दोस्रो दिन पनि वहस जारी,गैरकानुनी गिरफतारीको विरोधमा धर्ना जारी

20160315_120935

रंजन भण्डारी
जलेश्वर,चैत्र २ गते ।
जारी मधेश आन्दोलनका क्रममा भाद्र २५ गते मारिएका शसस्त्रका असई थमन वि.क.को हत्या अभियोगमा पक्राउ परेका ३ जना तथा फरार भनिएका २५ गरि जम्मा २८ जनामाथी दायर गरिएको अभियोगपत्रमाथी आज दोस्रो दिन समेत वहस जारी रहेको छ । विहान ११ः३०मा सुरु भएको वहस भने आजै सकिने वा भोली पनि जारी रहने भन्ने सो साझ मात्र प्रस्ट हुने अधिवक्ता विकरु यादवले बताएका छन । यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको व्यानरमा पक्राउ परेका जलेश्वर २ निवासी प्रदिप साह माझी की श्रीमति,भाउजु तथा परिवारका अन्य सदस्य सहित मोहन ठाकुर र संजय कुमार साहका परिवार समेत गैरकानुनी गिरफतारी गरिएको भन्दै अदालत वाहिर धर्नामा वसेका छन । 20160315_120935
गिरफतार परेकाहरुका आफन्तले निर्दोष व्यक्तीहरुलाई समातेर सरकारले आफुहरुमाथी ठुलो अन्याय गरेको बताउदै निशर्त उनीहरुको रिहाईको मांग समेत गरेका छन । निर्दोष छ भने उनीहरुलाई अदालतले छोडिहाल्छन नि किन धर्नामा वस्नु पर्यो भन्ने प्रश्नको जवाफमा प्रदिप साह माझी कि भाउजु भन्छिन विगतमा महोत्तरीमा ६ जनाको हत्या यहि सरकारले गर्यो हाम्रो निर्दोष आफन्तलाई उनीहरु छोडिदिन्छन भनि कसरी विश्वास गर्नु ।
सोमवार मात्र ७ जना नेपाल वार एशोसिएसन महोत्तरीका अधिवक्ताहरुले वहस सकेका छन भने आज बांकि रहेका धनुषा र महोत्तरीका अधिवक्ताहरुले वहस गर्न सुरु भएको छ ।

Be the first to comment on "दोस्रो दिन पनि वहस जारी,गैरकानुनी गिरफतारीको विरोधमा धर्ना जारी"

Leave a comment

Your email address will not be published.

*