सदभावनाको हस्ताक्षर अभियान महोत्तरीमा सम्पन्न,प्रहरी दमन विरुद्ध हजारौ हस्ताक्षर संकलन

20160111_145411

रंजन भण्डारी
जलेश्वर,पुष २७ गते ।
जारी मधेश आन्दोलनमा प्रहरीले गरेको व्यापक दमन र सदभावनाका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको ज्यान लिने उदेश्यले गरिएको प्रहरी आक्रमण विरुद्ध सदभावनाको पुर्व घोषित कार्यक्रम अनुसार आईतवार महोत्तरीको ग्रामिण क्षेत्र र सोमवार सदरमुकाम स्थित दुर्गाचोकमा हस्ताक्षर संकलन गरिएको छ ।20160111_145411
सदभावनाका युवा नेता लालवावु यादवको अगुवाईमा गरिएको हस्ताक्षर अभियानमा स्कुले वालवालिका,युवा,नेता,नागरिक समाज,सर्वसाधारण,वकिल,विभिन्न पेशाकर्मीका साथै पत्रकारहरु स्वस्फुर्तरुपमा आई हस्ताक्षर गरेका थिए ।
जारी आन्दोलनमा मानवअधिकारको प्रहरीद्वारा घोर उल्लंघन भएको भन्दै मानवअधिकारकर्मीहरुले समेत हस्ताक्षर गरेर प्रहरी दमनको विरोध गरेका छन ।
अभियानमा नेपाली काँग्रेस,एमाले र माओवादी लगायत सत्तामा रहेका अन्यदलका नेता तथा कार्यकर्ताहरुले समेत व्यक्तिगतरुपमा प्रहरी दमन विरुद्ध हस्ताक्षर गरेर अभियानको समर्थन गरेका छन । 20160111_153605
विगत ५ महिनामा प्रहरीले प्रदर्शनकारी उपर गरेको गोली र लाठी प्रहारले विश्वमा नै नेपाल प्रहरीको काम कार्यवाही माथी प्रश्न उठेकोले प्रहरीले आफ्नो छवि सुधार्न निक्कै संयमता र धैर्यता अपनाउनु पर्ने मानवअधिकारकर्मी एवं पत्रकारहरुको ठम्याई छ । आन्दोलनमा प्रहरीले मानवअधिकारकर्मी र पत्रकारहरुमाथी समेत दुव्र्यवहार,हातपात,धरपकडका कृयाकलापहरु मधेशका विभिन्न जिल्लामा गर्दैै आएका छन । 20160111_151858

Be the first to comment on "सदभावनाको हस्ताक्षर अभियान महोत्तरीमा सम्पन्न,प्रहरी दमन विरुद्ध हजारौ हस्ताक्षर संकलन"

Leave a comment

Your email address will not be published.

*