र पेट्रोल लोड भएको ट्यांकर सोहि सडक खण्डमा पल्टेको हो । ट्यांकर पल्टेपनि मानविय क्षति नभएको तर ट्यांकरबाट लिक भएको पेट्रोलले ठुलै दुर्घटनाको दस्तक भने दिएकै हो सडक उपभोक्ता तथा सुन्दर अभियानी मनोज झा मुक्ती बताउछन ।
सोमवार समेत सोहि सडकमा जोखिमपुर्ण यात्रा गरिरहेको वेला केहि ठुला सवारी साधनहरु त्यही हिलोमा फसेपछि घन्टौ बाटोनै अवरुद्ध भई सयौ सवारी साधनहरु जाममा फसे । स्थानियरुको सहयोगमा भने बाटो सुचारु गरिएको थियो ।
जनकपुर अंचल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले सडक खेत बनिसकेको र धान रोप्न उपयुक्त देखिएकोले एक दुई दिनमै नाच्दै गाउदै सडकमा धान रोप्ने कार्यक्रम गर्ने बताए । उनले त्यतीले समेत सडक मर्मत गर्न सरोकारवालकाको ध्यान नपुगे बसहरु अनिश्चित कालको लागि बन्द गर्ने बताए । आफुहरुले बारम्वार महोत्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी तथा सडक विभाग र हुलाकी सडकमा जानकारी र निवेदन गर्दा समेत सवैले सडक बनाउने तिर ध्यान केन्द्रित नगरेको बताए ।
उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष कृपाशंकर साह जिर्ण र हिलाम्मे सडकले जलेश्वर,जनकपुर तथा यो बाटो भएर नेपालका विभिन्न स्थानमा जाने धार्मिक पर्यटकहरुको संख्यामा निक्कै कमि आएको बताए । उनले पर्यटक नआए स्थानिय उद्योग व्यापार तथा होटेल व्यवसाय समेत संकटमा परेको बताए । भारतको नाकासंग प्रत्यक्ष जोडिएको सडकमा सरोकारवालाहरुको ध्यान नजादा भने वार्षिक करोडौको राजश्व घाटा समेत हुने गरेको उहाले थपे ।
भिठामोड भन्सारबाट वार्षिक सरदर ७० देखि ७५ करोड राजश्व उठ्ने गरेको छ । भिठामोड नाकाको राजश्वको मुख्य श्रोत पेट्रोलिय पदार्थ रहेकोमा जर्जर सडकमा पेट्रोलियम पदार्थको सवारी गुड्दा कुनै दिन त्यसता प्रज्वलनशिल सवारी साधनहरु दुर्घटनाग्रस्त भई ठुलै क्षति हुन सक्ने सम्भावनालाई समेत नकार्न नसकिने स्थानियहरु बताउछन । भन्सार श्रोतका अनुसार वार्षिक अर्वाै राजश्व उठन सक्ने सम्भावना वोकेको भिठामोड नाका जर्जर सडककै कारण दैनिक सरदर २५ देखि ३० लाख,मासिक ७÷८ करोडमात्र राजश्व उठाउन सकेको बताउछन । उनी भन्छन सडकको अवस्था सुध्रिदिएको भए अन्य धेरै नाकाहरुलाई उछिन्न सक्ने सम्भावना हुन सक्थ्यो तर सडक कै कारण सो सम्भव छैन ।
सडक निर्माण प्रकृया विगत र वर्तमान
पहिलेको महेन्द्र राजमार्गलाई हुलाकी मार्गमा राखिएपछि हाल जर्जर अवस्थामा रहेको सडकको निर्माण प्रकृया सडक जस्तै जर्जर रहेको छ । केहि वर्ष अघि मात्र धेरै प्रयासपछि भारतकै लगानीमा एक भारतिय कम्पनीले १८.५६ किलोमिटर फोर लेन सडक निर्माण गर्ने जिम्मा लिएपनि ५ देखि ६ प्रतिशत मात्र काम सकेको सो कम्पनी भाग्दा समस्या वलझेको हो । कम्पनी काम गर्न नसकेपछि भारतको लगानीमा नेपाली ठेकेदारहरुले सडक निर्माण गर्ने निर्णय भएपछि पुनः सडकको सर्वे भएर मिति ०७२।४।१२ गते टेण्डर आव्हान गरियो । हेर्नुस यो लिंक ( जततउस्ररभउचयअ।मयच।नयख।लउरतभलमभच)मभतबष्कि।उजउरुतष्म.ज्ञद्दद्धघघज्ञ ) । ण टेण्डर निस्केपछि दुई नेपाली ठेकेदार कम्पनी सडक बनाउन छनौट समेत गरिए प्रतिभा वाईपिजेभी र आशिष रोशन पप्पु जेभीले सडक ठेक्का लिएका हुन ।
सुन्दर अभियानले सुरु गरेको सडक आन्दोलन ः
माथी लेखिएको दुवै नारा दुई वर्ष पहिले निक्कै चर्चित भएका थिए । सेतो कुर्ता र रातो गोलो टोपी लगाएर संचारकर्मी तथा सुन्दर अभियानी मनोज झा मुक्तीले लगाएको नाराले भिठामोड जनकपुर सडकका यात्रु र स्थानियहरुको पिडा शव्दमै उतारेको थियो ।
त्यति वेला हडडीमात्र बांकि रहेको सो सडक बनाउन उनले सुन्दर अभियान मार्फत सडकमै ओर्लेर आन्दोलन गर्न समेत भ्याएका थिए । उनीसंगै हजारौ स्थानियले उनलाई साथ दिए । तत्कालिन सरोकारवाला निकायले आश्वासन दिए र आन्दोलन रोकियो ।
पुनः सडकमा अवस्थामा सुधार नहुदा ६ लेन सडक बनाउन बृहत्तर जनकपुर क्षेत्र विकास अध्यक्ष रामकुमार शर्मा,युवा नेताहरु सत्येन्द्र यादव,आर.के.रोशन,मिथिलेश्वर दास र रंजितराज मधेशीले ९ दिनसम्म आमरण अनसन गरे । प्रधानमन्त्री पुष्पकमल दाहालको रामकुमार शर्मालाई फोन मार्फत दिएको आश्वासन र सरोकारवाला निकायको लिखित सहमतीमा अनसन समेत समाप्त भयो । जनताले राहतको सांस फेरे अव सडक बन्छ भनेर ।
यस्तो छ अवस्था ः
विगत दशौ वर्ष देखि जर्जर र धुलाम्य र पानी परेको वेला हिलोले भरिएको सडकमा यात्रा गर्ने यात्रुहरु दिनहु दुर्घटनामा पर्नुका साथै धुलोले स्वास प्रस्वास सम्बन्धि विभिन्न रोगका सिकार भई कमाईको तिन भाग डाक्टर र औषधीमा खर्च गर्न बाध्य छन भने कतिको त धुलो कै कारण विरामी परी ज्यान समेत गएको स्थानिय अस्पतालहरुको रेकर्डले देखाउछ ।
आन्दोलन गर्न बाध्य नपार ः
भनिन्छ सहनशिलताको पनि सिमा हुन्छ र त्यो सिमा टुटेपछि आक्रोशको राको देखिन्छ । अहिले त्यही आक्रोशको राकोहरु देखिन शुरु भएको छ भिठामोड जनकपुर सडकमा । नई चाही टिभी,दम्मा नई चाहि खासी बनि अपाङ्ग नई घुटीघुटी मरब,एकहिवेर ददिया फासी र सडक बनाउ या फासी दिय सिस्ताबन्दीमे मृत्यु नई चाही भन्दै सडकमै पुनः फाँसी मांग्न पिडितहरु तयारी गर्दैछन । सडकको दुरावस्थाले राजश्वमा कमि,यात्रीहरु जोखिममा परि यात्रा गर्न विवश हुनु जस्ता समस्याले गर्दा स्थानियहरु सुन्दर अभियानको अगुवाईमा सडकमा पुनः फर्किने योजना बनाईरहेका छन ।
हाम्रो पिडा कसले बुझिदिने ः
बस व्यवसायी संघका अध्यक्ष चौधरीले जम्मा ५४ वटा बस जनकपुर भिठामोड मार्गमा संचालनमा रहेको र सडककै कारण जस्तोसुकै फिटनेस पास भएर आएको गाडीको सडकमा गुडेको केहि दिनमै पत्ती भाचिने,टायरको ग्रिप खराव हुने,तेल बढी खाने तथा बसको बडी पुर्न क्षतिग्रस्त हुने गरेको बताउछन । खराव सडककै कारण हालैमात्र एकजनाको बस दुर्घटनामा मृत्यु समेत भएकोमा अव सडक भने गाडी कुदाउने अवस्थामा नरहेको बताउछन ।
हुलाकी सडकको यस्तो छ प्रतिकृया ः
हुलाकी सडक जनकपुर योजना प्रमुख अर्जुन यादवले सडक ठेक्कामा लागिसकेपछि ठेकेदारले यात्रुहरुलाई सहज रुपले यात्राको व्यवस्था मिलाई सडक निर्माणको काम सहजरुपमै संचालन गर्नु पर्ने बताए । उनले १५ देखि २० प्रतिशत काम सकेको र ठेकेदारले वार्षिक काम गर्नु पर्ने प्रतिशतकै आधारमा काम गरिरहेको बताए । तर हाल यात्रुहरुलाई भईरहेको असुविधालाई समेत खयाल राखी सडकको वैकल्पिक व्यवस्था समेत गर्नु पर्ने बताए । उनले आफुहरुले समेत निगरानी राखिरहेको र समय समयमा लिखित रुपमै ठेकेदारहरुको काम प्रतिको जिम्मेवारीपन बोध गराईरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *