जलेश्वरमा मोर्चाले निकाल्यो विरोध जुलुस

20160112_144539

रंजन भण्डारी
जलेश्वर,पुष २८ गते ।
महोत्तरी सदरमुकाममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मंगलवार विरोध जुलुस निकालेको छ । जिल्ला शिक्षा कार्यालय महोत्तरीको सामुनेवाट सुरु भएको सो जुलुस दुर्गाचोक,शंकरचोक र नगरपालिकाचोक हुदै दुर्गाचोकमा फर्कि समापन भएको थियो ।20160112_144539
जुलुसमा सदभावना सहमहामन्त्री सुरिता साह,के.स. जानकी शरण साह,युवा नेता लालवावु यादव,क्षेत्र नं. ३का उम्मेदवार विनोद चौधरी,तमसपाका के.स. सुरेश पाण्डेय,जिल्ला कोषाध्यक्ष निलम यादव,तमलोपाका शुशिल शर्मा,कृष्णा सिंह लगायत मोर्चा आवद्ध विभिन्न जिल्ला एवं केन्द्रिय प्रतिनिधीहरुको सहभागिता रहेको थियो । जुलुसमा गठबन्धनका केहि नेता एवं कार्यकर्ता सहित सत्तासिन दलका केहि मधेशी नेता तथा कार्यकर्ताहरु समेत देखिएका थिए ।

Be the first to comment on "जलेश्वरमा मोर्चाले निकाल्यो विरोध जुलुस"

Leave a comment

Your email address will not be published.

*