उनीहरु डाका पो रहेछन

20160626_151453

रंजन भण्डारी
जलेश्वर,असार १३ गते ।
पर्सा देवाड १ स्थित सडकमा ५÷६ जना हतियारधारीको समुहले शनिवार राती ९ः३० बजे गौशाला १० का कालीया भन्ने भविछन महतोलाई लुटेर भाग्ने क्रममा सोहि समुहबाट २ जना हतियार सहित श्रीपुर ७ को सडकमा पक्राउ परेको प्रहरीले प्रस्ट पारेको छ । आईतवार देखि नै विभिन्न समाचार माध्यममा गौशाला प्रहरीलाई उदृत गर्दै अपुस्ट खवरहरु आईरहेको वेला प्रहरीले सो प्रस्ट्याएका छन । 20160626_151453जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार निज महतोबाट अपराधीहरुले हतियार देखाई नगद रु.५५,०००।–, चाँदीको ब्रास्लेट , सुनको हनुमानी,मोवाईल थान २ लुटेर भागेकोमा सो समुह मध्ये दुई जना प्रहरी नियन्त्रणमा आएपनि लुटिएको सामान लिएर अरु अपराधी भाग्न सफल भएका छन ।
प्रहरीले काठको विड भएको कटुवा पेस्तोल एक थान,सो मा प्रयोग हुने गोली एक थान,चक्कु एक थान,फलामको रड एक थान,टर्च र सौफी रक्सीको पाउच सहित भारत जिल्ला सितामाढी थाना बेला ग्राम पंचायत बेथा वडा नं.५ बस्ने बर्ष ३० को अनवारुल साह र श्रीपुर २ वस्ने वर्ष ४१ का वकिल साहलाई शनिवार राती नै नियन्त्रणमा लिई आईतवार जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । जिप्रकाले डाँका र हातहतियार मुद्दामा अनुसन्धानको लागि अदालतबाट सात दिनको म्याद लिएर उनीहरुसंग सोधपुछ सुरु गरेको छ । 20160626_154419
महोत्तरीमा केहि महिना देखि प्रहरी सकृय भई आपराधिक कृयाकलाप गर्नेहरु उपर कडा निगरानी राख्दै आएको छ । सोहि निगरानीका कारण पोखरभिन्डाबाट हतियार सहित ६ भारतिय र एक नेपाली तथा सुन्दरपुरबाट हतियार सहित एक नेपालीलाई समेत नियन्त्रणमा लिएको छ । भारतको सिमासंग जोडिएको महोत्तरीका अधिकांश गाविसहरुमा आपराधिक तत्वहरु हुन सक्ने सम्भावना रहेकोले समेत सिमाक्षेत्रमा पर्ने प्रहरी चौकी र ईलाका प्रहरी कार्यालयहरु त्था शसस्त्र प्रहरीको चेकपोष्ट र क्याम्पहरुलाई विशेष निगरानी राख्न जिल्लाका दुवै शुरक्षा निकायका प्रमुखहरुले निर्देशन दिएका छन ।

Be the first to comment on "उनीहरु डाका पो रहेछन"

Leave a comment

Your email address will not be published.

*