मदिरा र विसर्जन

ranjan-bhandari

नया युगको विनाशकारी स्वरुप

ranjan-bhandariरंजन भण्डारी
महोत्तरी ।
नया युग प्रगती र समुन्नतीको हुनु पर्ने हो तर वास्तविकता भनेको त्यसको ठिक विपरित छ । कुनै पनि देशको विकास भए वा नभएको खण्डमा हामी तुरुन्त उदाहरण दिन्छौ हामीले गर्न नसके हाम्रो सन्तानले गर्छन । तर हाम्रो पुर्वजले समेत यहि भनेका हुन सक्छन कि हामीले गर्न नसके हाम्रो सन्तानले गर्छन । हजुर बा ले हाम्रो बुवामा संस्कार दिए र संगै समाज र देश निर्माणको दायित्व पनि तर सम्भवतः बुवाले त्यो संस्कार हामी समक्ष त्यै भावले र जिम्मेवारीले राख्न नसक्दा वा हामीमा बुवा जस्तै त्यो ग्रहण गर्न सक्ने क्षमता नभएर होला हामी वर्तमानमा विभिन्न कुलतमा फसेर आफ्नै भविष्य अन्धकारमय बनाउन पुग्यौ । तिनै कुलतको मुख्य पात्र रक्सी,मदिरा वा मातृभाषा मैथिलीमा दारु भनेर हामी चिन्छौ ।
नेपालका केहि भेगमा रक्सी देवतालाई चढाईनुका साथै सेवन पनि गरिने परम्परा नै छ । सो ठाउको भौगोलिक अवस्था र काम तथा त्यहाको वातावरणले गर्दा सम्भवतः त्यो स्थानमा रक्सी सेवनलाई आवश्यक्ताको हिसावले उपयुक्त भन्न मिल्छ होला । ती स्थानहरुमा रक्सी सिमित मात्रामा सेवन गर्नुका साथै विभिन्न पौष्टीक पदार्थले बनाईने हुदा सम्भवतः त्यसले स्वास्थ्यमा समेत प्रतिकुल असर पार्दैन होला तर हामी कहा भने त्यसतो छैन । यहा बनाईने रक्सी हानीकारक रहेको विभिन्न समयमा प्रमाणित समेत भैसकेको छ । साथै रक्सी सेवनले महिला हिंसा तथा झैझगडामा वृद्धी भईरहेको हाम्रै समाजमा विभिन्न प्रमाणित उदाहरणहरु छन । यहा विसर्जन र मोहरम्ममा युवा पुस्ताले रक्सी सेवन गर्दा हुने गरेका घटना परिघटनालाई उजागर गर्ने प्रयास गरेका छौ ।
यसै दुर्गा पुजाको दशमीको दिन मंगलवार साझ जलेश्वरको शंकरचोकमा रावण दहन गरियो र सो पश्चात दुर्गा माताको विसर्जनको लागि माताको प्रतिमा नगरपरिक्रमा गराउन सुरु भयो र त्यो सगै साना साना वालक,युवा र व्यस्कहरु रक्सीको भटटी तिर लम्किरहेको देखिन थाले । रक्सी कुनैपनि उमेर समुहका लागि सहि नभएपनि आफ्नो जिवनको एउटा खण्ड पाार गरिसकेकाहरुका लागि त्यसले खासै असर नपार्ने भएपनि वालक र युवा तथा वयस्कले रक्सी सेवन गर्नु भनेको गम्भिर कुरा छ । मुर्ती विसर्जनको लागि सरु भएको नगरपरिक्रमा जति जति अगाडी वढदै थियो त्यती नै रक्सीमा मात्तिएका युवाहरु झैझगडा र कुटपिटमा संलग्न हुदै जादा उनको अवस्था हेर्दा आँखा रसाउने बौधिकवर्गको जमात पनि प्रसस्तै देखिन्थे । आश्चर्य त्यतीबेला लाग्यो जब त्यसको भोली पल्ट दुर्गाचोकको प्रतिमा विसर्जनको समय समेत रातीको भन्दा पनि रक्सीमा मात्तिएको युवाहरुको जमात देखियो । बिहानको विसर्जन कार्यक्रममा झगडा बाझिएको दर्जनौ घटनाहरु भेटिए ।
भनिन्छ मुस्लिम समुदाय आफ्नो धर्म र आस्था प्रति अडिग हुन्छ र उनको धर्ममा रक्सी सेवन हराम हो तर बुधवार निस्किएको ताजियामा मुस्लिम धर्मका युवाहरु समेत रक्सीमा मात्तिएर सौहार्दपुर्ण वातावरणमा मनाईरहेको मोहरम्म ताजियामा झैझगडा तथा कुटाकुट गर्न पछि परेनन । यहा प्रश्न पुन त्यही ठाउमा अडकिएको छ के हाम्रो भोलीको भविष्य अन्धकारमय नै हुने हो त ? किन हाम्रा सन्तती मदिराको बली चढदैछन । उनको भविष्य के त ?
मदिरा नियन्त्रण गर्न भने प्रयास नगरिएका होईनन । प्रहरीले समय समयमा लोकल मदिरा नियन्त्रणका लागि प्रयास गरेकै हुन । सयौको संख्यामा भटटीहरु भत्काएकै हुन । त्यसतै राजनितिक दलहरुको आग्रहमा प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले भारत नेपाल सिमाको ५०० मिटर भित्रसम्म रक्सी विक्री वितरण र सेवन निषेधित गरेकै थिए तर त्यसमा समेत परमादेश आयो र त्यो स्थगित भयो । यस्तो संवेदनशिल विषयमा निर्णय स्थगितका लागि परमादेश आउनु निश्चित रुपमा पनि उपयुक्त थिएन सम्भवतः तर हामी विवश छौ अदालत न्यायको मुर्ती हो र उसले गरेको आदेश हामीले शिरोधार्य गर्नै पर्छ ।
अव भने यहाको नागरिक समाज,बुद्धिजिवी र मदिरा रहित समाज देख्न चाहनेले कदम उठाउनै पर्छ । रक्सी लगायतका मादक पदार्थले स्वास्थ्य र मानव जिवनमै पार्ने नकारात्मक असर वारे जनचेतना जगाउने अभियान अझै तिव्र पार्नु पर्ने देखिन्छ । हामीले युवा पुस्तालाई यस्तो कुलतबाट जोगाउन सके मात्रै सुन्दर र समृद्ध देशको सपना देख्न हामी सक्छौ । त्यसैले सवै मिलि यस्ता कुलतको विरुद्ध आवाज उठाऔ । यो समयको आवश्यक्ता हो ।

Be the first to comment on "मदिरा र विसर्जन"

Leave a comment

Your email address will not be published.

*