६७ औ अन्तराष्ट्रिय मानव अधिकार दिवस महोत्तरीमा समेत मनाईयो

20151210_091906

रंजन भण्डारी
जलेश्वर,मंसिर २४ गते ।
अन्तराष्ट्रिय मानव अधिकार दिवस डिसेम्वर १० विहिवार जलेश्वरमा समेत मनाईएको छ । 20151210_091906
मानवअधिकारका क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरुले संयुक्त रुपमा जलेश्वर स्थित शिक्षा कार्यालय देखि जलेश्वर नगरपालिकाको मुलगेट सम्म र्याली निकाली निर्दोषको हत्या बन्द गर,मानव अधिकारको सम्मान गरौ,मधेशमा दमन हईन वार्ता गर लगायतका नाराको प्लेकार्ड छातीमा टासेका थिए । 20151210_173212
दुई चरनमा मानव अधिकार दिवस मनाउदै स्थानिय मानवअधिकारकर्मी,पत्रकार,युवा,बुद्धिजिवी,नागरिक समाज लगायतले साझ जलेश्वरनाथ मन्दिरको सामुने शहिदहरुलाई श्रधान्जली दिदै मैनवती समेत बालेका थिए ।
मानव अधिकार रक्षक संजाल,नागरिक समाज संजाल युवा कार्यदल,युवा सुचना केन्द्र,शान्तिका लागि युवा संजाल (वाईएनडिपी),मानव अधिकार संरक्षण केन्द्र,युथ इन्फोरमेसन सेन्टर,थर्डएलायन्स,एनपिडी,युएनएफपिए,युएनडिपी,ग्रामिण महिला सशक्तिकरण परियोजना,हनुमान युवा क्लव,आस्था युवा क्लव,सामाजिक सेवा परियोजना,मुस्लिम विकास तथा कल्यान समिति लगायतका दर्जन भन्दा वढी मानव अधिकारका क्षेत्रमा कार्य गर्ने संघ,संस्था र संजालले मानव अधिकार दिवस मनाएका हुन ।

Be the first to comment on "६७ औ अन्तराष्ट्रिय मानव अधिकार दिवस महोत्तरीमा समेत मनाईयो"

Leave a comment

Your email address will not be published.

*