मदनपटटी फाईनलमा प्रवेश

रंजन भण्डारी
जलेश्वर,माघ २६ गते ।
जिल्ला फुटवल संघको आयोजनामा भैरहेको जिल्ला स्तरिय लिग फुटवल प्रतियोगिताको आजको सेमिफाईनल खेलमा मदनपटटी ८ को न्यु जेनेरेसन युवा क्लवले ३ विरुद्ध ५ गोल गर्दै शुक्रवार हुने फाईनल खेलमा प्रवेश पाएको छ ।
जलेश्वर ११ र मदनपटटी विच भएको खेलमा खेलको दोस्रो हाफमा दुवै टिमले पेनाल्टीमा एक एक गोल गरि खेल बरावरीमा राखेको थियो । ततःपश्चात दुई थप समय दिदा समेत दुवै टिमले गोल गर्न नसकेपछि पेनाल्टी शुटआउटमा जलेश्वर ११ ले २ गोल गरे भने मदनपटटीले ४ गोल ठोकेर फाईलनमा प्रवेश पाए ।20160209_155807
फाईनल खेल भने शुक्रवार हात्तिलेट वेंगावाडी र मदनपटटी विच हुने छ । आजको खेलको शोभा वढाउन राष्ट्रिय टोलीका रविन श्रेष्ठ समेत उपस्थित रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *