धुर्मुश र सुन्तली बर्दिबासबाट आँसु पुच्छदै फर्किए

राजकरण महतो, बर्दिबास, महोत्तरी ।

महोत्तरीको बर्दिवास नगरपालिका २ मा मुसहरको एउटा सानो झुप्डी छ जहाँ  ३५ बर्षीय रामपृत सदा  र उनका ६ जना परिवारका सदस्यहरु रात विताउँछन् । पुस माघको लुगलुग कापने कठ्याङग्रीदो जाडोमा न्यानो ओड्ने औछ्याउनेको अभावमा सदाका परिवारका सदस्यहरु महिनौ दिन देखि मस्तले निदाउन सकेका छैन । परिवारका सदस्यलाई आर्थिक अभावले बढ्दो जाडोमा न्यानो लुगा किनीदिन सकेका छैन । उनको झुपडी बाहेकको अरु जग्गा जमिन छैन । दिनभरी जंगल गएर ल्याएको दाउरा बिक्री गरेर आएको रुपैंयाले रामपृतको चुलोमा राति आगो बल्छ । जुन दिन जंगलबाट दाउरा ल्याउन सक्दैन वा जंगलबाट ल्याएको दाउरा बिक्री हुदैंन त्यो  दिन राति चुल्हो बल्न मुसकिल नै पर्छ ।DSC03943

मधेशी दलित समुदायका सदा मुसहर बस्तिको एउटा प्रतिनीधि पात्र मात्र हुन् । उनी जस्ता त्यस बस्तिका करीब ६० घरधुरीका ४२० जना मानिसहरु चिसो संगै चलेको शितलको कारणले रातभरी जाग्राम बसेर भगवानकाे भरमा रात बिताउदै आएका छन् । यसरी जीवन बिताउन बाध्य भएपनि मुसहर समुदायका मानिसहरु कसैलाई भन्न आँट गर्दैन । जाडोसंग उनीहरु साइनो नै गाँसेको देखिन्छ । मुसहरहरुको जीवन नियाल्न केही दिन अघि नेपालका हाँस्य कालाकार धुर्मुश र सुन्तली पुगेका थिए । मुसहरहरुको घर घर पसेर उनीहरुको जीवन नियाल्दा धुर्मुश र सुन्तली भावुक बनेका थिए । कालाकारद्वयले मुसहर समुदायका मानिसहरुसंग उनीहरुका दिन चर्या कसरी चलिरहेको बारेमा करीव २ घण्टा सम्म कुराकानी गरेका थिए । उनीहरु मुसहरका बालबालिकाहरुको अवस्था हेर्दा निकै चिन्तित बनेका थिए । जब मुसहर बस्तिमा हास्यकलाकार धुर्मुश र सुन्तली पुग्दा गाउँ भरीका मानिसहरु जम्मा भएका थिए । उनीहरुले कालाकारले हसाउने सोचेका थिए । तर त्यहाँ हास्यकालकार नै भावुक बनेपछि गाउँका मानिसहरु कानेखुशी गर्न थालेका थिए ।DSC03934

घर छेउमै एक सय मिटरको दुरीमा जनता मावि छन् । त्याे अन्य ठाउँका बालबालिका पढ्न आउँछन्  तर मुसहर बस्तिका बालबालिका विद्यालय पढ्न जान सकेका छैन । मुसहर समुदायका केटाकेटीहरू घर छेउमै विद्यालय भए पनि थोरै बालबालिका मात्रै विद्यालय जान्छन् ।

DSC03955 DSC03992 DSC03993 DSC03999

पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास चोक भन्दा दुई किलोमिटर दक्षिण पर्ने मुसहर बस्ति पर्दछ । करीब ४२० जना मुसहरहरुको बसोबास यस बस्तिमा छ । पुरुषको तुलनमा मुसहर बसितमा अलि महिलाहरुको संख्या बढि नै छ । महिला २१५, पुरुष २०५ र १देखि १५ बर्षका १५० जना बालबालिकाहरु यस बस्तिमा छन् । बस्तीकै छेउमा प्राथमिक तहदेखि स्नातकसम्मको अध्यापन गराइने जनता उच्च मावि तथा बहुमुखी क्याम्पस पनि छ । बस्तीबाट विद्यालय पुग्न दुई मिनेट पनि लाग्दैन । तर, मुसहर टोलका अधिकांश बालबालिका विद्यालय जाँदैनन् । यो टोलमा विद्यालय जाने उमेरका झण्डै १२० जना बालबालिका भए पनि मुस्किलले पाँच सात जना बच्चाबुची विद्यालय जाने गरेका छैन ।DSC04750 DSC04771

