करोडौ राजश्व उठाउने भिठामोड जनकपुर सडकमा फासी मांग्दै स्थानियहरु

१. नई चाही टिभी,दम्मा नई चाहि खासी बनि अपाङ्ग नई घुटीघुटी मरब,एकहिवेर ददिया फासी ।
२. सडक बनाउ या फासी देउ सिस्ताबन्दीमा मृत्यु चाहिदैन ।

रंजन भण्डारी
जलेश्वर वैशाख, २१ गते ।

bhansar
वार्षिक ७० देखि ७२ करोड राजश्व उठाउने भिठामोड नाका जोडने भिठामोड जनकपुर सडक विगत दशौ वर्ष देखि जर्जर र धुलाम्य हुदा स्थानियहरु सास्ती भोग्न बाध्य छन । भिठामोड नाकाको राजश्वको मुख्य श्रोत पेट्रोलिय पदार्थ रहेकोमा जर्जर सडकमा पेट्रोलियम पदार्थको सवारी गुड्दा कुनै दिन त्यसता प्रज्वलनशिल सवारी साधनहरु दुर्घटनाग्रस्त भई ठुलै क्षति हुन सक्ने सम्भावनालाई समेत नकार्न नसकिने स्थानियहरु बताउछन । भन्सार श्रोतका अनुसार वार्षिक अर्वाै राजश्व उठन सक्ने सम्भावना वोकेको भिठामोड नाका जर्जर सडककै कारण दैनिक सरदर २५ देखि ३० लाख,मासिक ७ /८ करोडमात्र राजश्व उठाउन सकेको बताउछन । उनी भन्छन सडकको अवस्था सुध्रिदिएको भए अन्य धेरै नाकाहरुलाई उछिन्न सक्ने सम्भावना हुन सक्थ्यो तर सडक कै कारण सो सम्भव छैन ।
यता उक्त सडकमा यात्रा गर्ने यात्रुहरु दिनहु दुर्घटनामा पर्नुका साथै धुलोले स्वास प्रस्वास सम्बन्धि विभिन्न रोगका सिकार भई कमाईको तिन भाग डाक्टर र औषधीमा खर्च गर्न बाध्य छन भने कतिको त धुलो कै कारण विरामी परी ज्यान समेत गएको स्थानिय अस्पतालहरुको रेकर्डले देखाउछ ।
सडक आन्दोलनमा उत्रे स्थानियहरु

20160502_100013 20160502_100429
भनिन्छ सहनशिलताको पनि सिमा हुन्छ र त्यो सिमा टुटेपछि आक्रोशको राको देखिन्छ । अहिले त्यही आक्रोशको राकोहरु देखिन शुरु भएको छ भिठामोड जनकपुर सडकमा । नई चाही टिभी,दम्मा नई चाहि खासी बनि अपाङ्ग नई घुटीघुटी मरब,एकहिवेर ददिया फासी र सडक बनाउ या फासी दिय सिस्ताबन्दीमे मृत्यु नई चाही भन्दै सडकमै यसरी फासी मांग्दैछन पिडितहरु । सडकको दुरावस्थाले राजश्वमा कमि,यात्रीहरु जोखिममा परि यात्रा गर्न विवश हुनु जस्ता समस्याले गर्दा स्थानियहरु सुन्दर अभियानको अगुवाईमा सडकमा ओर्लेका हुन । सुन्दर अभियानको अगुवाईमा दैनिक विहान ९ः३० देखि १०ः३०सम्म एकघन्टा सडकका विभिन्न खण्डहरुवाट चक्काजाम गरिन्छ र विभिन्न कविता र वक्त्तव्यले सरकारको ध्यानाकर्षण गराउने प्रयास गरिन्छ । आईतवार पिपरा र सोमवार जलेश्वर १५ प्रकौली चोकमा सफलता पुर्वक चक्काजाम गरिसकेको सुन्दर अभियन्ताहरुले मंगलवार सहोडवा र सो पछि सोहि सडकको अन्य भागबाट समेत चक्काजाम गरि सरकारको ध्यानाकर्षण गराउने अभियन्ताहरु बताउछन ।
सडक निर्माण प्रकृया विगत र वर्तमान

road 3
पहिलेको महेन्द्र राजमार्गलाई हुलाकी मार्गमा राखिएपछि हाल जर्जर अवस्थामा रहेको सडकको निर्माण प्रकृया सडक जस्तै जर्जर रहेको छ । केहि वर्ष अघि मात्र धेरै प्रयासपछि भारतकै लगानीमा एक भारतिय कम्पनीले १८.५६ किलोमिटर फोर लेन सडक निर्माण गर्ने जिम्मा लिएपनि ५ देखि ६ प्रतिशत मात्र काम सकेको सो कम्पनी भाग्दा समस्या वलझेको हो । कम्पनी काम गर्न नसकेपछि भारतको लगानीमा नेपाली ठेकेदारहरुले सडक निर्माण गर्ने निर्णय भएपछि पुनः सडकको सर्वे भएर मिति ०७२।४।१२ गते टेण्डर आव्हान गरियो । ( याे लि‌ंक हेर्नुहाेस । ) ।  टेण्डर निस्केपछि दुई नेपाली ठेकेदार कम्पनी सडक बनाउन छनौट समेत गरिए तर सम्झौता अझै हुन नसक्दा सडक निर्माणको काम अडकिएको हो । श्रोतका अनुसार भारतले सडक अनुगमनमा आफ्नो मान्छे हुनुपर्ने भनेपछि कुरा बल्झेको बताउछन । सडक कै दुरावस्थाका कारण अकालमै ज्यान गुमाउनेहरुको संख्या उल्लेख्य रहेकोमा भारत र नेपाल विच यावत कुरामा अन्यौलता उत्पन्न भएपछि सडक निर्माण अलपत्र परेको हो । गत वर्ष समेत सुन्दर अभियानका अभियन्ताहरुले सडककै लागि आन्दोलन गर्दा सडक डिभिजन तथा अन्य विभिन्न निकायवाट समेत प्रतिवद्धता जनाईए काम सुरु हुन सकेन ।
बस व्यवसायीको आफ्नै पिडा
बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले जम्मा ५४ वटा बस जनकपुर भिठामोड मार्गमा संचालनमा रहेको र सडककै कारण जस्तोसुकै फिटनेस पास भएर आएको गाडीको सडकमा गुडेको केहि दिनमै पत्ती भाचिने,टायरको ग्रिप खराव हुने,तेल बढी खाने तथा बसको बडी पुर्न क्षतिग्रस्त हुने गरेको बताउछन । खराव सडककै कारण हालैमात्र एकजनाको बस दुर्घटनामा मृत्यु समेत भएकोमा अव सडक भने गाडी कुदाउने अवस्थामा नरहेको बताउछन ।

20160428_151427
आन्दोलनकारीहरुले महोत्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादव मार्फत प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाईसकेको अवस्थामा सरकार अझैपनि संवेदनशिल नभईदिए सडक उपभोक्ताहरुले आन्दोलन अझै चर्काउने र यसवाट हुने क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *