मन्दिर र राजनिति (विचार)

रंजन भण्डारी
ranjan bhandariभनिन्छ मन्दिर शान्ति र मुक्तीको स्रोत केन्द्र हो । हाम्रो जिवनमा परेका वाधा अडचन र अप्ठयाराहरु हामी उनै भगवानको सामनेमा राख्छौ र त्यसबाट मुक्तीको लागि बिन्ती र प्रार्थना गर्छौ । मानसिक शान्तिको लागि उनैको मन्दिर परिसरमा वसेर ध्यान गछौ र आफ्ना सवै दुःख पिडा उनैलाई सुम्पेर आत्म सन्तुष्टि प्राप्त गर्छौै । तर जव हामी आफ्नै स्वार्थ पुर्तीको लागि उनै भगवानको नाममा राजनिति गर्न थाल्छौ त्यस वेला भगवान पनि आफ्नै सृजनाको कृती हेरेर हैरान हुन्छन ।
कुनै वेला अंचलकै मुख्य केन्द्र जहा राणाहरुको सवै कार्यालयहरु अवस्थित थियो तर हाल जिल्लाको सदरमुकाममा मात्र सिमित रहेको छ । हो त्यही जलेश्वर जहा विश्वमै एकमात्र जलगुफामा शिवजी विराजमान छन । सोच्दा अपत्यारिलो लाग्ला विश्वमै एकमात्र जलगुफामा विराजमान शिवजीको नगरीको विजोग देखेर । हुनतः यस्तो धार्मिक महत्व बोकेको नगरी आज स्वर्ग झै सुन्दर र धनले भरिभराउ हुने थियो तर त्यसो हुन सकेन । उनकै्र नगरीमा वसोवास गर्ने उनकै वालकहरु यो मेरो र त्यो पनि मेरो भन्ने मनस्थिति बोकेर जलेश्वरको विकास भन्दा पनि विनाश मै लागे । क्षणिक राजनितिक र व्यक्तिगत स्वार्थ सिद्धीको लागि उनै भगवानलाई वेच्नसम्मको लागि कसरत गरिरहे र गर्दैछन पनि ।
प्रसंग सानो छ जलेश्वरनाथ महादेव मन्दिर र जलेश्वर नगरीलाई सौन्दर्यीकरण गरि जलेश्वरनाथको धार्मिक महत्वलाई देश विदेशमा पुर्याई यसलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नु । सुन्दा राम्रो लाग्छ जलेश्वर अव पहिलेको जस्तो फोहोर,दुर्गन्ध र थोत्रो सडक भएको ठाउ नभई शिवजीको मन्दिरलाई मुख्य दार्शनिक स्थलको रुपमा विकास गरि पुर्णरुपमा पर्यटकिय स्थलको रुपमा विकास हुने कल्पनाले । तर सम्भवतः यहाका स्थानिय जनता,राजनितिक दल र सरोकारवाला सरकारी कार्यालयहरुको मनस्थिति त्यसतो छैन । सवै विकासको साटो आफ्नै रोटी सेक्नमा व्यस्त छन ।
भगवानलाई कसैको सहयोगको आवश्यक्ता छैन उनी आफै सर्वशक्तिमान हुन । सहयोगको आवश्यक्ता छ त हामी परनिर्भर प्राणीलाई । मन्दिरलाई सौन्दर्यीकरण र पर्यटकिय क्षेत्रको रुपमा विकास गरि हामी आफ्नो विकास गर्न खोजेका छौ न कि भगवानको । यसैको लागि जलेश्वरनाथ महादेव मन्दिरको व्यवस्थापन र सौन्दर्यिकरणको लागि हामीले नै विभिन्न समिति र उपसमितिहरु निर्माणको प्रकृया अगाडी वढायौ र बनायौ पनि । ति समिति र उपसमितिहरु बनाएर हामीले निश्वार्थ रुपमा भगवानको कति सेवा गर्न सक्यौ भन्ने मुल्यांकन हामी आफैले गर्नु पर्ने हुन्छ ।
जलेश्वर नगरपालिका,पुरानो मन्दिर व्यवस्थापन समिति र स्थानिय जनता तथा केहि स्वघोषित राजनितिकर्मी र वास्तवमै जलेश्वरनाथ मन्दिरको विकास गरि स्थानियहरुको भविष्य उज्जवल पार्न चाहने शुभेच्छुकहरु विचको द्वन्द अहिले चर्चाको विषय बनेको छ कुनै पत्रिकाले प्रकाशित गरेको समाचार,सुचना तथा जनतालाई सचेत गराउने सामग्री उपर टिकाटिप्पनी गर्न आचारसंहिताले अनुमति दिन्छ दिदैन,कुनै पत्र पत्रिकाले जनतालाई कुनै विषय वस्तुको वारेमा सुसुचित गर्न पाउछ वा पाउदैन लगायतका यावत कुराहरुको कानुनी आधार छदाछदै पनि खण्डनहरु प्रकाशित हुनु कुन पत्रकारिता हो मैले अझै वुझ्न सकेको छैन । जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चैोधरीले अाफुले  ति सामग्री प्रकाशन गर्न नदिएको भनी अर्का पत्रकारलाइ  दिएको झुठो वयानले समेत समाज र जनता प्रतीको उनको जवाफदेहिता प्रति प्रश्न उठाएको छ ।  पत्रकार र उनी विचको केहि तिक्तता वा अन्य   के कति कारणले उनले त्यसतो बयान  दिएका हुन त्यो उनी दुवै विचको कुरा हो तर सार्वजनिक रुपमा हाकिमले झुठ बोल्नु निश्चय पनि गलत हो ।  समाजमा पत्रकारहरुलाइ अापसमै अल्झाएर अाफ्नो स्वार्थ पुर्ती गर्नेहरुको समेत उपस्थिती रहेकोले समेत हामी सतर्क रहनु पर्ने देखिन्छ ।
यता व्यवस्थापन समिति गठन प्रकृया वारे चर्चा परिचर्चा गर्दा मन्दिर व्यवस्थापन समिति गठन प्रकृयामा भएका अमर्यादित र अव्यवहारिक तथा कानुन विपरितका कार्यहरु भएको देखिएकै हो । छलफल गर्न भनी वसेको वैठकमा विभिन्न व्यक्तिले आफ्नो राजनितिक रोटी सेकेकै हुन । मन्दिर व्यवस्थापन समिति गठन गर्न वसेको भेलामा आफुले यो गरे आफुले यो गरे भनेर वाह वाही लुट्न खोज्नेहरुको समेत कमि देखिएन । मैले बुझे अनुसार कुनै वैठकमा कुनै समिति या उपसमिति गठन गर्न वहुमतले समर्थन गरेको व्यक्ति नै कुनै पदको लागि योग्य हुन्छ । तर भाद्र ४ गते जलेश्वर नगरपालिका परिसरमा भने त्यो देखिएन । वहुमत जुटेक ो अवस्थामा समेत निर्वाचन प्रकृयामा जाने भनी राजनितिक खेल खेलियो । हो त्यही ठाउमा हाकिमले सहि गर्यो या गलत गर्यो भने ति हाकिम विरुद्ध आम जनसमुदायले अदालतमै उजुरी लगाउन सक्छन तर सो नभई सार्वजनिक रुपमै भददा गाली गर्नु अनुचित थियो ।
हो मन्दिर धार्मिक स्थल हो र भगवानको लागि सवै भक्त वरावर हुन । उनको सेवा गर्न सवैले समानरुपमा पाउनु पर्छ तर मन्दिर कसले राम्ररी चलाउन सक्छ र उसमा मन्दिरको ईतिहास र महत्वको वारेमा ज्ञान छ वा छैन साथै मन्दिर सौन्दर्यीकरण गर्ने वेलामा मन्दिरको मौलिकता र महत्वमाथी समेत विशेष ध्यान पुर्याउनु पर्ने हुदा सर्व सहमतिले त्यसता योग्य र ईमान्दार व्यक्तिको खोजी गर्नु हामी सवै आम नागरिकको दायित्व हो । यसैले निर्वाचन प्रकृया भन्दा पनि मन्दिर र जलेश्वरको लाज बचाउन सहमतिय प्रकृयाबाट समिति गठन गरौ । यो नै पछिल्ला सवै विवादको समाधान हो भन्ने बुझौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *