भुण्डिएको अवस्थामा एक भारतियको शव फेला

hanging

रंजन भण्डारी
जलेश्वर,भाद्र ६ गते । hanging
महोत्तरी जिल्लाको डाम्हीमडै गाविसमा सोमवार बिहान झुण्डिएको अवस्थामा एक भारतीय नागरिकको शव फेला परेको छ ।भारत विहार राज्यको सीतामढी जिल्लाको सिरसिया बस्ने ५५ वर्षीय रामस्नेही सदा केही दिन अघि देखि डाम्हीमडै गाविस–९ रानी रतवारास्थित आफ्ना भिनाजु बिजो सदाको घरमा वस्दै आएका थिए ।

आईतवार विहानै गाउ जान्छु भनी हिँडेको सदा आज बिहान घाँटीमा धोतीको पासो लगाई निमको रुखमा झुन्डिएको अवस्थामा फेला परेको उनका भिनाजु बिजो सदाले बताए ।प्रहरीले घटना स्थलको मुचुल्का उठाई शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल ल्याएको छ । यता प्रहरी उपरिक्षक जनक भटटराईले घटना रहस्यमय देखिएकोले अनुसन्धान पछि मात्र वास्तविकता भन्न मिल्ने जनाएका छन ।

Be the first to comment on "भुण्डिएको अवस्थामा एक भारतियको शव फेला"

Leave a comment

Your email address will not be published.

*