प्रहरीको कडा सुरक्षाका विच अदालतमा वहस सुरु

hatya aarop ma pakrau pareka haru
hatya aarop ma pakrau pareka haru

जिल्ला अदालत जलेश्वर भित्र हथकडी लगाइएका असइ हत्याका अाराेपीहरु

20160314_115112

जिल्ला अदालत जलेश्वरकाे मुल गेटमा प्रहरीहरु असइृ हत्याकाे मुद्दामा विशेष सुरक्षा दिदै

रंजन भण्डारी
जलेश्वर,चैत्र १ गते ।
महोत्तरीमा गत भाद्र २५ गते शसस्त्रका असई थमन विश्वकर्माको हत्या तथा एम्बुलेन्स आगजनी मुद्दामा पक्राउ परेका  ३ जना जलेश्वर न.पा.वार्ड नं. ३ मा बस्ने राम जतन साहको छोरा वर्ष २५ को संजय कुमार साह,
वार्ड नं. २ बस्ने मिश्री लाल माझीको छोरा वर्ष ३० को प्रदिप साह माझी र फुल्हटा प्रकौली वार्ड नं. ३ साविक हाल जलेश्वर न.पा. १७ बस्ने भोला ठाकुरको छोरा वर्ष ५५ को मोहन ठाकुर तथा फरार भनिएका २५ जना गरि कुल २८ जनामाथीको मुद्दामा अहिले जिल्ला अदालत जलेश्वरमा बहस सुरु भएको छ । आईतवार मात्रै वयान सकेपछि आज वहस सुरु भएको हो ।
वहसमा आन्दोलनकारीहरुको तर्फवाट नेपाल वार एशोसिएसन महोत्तरी तथा धनुषााका अधिवक्ताहरु वहस गर्ने भएका छन । जम्मा ३४ जना अधिवक्ताहरु रहेको महोत्तरी वारमा को को ले वहस गर्ने भन्ने वारे यकिन नभैसकेपनि महोत्तरी र धनुषा मिलाएर सम्भव भए ५० जना भन्दा वढीले वहस गर्न सक्ने वार एशोसिएसन महोत्तरीले जनाएको छ ।
यसै मुद्दालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले अदालत परिसर तथा वाहिर प्रहरीको कडा सुरक्षा घेरा हालेको छ । सम्भावित खतरालाई दृष्टीगत गर्दै प्रहरी सुरक्षा कडा पारिएको प्रहरी नायव उपरिक्षक विनोद सिलवालले वताए ।
अहिले अदालतमा वहस,पेशी लगायतका अतिआवश्यक काम भएकाहरु वाहेकलाई प्रवेशमा रोक लगाईएको छ ।
साथै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले समेत आफ्नो कार्यकर्ताहरु माथी झुठा मुद्दा लगाएको भनी जलेश्वर वजार बन्द गराएको छ भने ठाउ ठाउमा एक पक्षिय फैसला नगर्न व्यानर समेत लगाएको छ ।

Be the first to comment on "प्रहरीको कडा सुरक्षाका विच अदालतमा वहस सुरु"

Leave a comment

Your email address will not be published.

*