विषादी सेवन गरि महिलाको मृत्यु

20160822_162154

रंजन भण्डारी
जलेश्वर,भाद्र ६ गते ।
महोत्तरीको गोनरपुरा गाविसमा विषादी सेवन गर्दा एक महिलाको मृत्यु भएको छ । गोनरपुरा गाविस वडा नं. ८ हरि गोरीगमा गाँउ वस्ने राम जानकी गिरी(गोसाई)को कान्छी श्रीमति वर्ष २३ की संजिरा गिरीको आईतवार साझ विषादी सेवनबाट मृत्यु भएको हो । उनको उपचारको क्रममा अंंचल अस्पताल जनकपुर लग्ने वेला बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ।20160822_162154
जेठी श्रीमति सुवो देवी गोसाई घाँस काटन खेतमा गएको वेला संंजिराले विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा छरछिमेकले बताएका छन । राम जानकीका जेठी श्रीमति घास काटेर फर्किदा कान्छी श्रीमति विषादी सेवन गरि छटपटाउदै गर्दा छरछिमेकीको सहयोगमा जिपमा राखी उपचारको लागी लाने क्रममा वदिया वन्चौरी स्थित सडकमै जिपको चक्का हिलोमा फसेकोले समयमै उनको उपचार हुन नसक्दा उनको मृत्यु भएको स्थानियले बताएका छन ।
शव पोष्टमार्टम पछि आफन्तलाई बुझाई सकिएको छ भने थप अनुसन्धान भैरहेको प्रहरीले जनाएका छन ।

Be the first to comment on "विषादी सेवन गरि महिलाको मृत्यु"

Leave a comment

Your email address will not be published.

*