संबिधान संसोधन प्रकृया अगाडी बढेको सकारात्मक ः शरतसिंह भण्डारी

रंजन भण्डारी
महोत्तरी, फागुण ४ गते ।20170212_153216
संबिधान संसोधन प्रकृया अगाडी बढेको सकारात्मक पक्ष भएको राष्ट्रिय मधेश समाजवादी पार्टी(रामसपा)का राष्ट्रिय अध्यक्ष एवं पुर्व मन्त्री शरत सिंह भण्डारीले बताएका छन । बर्दिवासमा पत्रकारहरुसंगको भेटभाटमा उहाले सो बताएका हुन । उनले संसोधन विना चुनाव भए कसैले कुनै निकास नपाउने र त्यो चुनाव समेत मान्य नहुने भएकोले सरकारले संसोधन प्रकृयता तदारुकताका साथ अगाडी बढाउनु पर्ने उहाको कहव थियो । उनले राजसंस्था व्युताउन पनि केहि व्यक्ति सकृय देखिएकोले आम नेपाली र राजनितिक दलहरु यसप्रति गम्भिर हुनु पर्ने बताए ।
उनले वर्तमान संसोधनमा मधेशको सवै मांग सम्बोधन नभएकोले यथास्थितिमा हामीले नमानेपनि सरकारले संसोधनको लागि चालेको कदम भने सकारात्मक भएको बताए । हिजोसम्म ९० प्रतिशतले बनाएको संबिधान भन्नेहरु भएकोमा अहिले अधुरो वा अपुरो संबिधान भएको भन्नेहरुको प्रतिशत ६० पुगेकोले यो सकारात्मक भएको उनको भनाई छ । हामी दश प्रतिशतबाट साठीमा पुगेकोले मधेशको मांग सम्बोधन हुनेमा आफु विश्वस्त रहेपनि संसोधन प्रकृया ढिला भएको उनको कथन छ ।
उनले स्थानिय निकाय पुनरसंरचना वारे वोल्दै बर्तमानमा गरिएको व्यवस्थाले जनताले सुख पाउनु भन्दा पनि सास्ती नै पाउने भएकोले प्रत्येक गाविसलाई गाउपालिका बनाए जनताले घरमै सेवा लिन सक्ने बताए ।
साथै मधेशमा महोत्तरीको जलेश्वर र बर्दिवास दुवै रहेकोले हामीले मनबाटै दुवै ठाउ एक गर्न लाग्नु पर्ने बताए । विगतमा दुवै ठाउको अनेकौ तिक्तता रहेपनि तिक्तताले संबन्ध सुधार्नु भन्दा पनि विगार्ने भएकोले तिक्ततालाई मिठासमा परिणत गरि एकजुट भई मधेशीको मांग सम्बोधन गर्न एकजुटताको प्रयास गर्न अहिलेको आवश्यता रहेको उनले बताए ।
उनले मधेशवादी दलहरु अझै नथाकेकोले दलहरु सुस्त भएको र संसोधन नहुने वा मधेशवादी दलहरु संसोधन विना नै संबिधान स्विकार गर्ने जस्ता भ्रममा नपर्न समेत सवैमा जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *