विगे्रको महिनौ बित्दा समेत बनेन एक्स रे मेसिन,सेवाग्राही मर्कामा

20170423_113701
20170423_113701

फाेटाेमा जलेश्वर अस्पताल स्थित विग्रेकाे एक्स रे मेसिन । फाेटाे : र‌ंजन भण्डारी

रंजन भण्डारी
महोत्तरी,१३ वैशाख ।
बिग्रेको पाँच महिना बित्न लाग्दा समेत जलेश्वर अस्पतालको एक्स रे मेसिन नबन्दा सेवाग्राहीहरु मर्कामा परेका छन । सरोकारवाला भने दुई तिन लाख लाग्ने भएपछि मर्मत गर्न समस्या परेको बताउछन ।जलेश्वर अस्पतालमा तिस देखि पैतिस लाख पर्ने एक्स रे मेसिन भएपनि सो प्रयोग विहिन भएको हो । मेसिनको भित्री कुनै पुर्जा विग्रेकोले सो संचालनमा नरहेको एक्स रे फाँटका कर्मचारीले बताए । उनले अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयलाई पटक पटक जानकारी र ताकेदा गर्दा समेत मेसिन मर्मतमा ध्यान नदिएको बताए ।
हाल संचालनमा रहेको पुरानो मेसिनले हात,खुटटा र छातीको साधारण एक्स रे मात्र गर्न सक्ने भएकोले अधिकांश विशेष किसिमका एक्स रे बाहिरबाट गराउनु परेको बाध्यता रहेको छ । पेटको एक्स रे गराउन जलेश्वर अस्पताल पुगेकि ममता भगतले सो एक्स रे पहिला त गर्नै नमानेको तर पछि गर्दा समेत त्यसमा केहि नबुझिएको बताईन । उनले हजारौ रुपया एक्स रे कै मासिक कमाई आउदा पनि अस्पतालले मेसिन मर्मत गराउन ध्यान नदिएको दुखेसो पोखिन । । जलेश्वर अस्पतालमा दैनिक सयौ विरामी आउने गरेकोमा पचास भन्दा वढीको एक्स रे कै जाँच रहने गरेकोमा नयाँ मेसिन आधा भन्दा बढी बाहिर जानु परेको अवस्था रहेको छ ।
अस्पतालमै मर्मतको अभावमा प्रयोग विहिन बनेको एक्स रे मेसिनकै कारण दैनिक दर्जनौ बिरामी बाहिर जानु परेको डाक्टरहरु बताउछन । एक डाक्टरका अनुसार पेटको एक्स रे गराउनु पर्दा पुरानो मेसिनमा कुन पेट हो कुन छाती सो समेत छुट्याउन गार्हो भएको बताए ।

यस्तो छ ईतिहास ः
वि.सं.२००३ सालमा त्रिचन्द्र अस्पतालको नामले ५० शैयाको अन्चल अस्पताल को रुपमा स्थापना भएकोमा राजनितिक चलखेलकै कारण हालको जलेश्वर अस्पताल ५० शैयाबाट १५ शैयामा झरेको हो । ०३३ साल तिर तत्कालिन गृह मन्त्रि भोजराज घिमिरे जलेश्वर स्थित अंंचल अस्पताललाई जनकपुर स्थानान्तरण गरि १५ शैयामा झारे पछि अस्पतालको अवस्था विग्रदै गएको अस्पताल सम्बन्धि जानकारहरुको भनाई छ ।
अस्पतालको वर्तमान अवस्था ः
हाल जलेश्वर अस्पतालको भौतिक संरचना ५० शैयाको रहेको छ । वर्षौ देखि अस्पताल ५० शैयाको हुदैछ भन्ने हल्ला रहेपनि आज विसौ वर्षमा समेत सो हल्ला हल्ला मै सिमित रहेको स्थानियहरुको भनाई छ । स्थानिय सुनिल पासमान भन्छन हामीले आउने सवै हाकिमलाई अस्पताल ५० शैयाको कहिले हुने सोध्यौ तर जुन जोगी आए कानै चिरे झै सवै लुट्न मै सिमित रहे । कर्मचारीहरु समेत बिरामी आउदा वास्ता समेत नगर्ने र बाहिरबाटै कयौ गुणा बढी पैसा तिरेर विभिन्न जाँचहरु गराउनु परेको बाध्यता अझै रहेको दुःखेसो पोखे । उनले दैनिक हजारौ रुपया अस्पताल व्यवस्थापनकै लागि विभिन्न पुर्जाहरुबाट उठ्ने भएपनि सो रकम अस्पताल सुदृढीकरण मा खर्च नभएको आरोप लगाए ।
एक्स रे मेसिन चाडै मर्मत गराउछौ ः जि.स्वा.प्रमुख डा.नागेन्द्र प्रसाद यादव
विगत पाँच महिना देखि विग्रिएको एक्स रे मेसिन पन्द्र विस दिन भित्रै मर्मत गराई सक्ने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तथा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले बताए । उनले जलेश्वर नगरपालिकाले मेसिन बनाईदिने आश्वासन दिएपनि अझै बनाउन चासो नदिदा समस्या भएको बताए । उनले केहि दिन अगाडी मात्र जलेश्वर नगरपालिकाको मिटिंगमा मेसिन मर्मतवारे कुरा राखेकोले अव चाडै बन्ने आशा भने पलाएको बताए । उनले नगरपालिकाले मर्मत गराउन नसके आफ्नै मन्त्रालय वा त्यहाबाट समेत नभए व्यवस्थापन समितिबाट मर्मत गराउने बताए ।

Be the first to comment on "विगे्रको महिनौ बित्दा समेत बनेन एक्स रे मेसिन,सेवाग्राही मर्कामा"

Leave a comment

Your email address will not be published.

*