मृतक परिवारलाई तमलोपा भातृ संगठनले सहयोग गरे

रंजन भण्डारी
जलेश्वर,पुष १० गते ।
जारी मधेश आन्दोलनमा मृत्यु वरण गरेका ६ मृतक परिवारलाई तराई मधेश लोकतान्त्रिक पार्टीका भातृ संगठन नेपाल प्रवासी तराई मधेश मंच,दोहा कतारले शुक्रवार दोसल्ला ओढाई प्रति परिवार दश हजार सहयोग गरेको छ ।
मंचका सल्लाहकार चन्द्रविर कुमार यादव र तमलोपा जिल्ला अध्यक्षको अध्यक्षतामा जलेश्वरमा भएको सम्मान कार्यक्रममा सो रकम हस्तान्तरण गर्दै यादवले दमन बन्द गर्न सरकारलाई अनुरोध गरेका छन । 20151225_125715
कतारमा नेपालीहरुसंग नै थोरै थोरै सहयोग मागी मृतकहरुका लागि रकम संकलन गर्ने गरिएको यादवले जनाउदै मंचको अध्यक्ष हुसेन खान,उपाध्यक्ष उतिम साह,महामन्त्री अहमोद्दिन खान,कोषाध्यक्ष उपेन्द्र गोरहन यादव र सदस्यहरु रामनन्दन गुप्ता र उमेश खडग यादव का साथै कतार स्थित क्युविसी कम्पनीमा कार्यरत नेपालीहरुको विशेष सहयोग रहेको उनको भनाई छ । कार्यक्रम संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आयोजनामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *