जिल्लामा मच्छरको आतंक, नगरपालिकामा मच्छर मार्ने औषधीको म्याद नाघेर डिस्पोज को प्रतिक्षामा

20160412_170435

रंजन भण्डारी
जलेश्वर,वैशाख २ गते ।
सदरमुकाम लगायतका क्षेत्रमा मच्छरले आतंक मचाईरहेको वेला जलेश्वर नगरपालिका कार्यालय परिसरमा दर्जन भन्दा वढी मच्छर मार्ने औषधीका ड्रामहरु म्याद सकेर डिस्पोज हुने प्रतिक्षामा रहेको छ । २०६८ सालमा स्थानिय राजनितिक दलको प्रयासमा हेटौडावाट ल्याईएको सो औषधी छर्कन नगरपालिका गैर जिम्मेवार भैदिदा यो अवस्था आएको हो ।
नगरपालिका परिसरमा रहेका ति औषधी मध्ये केहि ड्राम खुलेको अवस्थामा रहेकोले सो वाट निस्कने विशालु ग्यासले उक्त कार्यालयमा काम गर्ने कर्मचारीहरुको स्वास्थ्यमा समेत असर पारिरहेको कर्मचारीहरुको गुनासो छ । हुनतः ०७०।७१ आर्थिक वर्षमा ल्याईएको औषधी स्वास्थ्यसंग समन्वय गरि नगरपालिकाको जनशक्ती लगाएर छर्किएको थियो सो मध्ये पनि बाकि रहेको औषधी पछि छर्कने भनि महोत्तरी क्लवमा राखिएको थियो तर हाल महोत्तरी क्लवमा सो औषधी नरहेको एक स्थानिय बताउछन । 20160412_170435
जिल्ला स्वास्थय प्रमुख मनिष पाण्डेयका अनुसार म्याद गुज्रिसकेको औषधी सुरक्षित स्थानमा सक्दो चाडो डिस्पोज गर्नुपर्ने हो तर नगरपालिकाले अझै सो को लागि समन्वय नगरेको बताउछन । साथै लामखुटटेको औषधी फेलसिपेरम मलेरिया वा कालाजारका रोगी फेला परेको स्थानमा मात्र स्वास्थ्य विभागले दिने भएकोले हाल जिल्लामा सो रोगी नभेटिएकोले औषधी छर्कने सम्भावना नरहेको बताउछन ।

Be the first to comment on "जिल्लामा मच्छरको आतंक, नगरपालिकामा मच्छर मार्ने औषधीको म्याद नाघेर डिस्पोज को प्रतिक्षामा"

Leave a comment

Your email address will not be published.

*