महोत्तरीमा लैंगिक हिंसा समस्या र समाधानका उपाय

report_Rakesh2071-72 _1_-002

राकेशप्रसाद चौधरी
संचारकर्मी एवं समाजिक अभियंता
विषय प्रवेश ः जबरजस्ती, बल प्रयोग,बल, बलात्कार, साहस, प्रसभ, अत्याचार, आघात, जखम, हानि, चोटपटक, गैरकानूनी बल प्रयोग तथा सोको धाक देखाउने काम हिंसा हो । महिलाविरुद्धको हिंसा लैंगिकतामा आधारित हिंसाको प्रमुख प्रकार हो तर लैंगिकतामा आधारित हिंसा भन्नाले महिलाविरुद्ध हुने हिंसा मात्र होइन ।
खासगरि लैंगिक तथा महिलाको बारेमा विभिन्न परिभाषाहरु बाहिर ल्याएका छन् । हरेक परिभाषाले लिङ्गकै आधारमा महिलामाथि समाजिक व्यवहार फरक हुने गरेकोले यस क्षेत्रमा काम गर्नुपर्ने धारणा बाहिर ल्याएको छ ।
महिला विरुद्ध हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिंगको आधारमा हुने हिंसाजन्य कार्य हो, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्याँदछ वा पुर्याउने संभावना हुन्छ, जस अन्तर्गत त्यस्तो कार्य गर्ने धम्की, दबाव र स्वेच्छाचारी रुपमा महिलाको स्वतन्त्रतामा बन्देज समेत पार्दछ । महिला विरुद्ध भेदभाव उन्मुलन सम्बन्धी घोषणापत्र, १९९३ ।
लैंगिक हिंसा भन्नाले महिलाबिरुद्ध लक्षित त्यस्तो हिंसा हो , जो उनी महिला भएकै कारणले गरिएको हुन्छ वा त्यस्तो हिंसा जसले महिलालाई असमान असर गर्दछ । महिला विरुद्ध भेदभाव उन्म‘लन समितिको सिफारिस नं.१९ ।
महिला विरुद्धको हिंसा समानता, विकास र शान्तिको बाधक हो । बेइजिंग घोषणापत्र र कार्ययोजना , १९९५ ।
लैंगिकतामा आधारित हिंसा भनेको त्यस्तो साझा शब्द हो, जसको अर्थ व्यक्तिको इच्छाविरुद्ध हुने कुनै पनि पीडा पुर्याउने कार्य हो जुन महिला र पुरुषबीचको सामाजिक मुल्य मान्यता(जेन्डर)मा अधारित हुन्छ । अन्तर निकाय स्थायी समिति (ISAC)

Inter-America Convention on the Prevention, Punishment and Eradication of Violence Against Women, 1994 ले लैंगिक हिंसाको क्षेत्रलाई तीन किसिमले बाडेको देखिन्छ ।
 घरपरिवारभित्र वा घरेलु सम्बन्धभित्र वा व्यक्तिगत सम्बन्ध भित्र हुने हिंसा
 बजार , कार्यस्थल, शैक्षिक प्रतिष्ठान, स्वास्थ्य केन्द्र लगायतका सामुदायिक क्षेत्रमा हुने हिंसा
 राज्य वा राज्यको प्रतिनिधिद्वारा हुने हिंसा
समान्यतया हिंसालाई मात्रै केन्द्रित गरे तीन भागमा अध्ययन गर्न सकिन्छ ।
प्रत्यक्ष हिंसा ः आँखाले देख्न ,सुन्न सकिने ,श।रीरिक रुपले अनुभव गर्न सकिने । उदाहरणः गालीगलौज,कुटपिट,बलात्कार, काटमार,हत्या ।
सांस्कृतिक हिंसाः लैंगिक,जातिय,क्षेत्रीय,रंगका आधारमा गरिने हिंसा । उदाहरणः युद्ध,हिंसालाई धर्मको आडमा सही ठहर्याउने काम,द्वन्द्व,युद्धमा संलग्नमध्ये एक पक्षको प्रशंसा वा बिरोध,कुनै पनि माध्यमबाट फैलाइएको दुर्भावना निश्चित समुदायप्रतिको असहिष्णुता ।
संरचनागत हिंसा ः कुनै प्रणालीको सहयोगका आधारमा कसैको शोषण,कसैप्रति भेदभाव । यस्तो हिंसा सहनु नपरेका मासिनले जानेर वा नजानेर समान्य मान्छन् । उदाहरणः स्रोतको समुचित बाँडफाँड नह‘ँदा गरिवी,जातजाति र वर्गको आधारमा शोषण,भ्रष्टाचार,नातावाद ।
खासगरि महिलासँग जोडिएको घरेलु हिंसालाई शारीरिक, मानसिक, प्रथा÷परम्परागत , आर्थिक, यौनजन्य र सामाजिक हिंसा बाँडेर कारबाही गर्ने गरिन्छ । लैंगिक हिंसा पनि यो भन्दा फरक रहेको पाइदैन । लैंगिक हिंसाको कुरा गर्दा महिलाको मात्रै बढी कुरा आउने गरेको भन्दै पुरुष तथा अन्यमाथि हुने सम्बोधन गर्नुपर्ने माग उठेकै कारण कानूनले जूनसुकै मानिसमाथि लैंगिक हिंसा हुनसक्ने आत्मसात गरेको छ ।
महोत्तरीको अबस्थाः
महोत्तरी जनकपुर अंचलमा पर्ने भारतीय सीमानासँग जोडिएको जिल्ला हो । यहाँ मिश्रित बसोबास छ । धर्म समूदाय एवं जातजातिको आधारमा विशिष्ट परम्पराहरु रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस जिल्लाको जनसंख्या छ लाख २७ हजार ५८० रहेकोमा महिलाको संख्या तीन लाख ३६ हजार ५६४ छ । तसर्थ यस जिल्लामा महिलाको संख्या पुरुषको भन्दा केही बढेको देखिन्छ । क्षेत्रफलको हिसाबले १००२ वर्ग किलोमिटर रहेको यो जिल्लाको जनघनत्व ६२६ छ भने एक लाख ११ हजार ३१६ घरधुरी छन् । पाँच बर्षभन्दा माथिको साक्षरता दर ४६.४४ प्रतिशत रहेकोमा महिला ३६.५५ प्रतिशत मात्र साक्षरत रहेको देखिन्छ ।
जिल्लामा महिलाको जनसंख्या बढी देखिएपनि २०७१ पुसमसान्त सम्ममा पmोटोसहितको मतदाता नामावलीमा समावेश भएको कूल दुई लाख ७६ हजार १८५ मध्ये महिला एक लाख ३५ हजार ५५२ छन् । त्यस्तै समृद्धि दर २०६८ अनुसार महोत्तरी उच्चस्तर समृद्धि दर भएका जिल्लाहरुमध्ये १६ औं स्थानमा छ । यस जिल्लाको गरिवीको दर १६.२ छ ।
श्रम तथा रोजगार मन्त्रालयले गरेको एक अध्ययन अनुसार बैदेसिक रोजगारमा धनुषापछि सबैभन्दा बढी पुरुष कामदार पठाउनेमा महोत्तरी जिल्ला पर्दछ । यहाँबाट अधिकारिक बाटोबाट २००८÷०९ बाट सन् २०१३÷१४ सम्ममा ८२ हजार ८२९ पुरुष तथा एक सय ७८ महिला बिदेसिएका हुन् । बिदेश जाने तथा केही बर्षभित्रमा फर्किने क्रम भने रोएिको छैन् । मानव विकास सूचांक २०११ मा महोत्तरी जिल्ला ७५ जिल्ला मध्ये ६८ औं स्थानमा देखिएको छ ।
नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भे २०११ ले महिला तथा बालबालिकामा न्यून पोषण तथा रक्तअल्पत्ताको समस्या अधिक भएको देखाएको छ । पाँच बर्षमुनिका ४० प्रतिशत बालबालिका यसबाट ग्रसित छन् । त्यस्तै १० प्रतिशत बालबालिका कुपोषित देखिएका छन् ।
त्यस्तै लागूऔषध दूव्र्यसन गर्ने पुरुषहरुको संख्या बढ्ने तथा एचआईभीको संक्रमणको जोखिम उत्तिकै छ । जिल्लामा विभिन्न सरोकारबाट प्राप्त लैंगिक हिंसाको अबस्था यस्तो रहेको पाइन्छ ।report_Rakesh2071-72 _1_-002 report_Rakesh2071-72 _1_-003 report_Rakesh2071-72 _1_-004

मानवअधिकार संरक्षण केन्द्र, महोत्तरी तथा नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा महिनामा एक देखि तीन जना पीडित महिलाहरुले पहल गरिदिन बोधार्थ पत्र दिने गरेको । लैंगिक हिंसा बिरुद्ध राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय महिला आयोगमा समेत निवेदन पर्ने गरेपनि तथ्याङ्क उपलब्ध हुन सकेको छैन ।
विभिन्न सराकोरवाला कार्यालयबाट प्राप्त तथ्याङ्क हेर्दा महोत्तरी जिल्लामा लैंगिक हिंसाबाट प्रभावित रहेको रहेको देखिन्छ । हिंसा निवारण तथा पीडितको सहयोगका लागि विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयबाट कार्यक्रमहरु भइरहेको देखिन्छ । माथि प्रस्तुत तथ्याङ्कको बिश्लेषण गर्नु अगाबै पीडितहरुले निवेदन, उजुरी तथा मौखिक गुनाँसो गर्दा आइपरेको समस्याबारे चर्चा गर्नुपर्ने आवश्यक छ ।
लंैंगिक हिंसापीडितले सर्वप्रथम आफूमाथि हिंसा भएको खबर नजिकैको गाउँका भरभलादमी, राजनीतिकर्मीमा गर्ने गर्छन । त्यहाँबाट समस्या समाधान नभए प्रहरी चौकीमा जाने गरेको पाइन्छ । त्यहाँपनि समस्या समाधान नभए मात्रै जिल्लाका अधिकारकर्मी, प्रहरी तथा प्रशासन कार्यालय धाउने गर्छन ।
प्रहरी कार्यालयमा भन्दा महिलाहरु जिल्ला प्रशासन कार्यालय तथा महिला तथा बालबालिका कार्यालयमा निवेदन दिन सजिलो ठानेको देखिन्छ । जिल्ला प्रशासन कार्यालयमा न्याय पाउँ, कारवाही गरि पाउँ तथा शान्ति सुरक्षाका लागि यस बर्ष कून निवेदनमध्ये १४ प्रतिशत महिलाले दिएका छन् । प्रहरी कार्यालयमा धेरै सोधपुछपछि महिला तथा बालबालिका सेवा केन्द्रमा पहुँच हुने तथा त्यहाँबाट पनि यस्तो र उस्तो निवेदन लिएर आउनुहोस भन्ने झन्झट दिने अनुभव पीडितहरुले सुनाएका थिए ।
तथ्याङ्क विश्लेषण ः
जिल्लामा महिला हत्या तथा आत्महत्याले महिला सुरक्षामाथि प्रश्न उठाएको छ । यसबर्ष जबरजस्ती करणी(बलात्कार)को घटनामा केही कमी देखिएपनि सन्तोषमान्ने अबस्था छैन । महिलाहरु घरपरिवार र सार्वजनिक स्थानमा असुरक्षित भएको अबस्था देखाउँछ । सार्वजनिक अपराधका मुद्दाहरु महिलाको निवेदन बढी दर्ता हुनु पनि यसको प्रमाण हो । छाराछोरीमा असमान ब्यबहार, गाबिस बजेट बाँडफाँडमा असमान सहभागिताका निवेदनहरु नपरेपनि समस्या रहेको देखिन्छ ।
कानूनले अपराध सरह मानेपनि समाजिक दवाव वा प्रभाव अथवा चाहिनेभन्दा बढी संवेदनशिलताले बहुविवाह,बालविवाह, छुवाछुत, मुद्दाहरु मिलापत्र परेको पाइन्छ । धामीझाक्रीमाथि बिश्वास, मदिरा सेवनपछि महिलामाथि गरिने सार्वजनिक तथा घरेलु कुटपिट र हिंसाको घटनाहरु ग्रामिण क्षेत्रमा अध्याधिक रहेपनि सरोकारवालासम्म नपुगेको स्थिती विभिन्न सरोकारवालाकै तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगारीमा गएकाहरुको श्रीमतिमाथि परिवारकै सदस्य र अन्यद्वारा हिंसा तथा दाईजोकै कारण हत्या, लैंगिक हिंसा, अनमेल विवाह, बालबिवाहको समस्या छ ।
पहिला पहिला गरिबी भएकै कारण वालविवाह हुने गरेकोमा अहिले बैदेसिक रोजगारीबाट अधिक आम्दानी भएको कारणले सानै उमेर छोरीको विवाह गरिदिने प्रचलन बढेको देखिन्छ । त्यही बैदेसिक रोजगारमा गएका पुरुषहरुले पठाएको रकम दुरुपयोग गर्नु तथा अरुसँग भागेर विवाह गर्दा पुरुषहरु लैंगिक हिंसामा पर्ने गरेको बाहिरी चर्चाले केही यर्थाथता पाएको छ । अदालतमा यस सम्बन्धी केही मुद्दा चलिरहेको अबस्था छ । साथै झैझग्डा, बिवाह दर्ता, जन्मदर्तासहितका समस्याहरु देखिने गरिएको छ ।
महोत्तरी जिल्लामा २०५२ सालमा पहिलोपटक बोक्सी आरोप लगाइएको दुईवटा घटना सार्वजनिक भएदेखि नै यो घटना हुने क्रम रोकिएको छैन । पहिलो घटनाका पीडितहरु तीनबर्ष अगाडि मात्रै तीन÷तीन महिला कैद सजाय भोगेका हुन । दोस्रो घटना सदरमुकाम बाहिर भएको थियो । त्यस घटनामा उल्टै पीडित महिलाका छोरालाई प्रहरीले भरभलादमीमाथि आरोप लगाएको भन्दै तीन दिन थुनेर पंचायत गरि १० हजार रुपैया जरिवाना गराएको थियो । अहिले पनि अबस्था फरक छैन । दवाव पुगे मात्रै बोक्सी आरोपसम्बन्धी मुद्दा अदालतसम्म पुग्ने गरेको अबस्था छ । नत्र भने उजुरी नै दर्ता नहुने अबस्था मानवअधिकार संरक्षण केन्द्र, महोत्तरीको अध्ययनले देखाएको छ ।
त्यस्तै मानव बेचबिखनको पहिलो घटना २०६० सालमा सार्वजनिक भएको केही बर्षसम्म यस्तो घटना रोकिएकोमा पुनः यो घटना बढ्न थालेको हो । यस बर्ष २८ जना महिलालाई उद्धार गरिएको प्रहरीले दावी गरेको थियो । तथापि शंकाकै आधारमै यस्तो उद्धारको काम हुने देखिएको छ ।
जिल्लाकै उत्तरवर्ती क्षेत्रबाट बेश्यालयमा बेचिएकी युवतीले घरमा चिठी पठाएपछि उद्धार भएपनि तत्कालिन सरोकारवालाले खासै चाँसो लिएको थिएन । घरमा पठाइएको पत्र यस्तो थियो ……………….

महोत्तरीवासीको महिला हिंसाबारे धारणा(प्रतिशतमा)ः
 आजीवन हिंसा खेप्ने महिला ५३.२
 एक बर्षभित्रमा हिंसा खेपेकी महिला ३२.८
 हिंसाको जोखिम महसुस गर्ने महिला २६.८
 महिलाबिरुद्ध औपचारिक न्यायप्रणालीमा जाने सचेत महिला ७४.२
 महिला विरुद्ध विभेद र हिंसाको समस्या घटाउन भूमिका देख्ने पुरुषहरुको धारणा ९६
 औपचारिक न्याय प्रणालीको गुणस्तर बढाउन आफुले आवाज उठाउन चाहेको पुरुष ११
 पुरुष र महिलालाई समान महत्व दिइनु पर्छ भनी विश्वास गर्ने पुरुष ९८.२
 पुरुष र महिलालाई समान महत्व दिइनु पर्छ भनी विश्वास गर्ने महिला ९९.६
 सरोकारवालालाई घुस दिन सकिने, राजनीतिक दवावले प्रभावित पार्न सकिने विश्वास गर्ने महिला ९२.४
 सरोकारवालालाई घुस दिन सकिने, राजनीतिक दवावले प्रभावित पार्न सकिने विश्वास गर्ने पुरुष ९९
स्रोतः महिला तथा विभेद तथा हिंसालाई सम्वोधन गर्न नेपालमा न्याय क्षेत्र सुधार सम्बन्धमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय,कृपा र आइसीजेको सर्वेक्षण २०१३ ।
पीडित महिलाहरुमा दुई किसिमको विश्वास रहेको पाइन्छ । बिना पैसा काम हुँदैन अर्को महिलाको कुरामाथि पुरुष सरोकारवालाले विश्वास गर्दैनन । अधिकांश घटनामा सरोकारवालाले न्याय दिन नसकेको उदाहरण पनि पीडितहरुमा यस्तो धारणाको बिकास गरेको हुनुपर्छ ।
लैंगिक हिंसाका कारणहरु ः
लैंगिक हिंसाबारे विभिन्न अध्ययनहरु भएको पाइन्छ । तथापि अध्ययनभन्दा पहिला हिंसाका कारणहरु केलाउने प्रयास गरेको छु । रितिरिवाज, धर्म संस्कार, नकरात्मक सोच, बिभेदबिरुद्ध आवाज उठाउन नसकेर, पहुँच नभएर , अन्धविश्वास, चेतनाको कमी, गलत सोचाइ प्रमुख रहेको छ । यस्तो सोच लैंगिक नै हो जस्तो लाग्छ । सामाजिक, राजनैतिक, आर्थिक पह‘ँुचमा कमी, श्ौक्षिक अबस्था कमजोर भएपनि आर्थिक सम्पन्नताले समेत हिंसालाई निरन्तरता दिने गरेको, दाइजो आफैमा समस्या रहेपनि घट्ना पश्चात दाइजो कारणको रुपमा आउने गरेको, पाठेघर लगायत अन्य शारीरिक समस्या पनि शारीरिक अस्वस्थ्ताको कारण कै रुपमा आउने गर्दछ ।
परिवार नियोजन संघ नेपालले सन् २००५ मा गरेको एक अध्ययन अनुसार ४० प्रतिशत पुरुषले खाना जलाइदिएको, प्रतिप्रश्न तथा उल्टो जवाफ फर्काएको, नभनिकन बाहिर गएको, बच्चाको हेरचाह नगरेको तथा सम्बन्ध बनाउन आनाकानी गरेको कारण देखाएका थिए । त्यस्तै एसएनभी÷एसआईआरएफले सन् २००८ मा महोत्तरीमा गरेको अध्ययन अनुसार ९७ प्रतिशत महिलाको श्रीमानले मदिरा सेवनपछि हिंसा गर्ने गरेका छन् । हिंसा खेपेकीमध्ये ९७ प्रतिशतले कुनै कानूनी कारवाहीमा नगएको देखिएको थियो । प्रहरीमा उजुरी गर्दा पक्राउ गरि लग्दा र छोड्दा पुनः हिंसाको क्रम जारी रह्ने गर्दछ ।
मुस्लिम महिलाहरुले जति सुकै पीडा सहेपनि खोला नदिनु । पुरुषले तलाक दिएजस्तै महिलाले गर्ने पारपाचुकेलाई खोला भनिन्छ । बैदेसिक रोजगारमा रहेका पुरुषको श्रीमति सम्पति लिएरै अरुसँग जाँदा(विवाह गर्दा) थोरै पुरुष र उनका आफन्तले जारी मुद्दा दिनु । संंयुक्त राष्ट्रसंघ आवसीय तथा मानवीय संयोजकको कार्यालयले सन् २०१२ को अप्रिल महिनामा निकालेको बुलेटिन अनुसार मधेशी दलित महिलाहरुले सामना गरिरहेका प्रमुख चुनौतीहरु शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँच नभएको एवं कृषि श्रम, घरायसी कामकाज तथा प्रजन्न सम्बन्धी कठोर दायित्वपूर्ण बोझ छ । दाइजो तथा छोरीभन्दा बढी छोराको महत्व दिने गरिएकोले महोत्तरी र धनुषाका दलित महिलामाथिको हिंसाको मात्रा अझै प्रचुर , व्यापक र गंभीर छ ।
सरोकारवालाहरुको दोहरो चरित्र तथा असंवेदनशिलताका कारण समेत लैंगिक हिंसापीडितहरु न्यायका लागि अगाडि थोरै मात्रै बढेका छन् । ईभा(भ्ख्ब्ध्०बेसलाइन सर्भे २०१० ले समस्याकै कारण दलित महिलामा आत्महत्या गर्ने प्रयास गर्नेको संख्या अधिक देखाउँछ ।
जिल्लास्तरमा भइरहेका केही क्रियाकलापहरु ः
