शितलहरमा विहानी सत्रमा विद्यालय जान बाध्य छन विद्यार्थी ‌फाेटाे फिचर सहित

swikritilal new mordern 9 clas

swikritilal new mordern 9 clasकुहिरोले बाटोमा केहि देखिदैन दुर्घटना हुन्छ कि भनेर डर लाग्छ एक विद्यार्थीको भनाई ।‍ 


रंजन भण्डारी
जलेश्वर,मंसिर २८ गते ।
न्यु मोर्डन ई.बो. स्कुल जलेश्वरमा कक्षा ९ मा अध्ययनरत स्विकृती लाल सुगाबाट पढन जलेश्वर आउछिन । विगत केहि दिन देखिको शितलहर र बाक्लो हस्सुले उनलाई विद्यालय आउन निक्कै समस्या परेको छ । उनलाई आन्दोलनको समय केहि हुन्छ कि भनेर आउन डर समेत लाग्छ ।20151213_084723
मनिष सहनी र शैलुजा सिंह एडभान्स स्कुल जलेश्वरमा कक्षा १० र ९ मा अध्ययनरत छन उनीहरु भन्छन कुहिरोले बाटोमा केहि देखिदैन दुर्घटना हुन्छ कि भनेर डर लाग्छ । कक्षामा पढदा समेत अन्ध्यारो लोड सेडिड्डले अप्ठयारो हुन्छ ।manish sahani advance 10
ल.च.मु.उ.मा.वि. कक्षा ८ मा पढने अस्मिता खडका भन्छिन हामीलाई सिकाईन्छ हामी देशका भविष्य निर्माता हौ तर हामीले पढन पाएनौ भने हामीले कसरी देशका भविष्य निर्माण गर्ने । ३ महिना हाम्रो विद्यालय बन्दले प्रभावित भयो अहिले खुल्दा सितलहरले प्रभावित पार्यो । हामीसंगै साना साना कक्षाका विद्यार्थीहरु पनि बाक्लो कुहिरोमा पढन आउछन उनीहरु या हामी विरामी परिदिए कसरी पढने त्यसैले मेरो आग्रह छ हामीलाई उपयुक्त समयमा पढने व्यवस्था गरिदिनुस । यी प्रतिनिधि पात्र मात्र हुन यीनीहरु जस्ता हजारौ विद्यार्थीको भनाई यस्तै छ झन साना साना वच्चाहरुलाई त बोल्न समेत आउदैन उनीलाई त अभिभाव विद्यालय छोडन आउछन र लिन कक्षा संचालन अवधीभर उनीहरु जाडोले कठ्याड्डिएका हुन्छन ।20151213_094721
मधेशमा जारी आन्दोलन र सो पश्चात सृजित अवस्थाका कारण चिसो र हुस्सुको समय विहान सत्रमा विद्यालय जान विद्यार्थीहरु बाध्य भएका छन । जाडोमा ठुला वडाहरुलाई समेत हिडडुल गर्न अप्ठयारो भएको बेला साना साना वालवालिकाहरु बिहानै स्कुल पोसाक लगाई विद्यालय जाने गरेका छन ।20151213_112733
विगत ४ महिना देखि मधेशमा जारीे आन्दोलनका कारण करिव ३ महिना नै बन्द रहेको शैक्षिक संस्थाहरु विभिन्न प्रयास पश्चात खुलेको अवस्था छ तर सो समय,वातावरण मैत्री र सहज नभईदिदा विद्यार्थीहरु सास्ती भोग्न बाध्य छन । खासगरी साना साना वालवालिकाहरु चिसो र हुस्सुको कारण समस्याहरु भोग्दै आएका छन ।
आन्दोलन जारी नै रहेको अवस्थामा समेत विद्यालय संचालन भएपनि सुरु सुरुमा अभिवावक र विद्यार्थीलाई बाटोमा बलिरहेको टायर देखेर डर लाग्ने गरेको तर अहिले सो कार्य बन्द भए पछि थोरै राहत भने पाएका छन । हुने खानेका वच्चाहरुलाई चिसोमा लगाउने लुगा भएपनि गरिवका छोरा छोरीलाई खानको समस्या रहेकोमा चिसोको लुगा समेत नरहेको अवस्थामा विद्यालय जान समस्या हुने गरेको अभिभावहरु वताउछन ।st
शिक्षकहरु समेत चिसोमा समस्या हुने गरेको स्विकाछर्न । केहि विद्यालयले वच्चाहरुको स्वास्थ्य र विहानी सत्रमा हुने समस्यालाई मध्यनजर गर्दैै समय परिवर्तन गरि विद्यालय चलाउने र मोर्चा या कसैले अवरोध गर्न आए उनीहरुलाई सम्झाउने बताएका छन ।st1
आन्दोलनरत मोर्चाहरु,सरकार र सरोकारवाला सम्पुर्णले विद्यालयको पठन पाठनको समय वारे उचित व्यवस्थापन गर्नु अनिवार्य रहेको छ । अन्य जिल्लाहरुमा समय अनुकुल विद्यालय संचालनको निर्णय स्वागत योग्य रहेकोमा महोत्तरीमा समेत सरोकारवालाले समयमै ध्यान दिनु नितान्त आवश्यक रहेको छ ।st3 st4

Be the first to comment on "शितलहरमा विहानी सत्रमा विद्यालय जान बाध्य छन विद्यार्थी ‌फाेटाे फिचर सहित"

Leave a comment

Your email address will not be published.

*