जन्ती र मुख्यमन्त्रीको घर

20151203_091712

Nagendra Kumar karna

नागेन्द्रकुमार कर्ण

चिसो मौसमको शुरुवात भईसकेको छ । तर पनि तराईमा विगत चार महिनादेखि निरन्तर चलिरहेको वन्दको कारणले चिसो मौसममा केही तातोपना कायम रहेको छ । चिसो मौसमको यो तातोपना कहिल्ये सम्म रह्ला यसको जवाफ ज्योतिषीहरुसंग पनि छैन् । तर, विश्वास गर्न सकिन्छ, नेपाल अब यस्तो स्थितीलाई लामो समयसम्म धान्ने स्थितीमा छैन् । यही मौसमको सेरोफेरोमा मलाई जन्ती जाने अवसर आयो । अवसर झण्डै ६ महिनाभन्दा अगाडीदेखि नै भइरहेको निम्ता हो । चिसो मौसममा म जन्ती जान जहिल्ये पनि हिच्किचाउने गरेको छु । किनकी, चिसो मौसममा जन्ती जानु मेरो लागि महँगो सावित हुँदै आएको छ । एक दुर्घटनामा लागेको चोट चिसो आएसंगै तर्साउने गरेकोले चिसो मौसममा हरसम्भव बच्ने प्रयास गदै आएको छु । त्यही भएर चिसो मौसममा जन्ती जाने वा अन्य ठाउँमा जाने कार्यबाट बच्दै आएको छु । तर पनि नजिकको आफन्तको विहेमा वा आयोजना गरेको सामुहिक कार्यमा जाने वाध्यतालाई नकार्न पनि सक्दिँन । त्यही जन्तीको सेरोफेरोमा भान्जा पंकज साहको जन्ती जाने अवसर पनि पाइयो । जन्ती जान उनले झण्डै ६ महिना पहिलादेखि नै निमन्त्रणा दिँदै आएको थियो । चिसो मौसम तथा टाढाको जन्ती भएकोले नजाने मनस्थितीमा थिएँ । तर राज सरले (राजकुमार कर्ण, जलेश्वर) विहारका मुख्यमन्त्रीको गाउँमा जन्ती जाने कुरा गर्नुभएपछि जानुपर्ने मनस्थिती तयार भईयो । एकातर्फ लगातारको बन्दीले जनजीवन आक्रान्त भइरहेको समयमा पेशागत मर्यादालाई विचार गर्नु जरुरी थियो भने अर्को तर्फ विहारका मुख्यमन्त्रीको गाउँमा जाने अवसर पनि थियो । मेरो पत्रिकाले मधेश आन्दोलनको कवर न्यून गरिरहेको कारणले मैले अवसरलाई सदुपयोग गर्ने अवसरको रुपमा लिएँ । एक तिरले दुई निशान लगाए झै । भान्जाले पनि मामाले विवाहमा सहभागी भएनन् भन्न नपाउने तथा मुख्यमन्त्रीको गाउँमा जाने अवसर पनि पुरा हुने । त्यही भएर मैले जन्ती जाने दिनको एक दिन पहिला साँझमा निर्णय लिँए । 20151203_091551जसरी बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस निकालेर बन्दको जानकारी गराईन्छ । त्यसरी नै मैले भोली जन्ती जाने कुराको जानकारी भारु (भारतीय रुपैया) खोजेर सबैलाई दिँए । चार महिनादेखिको बन्दले त भारुको महत्व नै यसक्षेत्रमा बढेको छ । भगवान मिल्ला तर सजिलै भारु रुपैया पाइदैन् । पाइयो भने एक सयमा थप दश रुपैया बट्टा लाग्ने । अवसरलाई सदुपयोग गर्नु थियो । जति सुकै बट्टा लागेपनि भारु रुपैया संकलन तिर लागे । भाग्य मेरो ठिक थियो साथी सुदिप झाले तत्कालै दुईसय भारु दियो भने गज्जु दाई (गजेन्द्र गुप्ता) ले भारु ५ सय उपलब्ध गराईदिनुभयो । एक रुपैया पनि बट्टा नलिइकनै । त्यही साँझ भान्जा पंकजको कुमरण (मटकोर र पुजा) रहेकोले मलाई निम्ता पनि थियो । साँझमा म, राज सर अनि जय हनुमान साह (सुन्दर मोबाइल संचालक) तिनै जना भोज खान गयौं । चिसोको मौसम र पुजापाठमा अलि ढिलो हुने देखेर म भोज नखाई घर फर्कने सुरमा थिएँ । किनकी, साँझ ७ बजेपछि लाग्ने कुहिरो र चिसोले सडकनै देखिदैन् । पूर्णतः अँध्यारो हुन्छ । म साईकलमा गएकोले त्यहाँबाट करिब अढाई किलोमिटर घर जान अप्ठयारो हुने भएकोले म हतारिएको थिँए । तर राज सर र हनुमानजीले पंकज वा उसको दाई चिन्टुसंग नसोधेर नजानु भनेर सल्लाह दिँए । भोजको लागि खाने परिकार सबै तयारी अवस्थामा थियो तर विना पुजापाठ भोज खुवाउन नमिल्ने परम्परा रहेकोले पुजाको लागि कुर्नुपर्ने वाध्यता थियो । त्यसमा पनि पंकज र चिन्टु पुजामा बसिसकेकोले भन्ने आँट नै आएन । वरु जति चिसो भएपनि रुक्नु वाध्यता थियो । त्यही बेलामा मेरै गाउँको एकजनालाई सोध्दा मोटरसाईकलमा आएको वताएपछि जानेबेलामा मलाई लाइट देखाएर विस्तारै जान आग्रह गर्दा उनले मानेका थिए । अनि सन्तोषका साथ कुराकानी गरेर भोजको लागि पर्खिएका थिएँ । राति करिब साढे ९ बजेतिर खाना खाएर बाहिर आउँदा