सामाजिक मेलमिलापबाट द्वन्दमा न्यनिकरण

11059757_1117441734974140_7258475570683852053_n

भुमि समाचारदाता,जलेश्वर ।
हाम्रो समाजमा हुने फौजदारी वाहेकका विभिन्न मुद्दा मामिला गाउ र नगर स्तरमै सामाजिक मेलमिलाप केन्द्रबाट मिलाउन सकिने र त्यसले अदालतसम्मै पुग्नु पर्ने वाध्यता निर्मुल भएको एक कार्यक्रमविच वक्ताहरुले बताएका छन । सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा,प्रहरी नायव उपरिक्षक विनोद सिलवाल,जिल्ला अदालतका श्रेष्तादार भोजराज वस्नेत लगायतका विशिष्ट व्यक्तिहरुको विशेष आतिथ्य र जिल्ला विकास समितिका शैलेन्द्र पाण्डेयको अध्यक्षतामा वसेको सामुदायिक मेलमिलाप समन्बय समितिको समिक्षा वैठकमा सो भनिएको हो । 11059757_1117441734974140_7258475570683852053_n
त्यसतै माण्डवीका कार्यक्रम निर्देशक चन्दन मिश्रले विभिन्न प्रकारका हिंसा,झैझगडा तथा घरायसी मतभेदहरु सामाजिक स्तरमै मिलाउदै आएका माण्डवीले हालसम्म ५९ घटना दर्ता गरि सो मध्ये ४८ मिलापत्र गराईसकेको तथा वाकि अझैपनि प्रोसेसमा रहेको तथ्यांक प्रस्तुत गरेका थिए । जग्गा विवाद,कुटपिट,पैसा लेनदेन,घरेलु हिंसा लगायतका मुद्दाहरु विशेष रुपमा आउने गरेको बताउदै निर्देशक मिश्रले संस्था त्यसता घटनाहरु सामाजिक स्तरवाटै न्याय संगत समाधान गर्न प्रतिवद्ध रहेको बताएका थिए । आस्था नेपालको आयोजना,युएसएडको सहयोग र माण्डवीको सहकार्यमा बथनाहा,सिस्वा कटैया,एकरहिया र पर्सापतैली गरि जम्मा ४ गाविसमा परियोजना संचालित छ ।

Be the first to comment on "सामाजिक मेलमिलापबाट द्वन्दमा न्यनिकरण"

Leave a comment

Your email address will not be published.

*