मधेशी मोर्चा पुर्नःगठनः जेपी गुप्ताबाहेक तीन अध्यक्ष आए मोर्चामा

madhesi

काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा जयप्रकाश गुप्ताको तराई मधेश राष्ट्रिय अभियानबाहेका अरु तीन दल समेत सहभागि हुने भएको छ ।तराई मधेश लोकतान्त्रिक पार्टी कार्यालयमा आज बसेको बैठकले संघीय समावेशी मधेशी गठबन्धनका ती तीन दललाई सहभागि गराउने निर्णय भएको छ । madhesiतराई मधेश राष्ट्रिय अभियान गैर संसदीय दल भएकाले त्यसलाई मोर्चामा सहभागि नगराउने सहमति गर्दै अन्य तीन दल शरतसिह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिकलाई सामेल गराउने निर्णय भएको छ । यसअघि गुप्तासहितका यी तीन दलको आफ्नो गठबन्धन थियो र गठबन्धनको मार्फत आन्दोलन गर्दै आएका थिए । गठबन्धनले अन्य दललाई मिलाएर महागठबन्धन बनाउने प्रस्ताव गर्दै आइरहेको थियो तर, मोर्चाका नेताहरुले जेपी गुप्तासहितको मोर्चा बनाउन नसकिने भन्दै आइरहेका थिए । पुनःगठित मोर्चाको घोषणा भोलि ३ बजे बस्दैछ । तमलोपाको कार्यालयमा बसेको बैठकमा मधेशी मोर्चाको तर्फबाट सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमलोपाका उपाध्यक्ष ह्रदयश त्रिपाठी, तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव हुनुहुन्थ्यो भने मधेशी गठबन्धनको तर्फबाट नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र राष्ट्रिय मधेश सद्भावना पार्टीका प्रवक्ता केशव झा थिए ।

साभार राताेपाटी

Be the first to comment on "मधेशी मोर्चा पुर्नःगठनः जेपी गुप्ताबाहेक तीन अध्यक्ष आए मोर्चामा"

Leave a comment

Your email address will not be published.

*