सशस्त्र प्रहरीको असई थमन विकको हत्या आरोपमा तिन पक्राउ

महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २ गते । मधेश आन्दोलनको क्रममा महोत्तरी जिल्लामा भाद्र २५ गते हत्या गरिएको सशस्त्र प्रहरीका असई थमन विकको हत्याको आरोपमा प्रहरीले तिन जनालाई पक्राउ गरी आईतबार सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएकाहरुमा जलेश्वर ३ निवासी २५ वर्षिय संजय कुमार साह,जलेश्वर २ का ३० वर्षिय प्रदिप साह माझी र फुल्हटटा प्रकौली गाविस ३ हाल नगरपालिका वडा नं. १७ का मोहन ठाकुर रहेका छन । उनीहरुले आरोप नस्विकारेपनि अनुसन्धानवाट उनिहरुको नाम आएकोले समातिएको प्रहरी उपरिक्षक जनक भटटराईले बताएका छन । जिल्ला अदालतवाट ५ दिनको म्याद थपी अनुसन्धान जारी रहेकोले थप कतिजना यसमा पक्राउ पर्ने भन्ने वारे अहिल्यै भन्न नमिल्ने प्रहरी उपरिक्षक भटटराईले जनाएका छन ।​

Leave a Reply

Your email address will not be published. Required fields are marked *