महोत्तरीको औरहीमा खुलेआम रुपमा कौडी खेल्दै

धनबीर महतो
महोत्तरी ,माघ ३ गते ।
महोत्तरीको औरहीमा खुलेआम रुपमा कौडी एवम जुवा खेल्दै आएतापनि
स्थानिय प्रशासन मौन भएको छ । औरही गाविसमा पर्ने औरही बजारमा प्रत्येक
दिन कौडी तथा जुवा खुलेआम रुपमा खेलेतापनि स्थानिय प्रशासन कुनै प्रकारको
कारबाही प्रक्रिया अगाडी बढाईएको छैन ।
जिल्लाको मध्य भागमा अवस्थित रहेको औरहीबजारमा कौडी खेल्नको लागि
सरपल्लो गौशाला, हातिलेट, बर्दिबास लगायत सर्लाही, सिन्धुली र धनुषा तथा
भारतीय सिमाबर्तीबाट दर्जनौ व्यक्तिहरु कौडी खेल्न आउने गर्दछ । दैनिक रुपमा
लाखौ रकम बराबरको कौडीको खेल भएकोले स्थानिय प्रशासनले समयमै खेल
रोक्नको लागि समयमै आवश्यक कदम उठाउनुपर्ने आवश्यक रहेको स्थानिय उमेश
राय यादवले बताए । त्यहाँ रातिको समयमा पनि कौडी खेल हुँदै आएको
यादवले जानकारी दिए ।
यता कौडी खेलको सम्बन्धमा चाँडै नै अनुसन्धान गरि खेलमा संलग्न
व्यक्तिहरुलाई कानुनको दायरमा ल्याई कडाभन्दा कडा कारवाही गरिने प्रहरी
उपरिक्षक सौरभ सिंह राणाले बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *