शस्त्र असई हत्याका तिनै अभियुक्त जेल चलान,विरोधमा जिल्ला अदालत तथा प्रधानमन्त्रीको पुतला दहन

जलेश्वर,चैत्र २ गते ।20160315_170925
जारी मधेश आन्दोलनका क्रममा भाद्र २५ गते मारिएका शसस्त्रका असई थमन वि.क.को हत्या अभियोगमा पक्राउ परेका तिनै जनालाई जेल चलान गर्दै जिल्ला अदालतले फरार भनिएका २५ जनाको विरुद्धमा पक्राउ पुर्जी जारी गरेको छ । वहसपछि न्यायाधिश किरण कुमार पोखरेलको एकल ईजलासले आगजनी मुद्दामा ४ हजार धरौटी तथा कर्तव्य ज्यान मुद्दामा कारागारमै राखि मुद्दा चलाउन आदेश जारी गरेका हुन ।20160315_171026
अदालतको आदेश आउनासाथ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र स्थानियहरुले आदेश को चर्को विरोध गर्दै नारा लगाएका थिए । न्यायाधिश र अदालत सरकारवाट संचालित भई एकपक्षियरुपमा आदेश जारी गरेको भन्दै उनीहरुले नारा लगाउदै दुर्गाचोकमा जिल्ला अदालत,प्रधानमन्त्री,गृहमन्त्री र न्यायाधिशको पुतला दहन गरेका छन ।20160315_172857

Leave a Reply

Your email address will not be published. Required fields are marked *