ई रिक्सा रयाली र मसाल जुलुस पदर्शन

934725_1665723123675914_361816679825498366_n

रंजन भण्डारी
जलेश्वर,पुष ९ गते ।
महोत्तरीमा मधेश आन्दोलनलाई समर्थन गर्दै विहिवार ई रिक्सा र्याली निकालिएको छ भने साझ पुर्व घोषित कार्यक्रम अनुसार मसाल जुलुस प्रदर्शन गरिएको छ । 6888_460481660825992_6463609465944664477_n 934725_1665723123675914_361816679825498366_n 1915362_460481640825994_4646791929274013742_n 1934748_460481680825990_8798771437448417186_n 10004044_460481624159329_3352297343486487489_n
तराई मधेश लोकतान्त्रिक पार्टीको अगुवाई र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सहभागितामा निकालिएको सो र्यालीले जलेश्वर नगर,अलिपटटी,पिपरा,एकरहिया,खैरवा,गम्हरिया,ढेकहा,वरदाहा,आवर,मटिहानी,सुगा हुदै पुनः जलेश्वर पुगी करिब २५ किलोमिटर यात्रा तय गरेको थियो । १४ ई रिक्सा र ५ टेम्पो सहित निस्केको र्यालीमा तमलोपा जिल्ला अध्यक्ष अभिराम शर्माका साथै राम शंकर मिश्र,शुशिल शर्मा,शुशिल राउत,लोकेन्द लाल कर्ण लगायतका नेताहरु सहभागी थिए भने ई रिक्सा समितिको तर्फवाट मिठु महतोले सहभागिता जनाएका थिए ।
यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पुर्व घोषित कार्यक्रम अनुसार साझ जलेश्वर नगरमा मसाल जुलुस निकालिएको छ । उल्लेख्य उपस्थिति रहेको मसाल जुलुसमा नई देवे मधेश प्रदेश नई रहतउ नेपाल देश,प्रहरी दमन बन्द करु लगायतका नारा लगाईएको थियो ।

Be the first to comment on "ई रिक्सा रयाली र मसाल जुलुस पदर्शन"

Leave a comment

Your email address will not be published.

*