हेल्प मधेशीको सहयोग निरन्तर जारी ,कतारमा मृत्यु भएका खत्वेका परिवारलाई आर्थिक सहयोग

20160930_094401

जलेश्वर,असोज १४ गते ।
कतारमा कार्यरत मधेशीहरुको समुह हेल्प मधेशीले आफ्नो सहयोगी कार्यहरुलाई निरन्तरता दिदै महोत्तरीको मनरा २ हाल ईटहर्वाकटटी ६ भोल्हीमा बसोवास गर्दै आएका बद्री मण्डल खत्वेका परिवारलाई आर्थिक सहयोग गरेको छ । प्रेस मन्चका केन्द्रिय प्रतिनिधी तथा भुमि साप्ताहिकका कार्यकारी सम्पादक रंजन भण्डारी तथा आयोनका केन्द्रिय सचिव एवं शान्ति तथा विकासका लागि युवा संजालका सल्लाहकार सत्येन्द्र यादवले संयुक्तरुपमा खत्वेका परिवारलाई हेल्प मधेशीले पठाएको सहयोग राशी रु ३२ हजार १३५ हस्तान्तरण गरेका छन । 20160930_094401
गत महिना मात्रै कतारमा राती सुतेकै अवस्थामा मृत्यु भएका खत्वेका ६ छोरी र १ छोरा रहेको तथा आर्थिकरुपले उनी निक्कै विपन्न हुदा हाल उहाको परिवारलाई हातमुख जोर्न समेत समस्या परेकोले कतारबाट हेल्प मधेशी समुहले एक एक रुपया सहयोग उठाई सो रकम पठाएका थिए । खत्वेका दुई छोरीको विहे भैसकेको र अन्य एक छोरी विहे गर्न योग्य भैसकेको तथा अन्य छोरीहरु अहिले घरमै रहेको र छोरा सुरज अहिले मनरा स्थित सामुदायिक विद्यालयको कक्षा ३ मा अध्ययनरत रहेका छन । मृतक खत्वेकी श्रीमति लिला देवीले हेल्प मधेशी समुहले आर्थिक अवस्था नाजुक भएको वेला गरेको सहयोग अविस्मरणिय भएको भन्दै धन्यवाद दिएकि थिईन । 20160930_094329
यता रकम हस्तान्तर गर्ने वेला उपस्थित स्थानिय बुद्धिजिवी र नागरिक समाजले खत्वेका छोरालाई निशुल्क पढने व्यवस्था तथा छोरीहरुलाई सिलाई कटाई तालिम तथा सो परिवारलाई अन्य सहयोगको लागि समेत प्रयास गर्ने बताएका थिए । रकम हस्तान्तरण कार्यक्रममा ईटहर्वाकटटी प्रहरी चौकीका प्रमुख असई सुनिल यादव र ईटहर्वाकटटी शसस्त्र प्रहरी पोष्टका प्रमुख प्रहरी निरिक्षक एएम अधिकारी समेत उपस्थित रहेका थिए । यस्तै रकम हस्तान्तरण वारे जानकारी पाएका जनपद र शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक द्घय जनक भटटराई र प्रकाश थापाले पत्रकार रंजन भण्डारीलाई फोनमा कुरा गर्दै हेल्प मधेशीको काम सराहनिय भएको भन्दै धन्यवाद दिएका थिए ।20160930_094305

Be the first to comment on "हेल्प मधेशीको सहयोग निरन्तर जारी ,कतारमा मृत्यु भएका खत्वेका परिवारलाई आर्थिक सहयोग"

Leave a comment

Your email address will not be published.

*