सहमतिको लागि यस्तो छ एमालेको नयाँ प्रस्ताव

काठमाड‌ेों,माघ १ गते । index

नेकपा (एमाले)ले विवादित विषयमा सहमति जुटाउनका लागि नयाँ प्रस्ताव  अघि सारेको छ । उसले एमाओवादी संघीयताको विषयमा लचक भए अन्य विषयमा लचकता अपनाउने निर्णय गरेको छ ।

बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटीको बैठकले सहमतिका लागि एमाले शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा चलकता अपनाउने निर्णय गरेको बैठकपछि सचिव योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार एमाले मिश्रित निर्वाचन प्रणाली र संवैधानिक अदालत गठन गर्न तयार हुने र कांग्रेसलाई पनि मनाउने प्रयास गर्नेछ । माओवादी संघीयताको विषयमा लचिलो हुनुपर्नेमा एमालेले जोड दिएको छ ।

सहमतिका लागि अन्य दलहरुसंगको वार्तालाई तीब्रता दिने र नयाँ संविधान निर्माणका लागि प्रक्रिया थाल्न सभाध्यक्षलाई आग्रह गर्ने निर्णय पनि एमालेले गरेको छ ।

साभार नेपाल पाटी

Be the first to comment on "सहमतिको लागि यस्तो छ एमालेको नयाँ प्रस्ताव"

Leave a comment

Your email address will not be published.

*