सदरमुकाममा पहिलो पटक महिलाहरुले फुटवल खेले,रौतहट विजयी

20161017_164504

रंजन भण्डारी
जलेश्वर,कार्तिक १ गते ।
महोत्तरी सदरमुकाम जलेश्वरमा पहिलो पटक महिलाहरुले फुटवल खेली ईतिहास रचेकि छिन । सर्लाही ११ र रौतहट ११ विच जलेश्वर रंगशालामा सोमवार भएको सो मैत्री पुर्ण महिला फुटवल प्रतियोगितामा रौतहटले भने शुन्य को विरुद्ध चार गोल गरि विजयी हात पारेको थियो । 20161017_164504
महिला सांस्कृतिक उत्थान केन्द्र बर्दिवासको सहयोग र जिल्ला फुटवल संघ महोत्तरीको आयोजनामा सम्पन्न सो खेल महिला तथा वालवालिका कार्यालयकी प्रमुख नितु दुवेको प्रमुख आतिथ्य र केन्द्र कि अध्यक्ष शारदा दाहाल को विशिष्ट आतिथ्यमा खेलिएको थियो । सोहि कार्यक्रममा जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चौधरीका साथै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक त्रय का साथै राजनितिक दल,नागरिक समाज र खेलप्रेमीहरुको समेत उपस्थिति रहेको थियो । जलेश्वर रंगशालामा मर्मत कार्य चलिरहेकोले ग्राउण्ड पुर्ण तयार हुन नसक्दा हाफ ग्राउण्डमा सात सात जना खेलाडीबाट फुटवल खेलाईएको थियो । खेलको पहिलो हाफ देखि नै सर्लाहीमाथी घातक रहेको रौतहटले हाफ टाईम अगावै २ गोल गरेका थिए भने हाफ टाईम पछाडी थप दुई गोल गरि विजयी भएका थिए । 20161017_161343
जिल्ला फुटवल संंघका अध्यक्ष प्रल्हाद साह र सचिव विजय गुप्ताले महोत्तरीमा समेत महिला फुटवल टिमको खाचो रहेपनि महिला फुटवल टोलीको निर्माण प्रकृया अगाडी बढी सकेको र चाडै महोत्तरीले महिला फुटवल टिम पाउने आशा व्यक्त गरेका थिए । महोत्तरीमा महिला फुटवल टिम हुन नसक्दा हाल महोत्तरी महिलाहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटवलमा आफ्नो उपस्थिति जनाउन सकेको छैन । 20161017_163245

Be the first to comment on "सदरमुकाममा पहिलो पटक महिलाहरुले फुटवल खेले,रौतहट विजयी"

Leave a comment

Your email address will not be published.

*