पंकजले विहान ७ बजे नै जन्ती जाने भएकोले समयमै आउने आग्रह गरेका थिएँ । त्यसको भोलीपल्ट निश्चित समयमा जलेश्वर पुगे । खानाखाइवरी जन्तीको गाडी १० बजे जलेश्वरबाट विहारका मुख्यमन्त्री नितिशकुमारको जन्मथलो बख्तियारपुरको लागि हिड्यो । बख्तियारपुर विहारको राजधानी पटनाबाट ५० किलोमिटर टाढा पर्छ । हामी बख्तियारपुर साँझ ६ बजेतिर पुग्यौं । बख्तियारपुर जलेश्वरभन्दा कयौं गुणा ठुलो र जनकपुरजस्तो बाजार हो । सम्पूर्ण सुखसुविधाले भरिपूर्ण भएको पायौं । रेल्वेको जंकसन पनि रहेछ । विजुली, खानेपानी लगायतका सम्पूर्ण सुविधा रहेको छ भने केही ठुला शहर जाने ट्रान्जिट प्वाइन्ट पनि रहेछ । त्यही भएरै होला सडकहरु पनि चौडा छन् भने बजार पनि व्यवस्थित छ । ति क्षेत्रमा तरकारीको राम्रो उब्जाउ हुने भएकोले ताजा तरकारीहरु बजारमा छ्पाप्छयाप्ती पाईन्थ्यो भने मूल्य पनि हामीभन्दा करिब आधाको फरक । 20151203_091456केही बेरको बजार घुमघामपछि हामी जन्ती बसेको ठाउँमा गएर नाश्ता खायौं । नाश्ता खाएपश्चात स्वयंम्बरमा केही विलम्ब भएको थाहा पाएर मैले विहारका मुख्यमन्त्री नितिशकुमारको घर जाने ईच्छा देखाए । साथी जलेश्वर टुडेका प्रकाशक तथा सम्पादक पवन साहले मैले हेरेको जाऊँ भनेपछि हामी ६÷७ जना हिड्यौं । तर बाटोमा गएपछि केही साथीले जन्तीमा आएकोले वियर खाऔं न भनेपछि हामीले मुख्यमन्त्रीको घर जाने कुरा भोलीलाई थाँती राखेर वियर खोज्न हिड्यौं । नेपालमा किराना पसलमा पनि सजिलैसंग पाइने रक्सी वियर भारतमा त्यत्तिकै पाईदैन् । एक घण्टाको खोजपछि हामीले रेल्वे जंकसन निर विदेश शराव लेखिएको पसल पायौं र त्यहाँ दुईवटा वियर किनेर केही साथी खाने पसलमा छिर्यो भने मसहित केही साथीहरु रेल्वे जंकसन घुम्न गयौं । त्यहाँबाट हामीले घुमघाम पश्चात जन्ती भएको ठाउँमा आयौ । खाना खाएर स्वयंम्बर हेरेर हामी भोली मुख्यमन्त्रीको घर हेर्ने कल्पना गदै राति विश्राम तिर लाग्यौं । 20151203_091712
विहान व्युझिँदा मसंगै सुत्नुभएका राजसरको मोबाइल र पर्स हराएको थाहा पाएँ । विहान मुख्यमन्त्रीको घर जाने रहरलाई थाँती राख्दै रातीदेखिकोे उमँग तथा आनन्द हरायो । पर्स र मोबाइल खोज्न तिर लागियो । तर भेटिएन । केही व्यक्तिमाथि आशंका गरिए पनि सफल भइएन । उमंगमा ब्रेक लागेको थियो । जन्ती विदा हुने समयपनि आइरहेको थियो । साथी पवनलाई एक छिनको लागि भएपनि जाउँ न भने । उनले नास्ता तयार छ खाएर जाउँला भने । नास्ता खाएर फेरी आग्रह गरेपछि उनले जाउँ भने । त्यसपछि सडकमा आयौ । सडकमा आएपछि पवनलाई पनि कुन ठाउँमा मुख्यमन्त्रीको घर हो भनेर हेक्का भएन । उनले एक पसलेलाई सोध्दा उनले त्यही अगाडीको घर देखायो । म त हैरान । हिजो साँझदेखि दर्जनौपल्ट त्यहाँ आएको थिएँ तर कसैलाई पनि हेक्का भएन कि यो घर पाँचौपल्ट विहारको मुख्यमन्त्री बनेका नितिशकुमारको घर हो भनेर । हेक्का पनि होस् कसरी । साधारण जस्तो घर थियो । जन्ती जाने बाटोकै छेउमै भएकोले मैले सो सडकबाट रातिदेखि बिहानसम्म दर्जनौपल्ट ओहोरदोहोर गरेको थिएँ । मैले त शुरुमा कल्पना गरेको थियो । ठुलो क्षेत्र ओगटिएको ठाउँमा ठुलै घर होला । तर त्यस्तो थिएन । करिब पाँचधुरमा काठको दुईतले घर थियो । माथि खपडाको छानो थियो । गेटमा बन्दुक लिएको होमगाडी थियो । माथिको घर बन्द थियो भने तलको घरमा एकातर्फ दुईजना केटाकेटीलाई एक पुरुषले पढाउदै थिएँ भने अर्को तिर एकजना महिला खाना बनाउन व्यस्त थिईन । फलामे पर्खालबाट भित्र पस्दा दायाँपट्टी पुजापाठ गर्न तुलसी राखिएको थियो । फलामे ढोकाको ठयाक्कै अगाडीको ढोकाको दायाँपट्टी तथा तुलसी राखिएको ठाउँ भन्दा दक्षिणतिर ओछ्यान लगाइएको थियो र त्यही ओछयानमा बसेर दुईजना बालबालिकाहरु पढदै थिएँ भने एकजना पुरुष उनीहरुलाई पढाइरहेका थिएँ । मुलगेट अर्थात फलामे ढोकाको बाँयापट्टी एक महिला खाना बनाइरहेकी थिईन । भित्रपसेपछि हामीले गार्डलाई परिचय दियौं । गार्डको नाम अमरदिप कुमार रहेछ ।

