ग्यासले आगो लाग्दा तिनको अवस्था गम्भिर

20151225_165009

रंजन भण्डारी
जलेश्वर,पुष ११ गते ।
महोत्तरी सदरमुकाम जलेश्वर २ स्थित संजय साहको घरमा शुक्रवार अपरान्ह ग्यास लिक भई आगो लाग्दा तिन जना गम्भिर घाईते भएका छन । घाईते हुनेहरुमा संजय साह उनकी पत्नी देवी कुुमारी पुर्वे र उनका किराना पसलमा काम गर्ने जलेश्वर १४ महादेव पटटी टोलका १४ वर्षिय वालक कुन्दन चौधरी रहेका छन ।20151225_165009 20151225_165020
ग्यास अर्को सिलेन्डरमा हाल्ने क्रममा लिक भई आगो लागेको प्रहरीको प्रारम्भिक भनाई रहेपनि खाजा पकाउने बेला रेगुलेटर जाम भएर रेगुलेटर विस्फोट भएको स्थानिहरुको भनाइ रहेको छ । छरछिमेकको भनाईको आधारमा घटना वारे प्रारम्भिक जानकारी प्राप्त भएपनि सत्य तथ्य भने थप अनुसन्धान पछि मात्र भन्न सकिने प्रहरीको भनाई छ ।
९० प्रतिशत जलिसकेको अवस्थामा देवी कुमारी पुर्वेलाई शान्ति कम्युनिटी हस्पिटलबाट पटना रेफर गरिएको छ भने अन्यको सोहि ठाउमा उपचार भैरहेको छ । 20151225_165036 20151225_165207

Be the first to comment on "ग्यासले आगो लाग्दा तिनको अवस्था गम्भिर"

Leave a comment

Your email address will not be published.

*