लैगिकतामा आधारित हिंसा सम्बोधन गर्ने दृष्टिकोणलाई तीन किसिमले हेर्नुपर्ने हुन्छ । हिंसाजन्य कार्यहरुलाई अपराधीकरण गर्दै नियन्त्रण गर्ने, सामाजिक मूल्य मान्यताहरुमा सुधार गर्दै घटाउँदै लाने तथा राहत , न्याय प्रदान गर्दै न्यूनिकरण गर्ने कार्यलाई बढाउनुपर्छ । हुनतः महोत्तरी जिल्लामा यसबारे धेरै नभएपनि केही कामहरु सरकारी तथा गैरसरकारी कार्यालयबाट भएको पाइन्छ ।
लैंगिक हिंसा विरुद्ध भएका जिल्लास्तरीय क्रियाकलापहरु ः
 प्रहरीको सहयोगमा श्रीमानसँगै तलाक पीडितको पुर्नस्थापना
 सीमाना भएर जाने महिलाहरुमाथि निगरानी, बेचिने सम्भावना भएकालाई फर्काउने तथा आरोपित पक्राउ गर्ने
 लैंगिक हिंसा निवारण कोषको परिचालन
 लैंगिक हिंसाविरुद्ध विभिन्न चेतनामूलक कार्यक्रम, लैंगिक हिंसामुक्त गाबिस घोषणा गर्ने अभियान
 लैंगिक उत्तरदायी बजेट बनाउन पहल
 कानूनी सहायता समिति मार्फत कानूनी सेवा
 मदिरा सेवन गरि होहल्ला गर्ने तथा महिलालाई असर पार्नेलाई सार्वजनिक अपराध अन्तर्गत नियन्त्रण गर्ने गरिएको
 अदालतमा ‘मिट द जज’ , निरन्तर सुनवाई, महिला वादी वा प्रतिवादी भएको मुद्दालाई प्राथमिकतामा राखिएको
     लैंगिक हिंसा पीडितका लागि सरोकारलाबीच सहकार्य
लैंगिक हिंसापीडितलाई न्याय प्रदान गर्न ग्रामिणस्तरदेखि सदरमुकामसम्मका सरोकारवाला(सरकारी तथा गैरसरकारी)बीच सहकार्यको आवश्यकता छ । खासगरि हिंसापीडितको पहिलो पहुँच ग्रामिण क्षेत्रको स्वास्थ्य चौकी, प्रहरी चौकी, विद्यालयका शिक्षक शिक्षिका, महिला स्वास्थ्य कार्यकर्तालगायत अन्यसम्म हुने गर्दछ । तसर्थ यी सरोकारवालाहरुबीच ग्रामिण क्षेत्रमा अन्तरक्रिया आवश्यक छ ।
निष्कर्ष तथा सुझावः
 कानूनी सहायता समिति तथा लैंगिक हिंसा निवारण कोषबारे ब्यापक प्रचारप्रसार हुनुपर्ने
 जिल्ला र ग्रामिण क्षेत्रमा मनोविमर्श तथा मनोबैज्ञानिक सेवाको आवश्यकता रहेको
 जिल्ला विकास समितिमा रहेको लैंगिक एकाई प्रभावकारी हुनुपर्ने
 हिंसाबाट पीडितका लागि अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र हुनुपर्ने
 महिला तथा बालवालिका सेवा केन्द्र जि.प्र.का.परिसर बाहिर हुुनुपर्ने तथा प्रत्येक निर्वाचन क्षेत्रमा सहायक केन्द्र            राखिनुपर्ने
 म्ोलमिलाप कार्यक्रम सरकारी र गैरसरकारी कार्यालयबाट निरन्तर हुनुपर्ने
 विपन्न पीडितलाई जिल्ला अस्पतालले निशुल्क मेडिको लिगल सेवा दिनुपर्ने
 आर्थिक रुपले आत्मनिर्भर गर्ने कार्यक्रम , महिला सुरक्षा प्रत्याभूत हुने वातावरण निर्माण गरिनुपर्ने
 आत्महत्याको वातावरण बनाउनेलाई कानूनी दायरामा ल्याउन पहल हुनुपर्ने
 लैंगिक हिंसाको मुद्दाभन्दा पहिले सार्वजनिक समस्या आउने गरेकाले संगसंगै समाधानको प्रक्रिया अगाडि                      बढाउनुपर्ने
 सरोकारवालाहरु लैगिक संवेदनशिल हुनुपर्ने
सरोकारवालाले गर्नैपर्ने केही थप क्रियाकलापः
जिल्ला प्रशासन कार्यालय मातहतका निकायः
पीडितहरु यस ठाउँमा समेत निवेदन लिएर आउन गरेकाले न्याय पाउने प्रक्रियाको सहजताबारे जानकारी गराउने तथा परेको निवेदनमाथि भइरहेको कामकारबाहीबारे जानकारी गराउने सूचना शाखाको ब्यबस्था मिलाउनुपर्दछ ।
स्थानीय निकाय मातहतका निकायः ः
लैंगिक हिंसाबिरुद्ध स्थानीयस्तरमा कार्यक्रम तथा अनुगमन हुनु आवश्यक छ । साथै स्थानीय स्वायत्त शासन ऐनले दिएको अधिकार बमोजिम कार्यक्रम बमोजिम काम नगर्ने गाउँ बिकास समितिका सचिवलाई कारबाही गर्ने वातावरणको निर्माण हुनुपर्दछ । साथै लैंगिक हिंसा भए कहाँ जाने बारे गाउँको मुख्य मुख्य ठाउँमा प्रचारात्मक सामग्री, होडिङ्ग बोर्ड राख्नु अनिवार्य छ । त्यही जिल्ला बिकास समितिले लैंगिक उत्तरदायी बजेटबारे गाबिसका सचिवहरुलाई सचेत गराउने तथा जिबिस र गाबिसमा सरोकारवालाहरुको सहकार्यमा लैंगिक हिंसापीडित सहयोग कोष निर्माण गर्नुपर्ने तथा प्रत्येक गाबिसमा काउन्सलर(परामर्शदार्ता) राख्ने काम अगाडि बढाउनुपर्दछ । साथै जिबिसमा जेन्डर हेल्प डेस्क देखिने ठाउँमा राखिनुपर्छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायः
कम्तिमा इलाकास्तरमा भएपनि सुरक्षाकर्मी महिला राखिनुपर्दछ । गाउँलाई खुल्ला मदिरा निषेधित क्षेत्र बनाइनुपर्दछ । सरोकारवालासँगको सहकार्यमा लैंगिक हिंसाबिरुद्ध हुने काममा सहभागिताका साथै प्रत्येक प्रहरी युनिटमा लैंगिक हिंसा गनेहरुलाई स्थानीय निकायको सहयोगमा काउन्सलर(परामर्शदार्ता) राखिने व्यवस्था हुनुपर्दछ ।
स्वास्थ्य कार्यालय तथा मातहतका निकायः
हरेक स्वास्थ्य संस्थाले लैंगिक हिंसापीडिको स्वास्थ्य उपचारमा संवेदनशिल हुनुपर्ने तथा मेडिकोलिगल प्रतिवेदन त्यहीबाट दिनुपर्ने व्यवस्थाका साथै पीडितहरुलाई बिना शूल्क प्रतिवेदन उपलब्ध गराउनुपर्छ ।
जिल्ला अदालतः
शुरुमा भन्दा पनि सबै ठाउँबाट थाकेपछि पीडितहरु न्यायलयमा आउने भएकोले न्यायालयप्रति आस्था बढाउने कार्यक्रममा निरन्तता दिइनुपर्छ । साथे सरकारी वकिल कार्यालयबाट पीडितहरु कहाँ सूचना पुग्ने सहज तरीका अपनाइनुपर्दछ ।
गैरसरकारी संस्थाः राज्यको विभिन्न नीति र स्थलगत समस्या समाधानका लागि सरोकारवालाहरुको समन्वयमा जिल्लास्तरीय नीति कार्यक्रम तथा अद्यावधिक योजना र नीति बमोजिम हिंसापीडितको राहत र न्यायका लागि विभिन्न कार्यक्रम गरिनुपर्दछ ।

सुवुष्टिगुणसंपान्नाद बीजाद् बीजनिवापरम्
आफैबाट शुरुवात गरौं
लैंगिक हिंसा बिरुद्ध अगाडि बढौं ।
मानवताका लागि महिला सशक्तिकरणःव्यवहारमा उतारौं
लौंगिकमैत्री संविधानः महिला हिंसाको निदान
धन्यवाद…………………………..

Be the first to comment on "महोत्तरीमा लैंगिक हिंसा समस्या र समाधानका उपाय"

Leave a comment

Your email address will not be published.

*