जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

20170208_125412

भुमि समाचारदाता
जलेश्वर ।
महोत्तरीमा जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सलहेश समाज विकास केन्द्र जलेश्वर १४ को आयोजनामा सम्पन्न सो हाजिरी जवाफ प्रतियोगितामा १२ सामुदायिक विद्यालयका ३६ जना छात्रछात्राले सहभागिता जनाएको थियो । 20170208_125412
प्रतियोगितामा १५ अंक ल्याई मावि कोल्हुवा वगेया प्रथम भएको थियो भने मावि पडौल १० अंकका साथ दोस्रो भएको हो । त्यसतै ९ अंकका साथ मावि सहसराम तेस्रो हुन सफल भएको थियो । प्रतियोगितामा जिल्लाका सवै सामुदायिक माध्यमिक विद्यालयलाई सहभागि हुन आव्हान गरिएकोमा जम्मा १२ विद्यालयले मात्र सहभागिता जनाउन सकेको कार्यक्रमका अध्यक्ष रमेश पासमानले जनाएका छन ।
भुतपुर्व प्रधानाध्यापक सुदिष्ट झाको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा प्रथम हुन सफल भएका विद्यालयका विद्यार्थीहरु सनाउल मुस्तफा,रितु मण्डल र अमित मंडल तथा दोस्रो र तेस्रो विद्यालयलाई समेत नगद तथा उपहार वितरण गरिएको संस्थाका कोषाध्यक्ष दिपक पासमानले जनाए । कार्यक्रम राज मनि ट्रान्सफरको सहयोगमा सम्पन्न भएको हो ।

Be the first to comment on "जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न"

Leave a comment

Your email address will not be published.

*