गोल नै नगरि उपाधी मदनपटटीको कव्जामा

20160210_170931

रंजन भण्डारी
जलेश्वर,माघ २७ गते ।
जलेश्वर रंगशालामा बुधवार भएको जिल्ला स्तरिय लिग फुटवलको फाईनल खेलमा गोल नै नगरि मदनपटटीको न्यु जेनेरेसन युवा क्लवले उपाधी हात पारेको छ । खेलको पहिलो हाफ मै रेफ्रीले हात्तीलेटका एक खेलाडीलाई पहेलो कार्ड देखाउदा हात्तिलेट टिमले रेफ्रीको विरोध गर्दै खेल वहिस्कार गरेकोमा निर्णायक टोलीले मदनपटटीलाई विजेता घोषित गरेको थियो ।20160210_170931
खेल समापन पश्चात जिल्ला फुटवल संघ महोत्तरीका अध्यक्ष प्रल्हाद साहले राष्ट्रिय टोलीका खेलाडी जलेश्वर निवासी रविन श्रेष्ठलाई सम्मान समेत गरेको छ । बंगबंधु कप जितेर विश्वमै देश र जन्मथलोको नाम उच्च गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

Be the first to comment on "गोल नै नगरि उपाधी मदनपटटीको कव्जामा"

Leave a comment

Your email address will not be published.

*