 शुरुमा हामीले नेपालको जनकपुरबाट आएको वतायौ । तर, उनले म पनि उत्तैतिरको रहेको भनेपछि हामीले जलेश्वरबाट आएको भन्दा उनले म पनि उतातिर गएको भन्यो । उनको घर चाही पटना नजिकैको हाजीपुर रहेछ । उनले यो घर मुख्यमन्त्री नितिशकुमारको दाजुको नाउँमा रहेको तर हाल सबैजना यहाँ नबसेर विहार शरिफको कल्याणविग्हामा रहँदै आएको बताए । 
कल्याणविग्हा त्यहाँबाट करिब ४० किलोमिटरको दुरीमा पर्दछ । अहिले पनि नितिश भने भोट त्यहीबाट खसाउँदै आउनुभएको छ । केही महिना अगाडी मात्रै भएको निर्वाचनमा नितिशले त्यहाँको २०३ नम्बर बुथबाट मतदान गर्नुभएको थियो । त्यहाँको घर भाडामा लगाइएको रहेछ । हामीलाई घरको सुरक्षामा खटिएका अमरदिपले नेपालको अवस्थाको बारेमा जिज्ञासा राख्नुभएको थियो । हामीले पनि उनको जिज्ञासालाई शान्त पारेका थियौं । उनले आफुहरु पनि यसबारेमा अपडेट रहँदै आएको जनाउ दिएका थिएँ ।
  

1 Comment on "जन्ती र मुख्यमन्त्रीको घर"

  1. बहुत बढिया लेख।

Leave a comment

Your email address will not be published.

*