दुई निरिक्षक सहित ५५ परीक्षार्थी निस्कासित

20170321_105606

                                                                         एउटै केन्द्रबाट ४७ परीक्षार्थी निकालियो
20170321_105606महोत्तरी, ८ चैत्र ।
एसइई परीक्षाको पाचौ दिन सामाजिक विषयको परीक्षा मर्यादित बनाउन नसकेको भन्दै दुई निरिक्षक निस्कासित भएका छन । त्यसतै चिट चोरेको र मोबाईल बोकेको आरोपमा ५५ परीक्षार्थीको मंगलवारको परीक्षा रद्द गरिएको छ ।
निगौल केन्द्रबाट निरिक्षक सविर साफी र रजखोर केन्द्रबाट निरिक्षक चन्देश्वर महतोलाई जिल्ला शिक्षा अधिकारी ठुलोबावु दाहालले परीक्षा अमर्यादित बनाएको भन्दै निकाले । त्यसतै प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादव नेतृत्वको अनुगमन टोलीले सितापुर भंगहा केन्द्रबाट सैतिस छात्रा र १० छात्रा गरि सैतालिस परीक्षार्थीलाई चिट चोरेको आरोपमा निस्कासन गरेको हो ।
प्रजिअ यादवकै टोलीले लोहारपटटी केन्द्रबाट तिन छात्रा र एक छात्र,धमौरा केन्द्रबाट एक छात्रा र एक छात्र,भ्रमरपुरा केन्द्रबाट एक छात्र र रतौली केन्द्रबाट एक छात्रको समेत चिट चोरेको आरोपमा सामाजिक विषयको परीक्षा रद्द गरेको हो ।
हालसम्म एक केन्द्राध्यक्ष,पाच निरिक्षक र दुईसय अठार परीक्षार्थी निस्कासनमा परेका छन भने केन्द्राध्यक्षहरुको सामुहिक राजिनामा दिने निर्णय पछि केन्द्राध्यक्षको कार्यवाही फिर्ता भएको थियो । सो मध्ये १५४ छात्रा र ६४ छात्र निस्कासनमा परेका हुन ।
कहा कति निस्कासित भए ः20170320_082806
एसइई परीक्षामा हालसम्म निस्कासनमा परेका छात्र तथा छात्राहरुमा मनरा केन्द्रवाट पाच छात्रा र एक छात्र,साढाँ केन्द्रबाट सात छात्रा र चार छात्र,कोल्हुवा वगेया केन्द्रबाट सात छात्रा र एक छात्र,बखरीभाट केन्द्रबाट चौध छात्रा र पाच छात्र,खखना लोटना केन्द्रबाट सोरह छात्रा र दुई छात्र,निगौल केन्द्रबाट छ छात्रा र दुई छात्र,रजखोर केन्द्रबाट तेरह छात्रा र चार छात्र,जनता मावि गौरीडाडाबाट चार छात्रा दुई छात्र,देउराली मावि बर्दिवासबाट एक छात्रा र तिन छात्र,खयरमारा केन्द्रबाट एक छात्रा,जनता मावि बर्दिवासबाट एक छात्र,औरही केन्द्रबाट नौ छात्रा र छ छात्र,भोईल टिमकिया केन्द्रबाट दुई छात्रा र तिन छात्र, बल्वा केन्द्रबाट चार छात्रा र तिन छात्र,सितापुर भंगहा केन्द्रबाट सैतिस छात्रा र दश छात्र,लोहारपटटी केन्द्रबाट तिन छात्रा र एक छात्र,धमौरा केन्द्रबाट एक छात्रा र एक छात्र,भ्रमरपुरा केन्द्रबाट एक छात्र र रतौली केन्द्रबाट एक छात्र निस्कासन मा परेका छन ।

.
..

Be the first to comment on "दुई निरिक्षक सहित ५५ परीक्षार्थी निस्कासित"

Leave a comment

Your email address will not be published.

*