राजमार्गसँगै जोडिएको यो मुसहर बस्ति सुगम ठाउँमा भएर पनि बर्दिबासको यो बस्तीका मुसहर समुदायमा अझै पनि पढ्नु पर्छ भन्ने उनीहरुमा चेतनाको खाँचो देखिन्छ । यहाँका मुसहर बर्दिबासका सबै भन्दा पुराना बासिन्दा हुन् । उनीहरूकै बाउ बाजेले जङ्गल फँडानी गरेर बर्दिबासमा बस्ती बसाएको जानकारहरू बताउँछन् । तर, उनीहरु कसैको पनि एउटा झुपडी अट्ने भन्दा धेरै जमिन छैन । अंधिकासको त्यो पनि ऐलानीमै घर छ ।

यो सिङ्गो बस्तीका एक किशोर बाहेक सबैलाई ‘कालो अक्षर भैँसी बराबर’ भने जस्तै छ । सिङ्गो मुसहर बस्तीमा १८ वर्षीय किशोर मञ्जय सदा मात्रै साक्षर छन् । लक्ष्मी सदाको छोरा मञ्जय आफ्नो घरनजिकैको जनता उच्च माविमा कक्षा ११ मा वाणिज्य संकायमा पढै्छन् । मञ्जय बाहेक यो सिङ्गो बस्तीमा अक्षर चिन्ने धेरै कम छ । मञ्जयको प्रभावले बस्तीका पाँच–सात जना बालबालिका महिनामा दुई–चार दिन विद्यालय त जान्छन् तर, कसैले पनि साउँ अक्षर खुट्याउनसम्म जानेका छैनन् ।

गरिबी र चेतनाको अभावले आक्रान्त मुसहर बस्तीमा सरकारी तथा गैर सरकारी निकायले शैक्षिक जागरण ल्याउन धेरै अभियानहरू चलाए । तर, ती सबै अभियानहरुले निरन्तरता नपाउँदा बालुवामा पानी हाले जस्तै भएको सो बस्ति वरिपरिका बासिन्दाहरु बताउँछन् । अर्काको बनीबुतो, जंगलबाटल दाउरो ल्गाएर बजारमा बिक्री गर्ने र ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने दलित बस्तीका अधिकांश अभिभावकका ४–५ जना बालबालिका छन् ।

आफ्ना ६ जना छोराछोरी भए पनि कसैलाई पढन् नपठाएको बताउँछन् सबत सदा । विद्यालय जाने उमेरका तीन छोरा र तीन छोरी भए पनि उनीहरु कसैलाई सबतले बिद्यालयमा भर्ना गरेका छैनन् । ‘घरमा खाने छैन, के ले पढाउनु । हामीले त पढेनौँ अब छोराछोरीलाई किन पढाउनु प‍¥यो ,’ सबतले भने । बालबालिकाले पनि आफूलाई ज्याला मजदुरी र बनिबुतो गर्न सघाउने गरेको उनको भनाइ छ ।

जन्मान्तरको लागि परिवार नियोजनको गर्नु पर्छ भन्ने जानकारी पनि मुसहर बस्तिमा सन्देश पुगेको छैन । परिवार नियोजन गर्नु पर्ने सन्देशको खाँचो यहाँका महिला पुरुषलाई छ । मुसहरहरुको सानो बस्तिमा बर्सोनी जन्मिने बाच्चाहरुको संख्या बढ्दा बस्ती बाल बगैँचा झैँ भएको छ । सो बस्तिका रामपृत सदाको पनि दुई छोरा र दुई छोरी सहित चार जना सन्तान छन् । यद्यपी मुसहरहरु आ–आफ्ना बालबालिकाहरुको जन्म दर्ता समेत गराउँदैनन् । सरकारी अस्पतालबाट निःशुल्क उपचार र औषधी उपलब्ध भएपनि टिकट काट्ने पैसाको अभावमा सेवा पाउनबाट बञ्चित हुनुपरेको बताउँछन् रामपृत सदा । सरसफाईको अभावमा उनिहरु विरामी परिरहन्छन् ।
चेतनाको अभावका कारण मुसहर बस्तिमा बालविवाह हुने गरेको छ । सो बस्तिका रंजु सदालाई आफु कति बर्षको हुँ भन्न सक्दैन । तर उनले आफ्नो काँखमा ४ महिनाको मुसकुराउँदै गरेकी छोरी खेलाउँदै गरेको छिन् । झट् हेर्दा उनको उमेर १३–१४ बर्ष भन्दा बढि भएको छैन । उनी जस्ता धेरै बालिकाहरुको २० बर्ष नपुग्दै कलिलो उमेरमै विवाह अभिभावकहरुले गरिदिने गरेका छन् ।

धुर्मुश र सुन्तली मुसहर बस्तिको यि याह्वत कुरा सुनेपछि मुसहर बस्तिका बालबालिकाहरु किन गाउँ छेउमै रहेको स्कूलमा किन पढ्न गइरहेका छैन्न भनेर जनता उच्च मावि बर्दिवासमा पुगेका थिए । हास्यकालाकार धुर्मुश र सुन्तलीले विद्यालयका सहायक प्रधानाध्यापक दिलिप तिवारीसंग भेन पुगेका थिए ।

बार्तालापका क्रममा साहायक प्रल तिवारीले आफूहरूले जति नै गर्दा पनि विद्यालय नजिकैको मुसहर बस्तीमा पढ्नुपर्छ भन्ने चेतनाको विकास हुन नसकेको बताए । ‘हामी बर्सोनी नयाँ शैक्षिक सत्रको शुरुमा मुसहर बस्तीलाई केन्द्रित गरेर विद्यार्थी भर्ना अभियान चलाउँछौ’, तिवारीले भने ’तर एउटा बालक मञ्जय बाहेक सिङ्गो मुसहर बस्तीमा अभियानको कुनै प्रभाव पर्न सकेको छैन ।’

विद्यार्थी भर्ना अभियानको क्रममा शिक्षक शिक्षिकाले धेरै करकाप गरेपछि कतिपय अभिभावकले आफ्ना बालबालिकालाई विद्यालयमा भर्नासम्म गर्ने गरेका छन् । अहिले पनि विद्यालयको भर्ना रजिष्टरमा धेरै बालबालिकाहरुको नाम छ तर, भर्ना भएको भोलिपल्ट देखि नै उनीहरु विद्यालय आउदैन । कतिपय अभिभावकले सरकारले दिने छात्रबृतिको रकम लिनको लागि मात्रै भए पनि आफ्ना बालबालिकालाई बिद्यालयमा भर्ना गर्ने गरेका शिक्षक तिवारीले बताए ।

धेरैलाई त विद्यालयमा पढ्ने दलित बालबालिकालाई सरकारले छात्रबृतिको रकम दिन्छ भन्नेसम्म पनि थाहा छैन । अभिभावकमै पढ्नु पर्छ भन्ने चेतना छैन, हामीले मात्र पढ्नु पर्छ भनेर कति कर गर्नु , शिक्षक तिवारीले प्रति प्रश्न गरे ।

धुर्मुश र सुन्तलीले एकै स्वरमा साहेक प्रअ तिवारीलाई भने, ‘ मुसहर बस्तिको बालबालिकाहरुलाई कसरी शिक्षा प्रदान गर्ने तपाईहरुको पनि जिम्मेवारी हो । मुसहरका बालबालिकाहरु पनि पढ्न यो विद्यालय संचालन गरिएको हो । त्यसैले भार्ना अभियानमा मात्र होइन अन्य समयमा बालबालिका अभिभावक र यिनका सरोकारवालाहरुलाई मुसहर बस्तिको सुधारको लागि के गर्नु पर्छ अब’ भन्दै हास्यकालकार विद्यालयबाट फर्किएका थिए ।

यो मुसहर बस्तीमा धेरै गैरसरकारी क्रियाशील छन् । न्यून आय भएका मुसहर समुदायको आयआर्जन बढाउने र उनीहरूको शैक्षिक चेतना जगाउने नाममा यो बस्तीमा गैससले बर्सोनी लाखौँ रुपियाँ खर्च गर्ने गरेका छन् । तर, त्यसको उपलव्धी भने शून्य जस्तै छ । बर्दिबास गाविसलाई दश महिना अघि नै खुल्ला दिशा मुक्तक्षेत्र घोषणा गरिए पनि साविकको बर्दिबास गाविस भित्रकै यो बस्तीका अधिकांश घरमा शौचालयको सुविधा छैन । कतिपय घरमा गाविस कार्यालय र विभिन्न गैरसरकारी संस्थाहरूले खुल्ला दिशा मुक्त क्षेत्र घोषणाताका काम चलाउ खालको शौचालय निर्माण गरिदिएका भए पनि सम्बन्धित परिवारले त्यसको प्रयोग नगरी खुल्ला ठाउँमा दिशा पिसाब गर्दै आएका छन् । पानीको अभावमा धेरैले चर्पि प्रयोग नगरेको बसितमा मनयज सदा बताउछन् ।

उनीहरुको घर घरमा खानेपानीको धारा स्टेन्ड बनाइएको छ । मुसहर बस्तिमा खानेपानी पु¥यान स्टेन्ड बनाइयो तर त्याबाट अहलिे सम्म पानी झरेको छैन । ४२० जनाका लागि मुसहर बस्तिका मानिसहरु बस्ति भन्दा टाढा रहेका सार्वजनीक पानी टयांकीमा घण्टौं लामबद्ध भएर पानी भर्ने गरेका छन् ।

मुसहर बस्ति अवलोकन गरेर फर्किएपछि हास्यकालाकार धुर्मुश र सुन्तलीले मुसहर बस्तिको एकिकृत विकासको लागि आफुहरु पनि लाग्ने बताए । साथै यस बस्तिको विकासको लागि सरोकारावालाहरुलाई सहयोग गर्न सार्वजनीक रुपमा उनीहरुले अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *