ठुलोबाबु संग एकछिन

रंधीर चौधरी20161005_132947-1-1-1

दँशै बिदा मा घर जाँदा संयोगवस जिल्ला शिक्षा कार्यालय महोत्तरी नजिक रहेको चियापसल मा एकछिन रुके । अस्थाई शिक्षकहरुको आन्दोलन वेगवान थियो । ती शिक्षक आन्दोलनकारीहरु मा मेरो नजिक पर्ने दाई र काकी लाई समेत देखे । वहाँहरुको जिज्ञासा लाई सम्मान गर्दै आफनो समर्थन देखाए मैले उक्त आन्दोलनमा । तत्पशात जिल्ला शिक्षा कार्यालय मा गएर जिल्ला शिक्षा अधिकारी संग भेटे । मेरो जिज्ञासा थियो अस्थाई शिक्षकहरुको आन्दोलन बारे केही जानकारी लिनु । साथै उक्त आन्दोलनको निकास के हुनसक्छ त्यो बुझने । यी कुराहरुमा चर्चापरिचर्चा गरियो ।
चिया खादै गर्दा मैले एक प्रश्न पश्के । प्रश्न थियो, महोत्तरीमा शिक्षाको अवस्था कस्तो छ सर ? जिला शिक्षा अधिकारी को अनुहार मा भावुकता देखे मैले । त्यो भावुकतामा नेपालमा शिक्षा क्षेत्रमा देखिएको बेतिथीको झझ्ल्को थियो सायद ! र वहाँले आफ्नो वाक खोले पश्चात मैले मेरो अनुमान सही सावित भएको पाए । वहाँको जवाफ मा मैले वहा को महोत्तरी आएको नौ महिने बसाई को अनुभव र केही तथ्याङकहरु को मिश्रण भेटाए ।
हेर्नुस रणधीर जी, महोत्तरीको शिक्षावस्था धेरै राम्रो हुुनसक्छ । तर यहाका शिक्षकहरुमा शिक्षण कम र राजनिती गर्ने मनसायमा भएको बढोतरीले हालत कमजोर भएको अवस्था छ । जिल्लाका शिक्षकहरु विद्यालयको बेला जिला शिक्षा कार्यालय को अगाडी आाएर किन बसेका हुन्छन, यसको कारण आज सम्म पता लगाउन सकेको छैन मैले । किन यहाका शिक्षकहरु जिल्ला शिक्षा अधिकारी संग आफ्नो सामिप्यता बढाउन चाहन्छन, बुझ्न सकेको छैन मैले । महोत्तरी मात्रै होईन । मधेशको हरेक जिलाहरुमा सम्भतः यस्तै अवस्था देखेको छु मैले । त्यस्ता केही व्यत्तिहरु जसले आफ्नो मुल्यवाण समय शिक्षा विकाशमा लगाउदा राम्रो हुन्थ्यो उनीहरुले आफ्नो उर्जा किन विद्यालय र जिल्ला शिक्षा कार्यालयको बिचमा रहेको देख्न नसकिने ठाँउमा बिचोलियाको भुमिका निर्वाह गर्दै खर्चेका हुन्छन ।
मेरो अर्को प्रश्न थियो वहा लाई, प्राध्यापक पिताम्बर शर्मा ले लेखेको पुुस्तक सम आस्पेक्ट अफ नेपाल्स सोसल डेमोग्राफिक लाई आधार मानने हो भने, सन १९९१ मा सबैभन्दा कम साक्षरता दर भएका १० वटा जिल्ला मा मधेशको मात्र एउटा रौतहट रहेको थियो । सन २००१ मा रौतहट संगै महोत्तरी पनि त्यस श्रेणी मा पर्न गयो । सन २०११ सम्म आईपुग्दा कम साक्षरता दर भएका १० जिल्लाहरुमा ६ जिल्ला मधेश कै पर्न गयो । यसले के देखाउँछ भने मधेश र कर्णाली को साक्षरता दर लगभग मिल्दोजुल्दो छ ? dsc00358
हेर्नुस, नितिगत कुराहरुलाई खुत्लदा मात्र यसको उत्तर पाउन सहज होला जस्तो मलाई लाग्छ, ठुुलोबाबुले भनुभयो । महोत्तरी जिल्लाको केही तथ्याङक सुनाउनुभयो मलाई । जस्तै की यस जिल्ला मा माध्यमिक विद्यालय को संख्या ८४ छ जसमा २०७ वटा दरबंदी हुने ठाँउ मा ६२ वटा मात्र छन । ४६ वटा निम्नमाध्यमिक विद्यालय मा २२१ वटा दरबंदी रहेको ठाँउ मा ७० वटा मात्र छन । त्यसैगरि १८६ वटा रहेको प्राथमिक विद्यालय मा १०५८ वटा हुनुपर्ने दरबंदी मा जम्मा ४०७ मात्र हुनु महोत्तरीको लागि ठुलो बिडंबना छ । कसरी होला यो जिल्लाको शिक्षा मा उन्नती, प्रतिप्रश्नरुपी जवाफ थियो वहा को ।
शिक्षा मा चुनौती हामी नेपालीको साझा समस्या रहेको छ । यद्यपी केही यस्ता समस्याहरु छन जुन मैले आफनो व्यत्तिगत अनुभवको आधार मा भन्नैपर्ने हुन्छ, ठुलोबाबुले भन्नुभयो । बडो भावुकता साथ भन्नु भो, विद्यालय मा न्यूनतम शिक्षक दरन्दी नहुनु, दरबन्दी मिलान तहगत र विषयगत नहुनु, शिक्षकको काज सरुवाको चाप हुनु, ऐन नियम भन्दा बाहिर रहेर काम कसरी मिलाउन सकिन्छ भने तर्फ शिक्षकहरुको ध्यान बढी हुनु, शिक्षकहरु विद्यार्थीको सिकाइ उपलब्धी प्रति जिम्मेवार र जवाफदेही नहुनु, विद्यालय भौतिक सुविधा विस्तार कार्यक्रमको विद्यालयको चरम वेवास्ता, आदि ।
अन्तमा मैले गरेको प्रश्नको ग्रेविटी ले सायद वहाँलाई छोए कै थियो होला । अनि त अन्त्यमा वहाले भनुभयो, रणधीर जी, वास्तवमा भनुपर्दा देश शिक्षा क्षेत्र राजनितीविहिन हुनु को विकल्प छैन । खासगरि नेपालको कम साक्षर १० वटा जिल्लाहरुमा ६ वटा जिल्ला मधेश कै पर्नु अति दुर्भाग्यपुर्ण अवस्था छ । मधेश भनेको नेपालको त्यस्तो भुभाग हो जहाँ देशको आधी जनसङख्याको बसोबास छ । जबसम्म देशको हरेक कुनाकान्द्राहरुमा बसोबास गर्ने जनसङख्याहरु शिक्षितजनशक्तिको रुपमा परिणत हुनसक्दैन तबसम्म राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बलियो बन्न सक्दैन । साथै राज्यले शिक्षामा गरिरहेको लगानीलाई बढाउदै लैजानुको साथसाथै व्यवस्थित बनाउनुपर्छ । यसमा हरेक व्यक्तिहरुले आफ्नो तवर बाट सहयोग गर्नुपछ । सर्लाही निवासी जिल्ला शिक्षा अधिकारी ठुलोबाबु संग कुराकानी गरेपश्चात मलाई अनुभुती भयो की वहाँको अठोट की महोत्तरीको शिक्षावस्थामा कसरी सुधार ल्याउन सकिन्छ त्यस विषयामा वहाँको संकल्प बलियो छ । वहाँले शिक्षाकायालय भवनमा ल्यानुभएको सुधार, शैक्षिक माफियाहरुलाई तहलगाउने प्रयास र व्दियालयहरुमा वहाँ को नियमित अनुगमनले महोत्तरी को शैक्षिक ग्राफलाई माथि सम्म लैजान सहोग आवश्य गर्नेछ ।

लेखक, कानुन का बिद्यार्थी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *