जादा हास्दै गएको आउदा सवैलाई रुवायो

रंजन भण्डारी
जलेश्वर,माघ ३ गते ।
महोत्तरी जिल्लाको बथनाहा गाविसका एक युवा करिव ११ महिना पछि लास भई फर्केका छन । पैसा कमाउन विदेसिएका २० वर्षीय राजाराम महतोको लास गाउमा आइपुग्दा गाउनै शोकमा डुबेको छ । जाने गैसके तर जसरी गए त्यसरी जानु दुर्भाग्यपुर्ण थियो स्थानियहरु बताउछन ।
कतारको दोहा स्थित एचसिसि कम्पनीका काम गर्न गएका राजाराम विल्डिङ्गको भित्रि क्षेत्रमा काम गरिरहेको वेला त्यहा केमिकल लिक भएर उनी मरेका हुन । आफ्नो र आफ्नो परिवारको उज्वल भविष्यको लागी ११ महिना पहिले कतार पुगेका राजाराम करिव १ महिना पहिले नै सो दुर्घटनामा दिवंगत भैसकेका थिए तर विभिन्न कानुनी प्रकृयाहरु पुरा गर्दा लास आउन यती समय लागेको प्रहरीले जनाएका छन । शनिवार स्थानिय रिति अनुसार उनको अन्तिम संस्कार उनको गाउमा गरिदैछ ।
हाल वैदेशिक रोजगारीमा जानेहरुको दैनिक एक जनाको मृत्यु हुने गरेको छ ।

Be the first to comment on "जादा हास्दै गएको आउदा सवैलाई रुवायो"

Leave a comment

Your email address will not be published.

*