शान्ति तथा विकासको लागी युवा सञ्जालको मुल्यांकन कार्यक्रम सम्पन्न

रंजन भण्डारी
जलेश्वर,माघ ३ गते ।DSCN2425 DSCN2433
महोत्तरीको नैन्ही गाविस वडा नं ७ थरुवाही स्थित सरस्वती उच्च मा.वि.मा ग्लोबल पार्टनरशिप प्रोजेक्टको बालबालिका र युवाको समन्वयमा शान्ति स्थापना  सम्बन्धी भएको कार्यक्रमको मुल्यांकन सम्बन्धी दुई दिने कार्यक्रम सम्पन्न भएको छ । शान्ति तथा विकासका लागी युवा सन्जालका अध्यक्ष सुरेस ठाकुर,संयोजक र मुल्यांकनकर्ता अकबर अंसारी,कार्यक्रम संयोजक सत्येन्द्र यादव,मुल्यांकनकर्ताहरु सोहानी अधिकारी,सविता झा,अजय साह र कामिनी चौधरीको प्रत्यक्ष संलग्नतामा शुक्रवार र शनिवार आयोजना भएको छ ।
शुक्रवार नैन्ही युवा सेवा समितिको सहकार्यमा युवा, राजनितिकर्मी लगायतको सहभागितामा समय रेखा सम्वन्धी कार्यक्रम सम्पन्न भएको थियो भने शनिवार सरस्वती उच्च मा.वि. अन्तर्गतको बाल क्लवका २२ जना विद्यार्थीहरु सम्मिलित मुल्यांकन कार्यक्रम सम्पन्न भएको छ । DSCN2429 DSCN2439

Leave a Reply

Your email address will not be published. Required fields are marked *