मधेशमा राजनितिक दलहरुको चहलपहल वढदै

20161024_103030

रंजन भण्डारी
जलेश्वर,कार्तिक ८ गते ।
महोत्तरी लगायतका मधेशका जिल्लाहरुमा मधेशवादी दलहरुले पार्टी प्रवेश र संगठन विस्तारका कार्यलाई तिव्रता दिएका छन । मधेशमा राजनितिक चहल पहल बढेसंगै यसवारे चर्चा परिचर्चा समेत सुरु भएको छ । विगत केहि दिन देखि महोत्तरीमा राजनितिक चहल पहल वढेको छ । मधेशवादी दलहरुले पार्टी प्रवेश,कार्यकर्ता भेटघाट लगायतका कार्यलाई तिव्रता दिएका छन । 20161021_144903
संघिय समाजवादी फोरम नेपाल कि राष्ट्रिय उपाध्यक्ष रेणु यादव,सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो,तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र तराई मधेश सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय लगायतका नेताहरुको अहिले महोत्तरीमा चहल पहल देखिएको हो । संबिधान संसोधन नभए छठपछि शसक्त आन्दोलनमा जाने जनाउ यी पार्टीहरुले दिएपनि यसलाई सर्वसाधारणले भने विभिन्न रुपमा लिएका छन । 20161024_084931
यता दलहरुले आफ्नो राजनितिक गतिविधी मधेशमा वढाउदै संगठन मजवुती गर्न पार्टी प्रवेश र भातृ संगठनहरुको कार्यक्रममा मधेश झरेकि संघिय समाजवादी फोरम नेपालकि उपाध्यक्ष रेणु यादवले विश्वको उत्कृष्ट भनिएको संबिधान एक वर्ष मै सर्व साधारणले कतिको उत्कृष्ट छ भन्ने कुरा थाहा पाईसकेको बताउछिन ।
त्यसतै सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले लोकमान सिंह प्रकरण मधेश राष्ट्रिय मुद्दा नभएकोले तिन राजनितिक दलले देशको मुख्य मुद्दा आझेलमा पार्न खोजेको बताउछन । उहाले छठसम्म संबिधान संसोधन गरि मधेशको मांग सरकारले सम्बोधन नगरे आन्दोलनको आधींवेरी सम्म ल्याउने बताउछन । यसै बिच शसस्त्र प्रहरी असई थमन विश्वकर्माको हत्या अभियोगमा कारागारमा रहेका प्रदीप माझी र संजय साहलाई भेटघाट गरि चाडै राजनितिक मुद्दाको टुंगो लाग्ने आश्वस्त पारेका छन ।20161024_103030
मधेशवादी दलहरुको मधेश प्रवेशको क्रम तिव्र भएसंगै अन्य दलहरुले भने यसलाई गम्भिर रुपमा नियालिरहेको देखिन्छ । गत मधेश आन्दोलनबाट व्यापक चर्चा पाएका मधेशवादीदलहरुले अव हुन सक्ने सम्भावित आन्दोलनको तयारी संगठन विस्तार लगायतका माध्यमबाट गरिरहेको देखिन्छ । प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले मधेशको मांग संबिधान संसोधनको माध्यमले गर्ने प्रतिबद्धता बारम्वार संबिधान संसोधनमा भईरहेको ढिलाईले देश पुनः आन्दोलनमा होमिन बाध्य हुने हो कि भन्ने आशंका समेत जनमानसमा व्याप्त छ ।

Be the first to comment on "मधेशमा राजनितिक दलहरुको चहलपहल वढदै"

Leave a comment

Your email address will not be published.

*